‘भ्रष्ट क्षेत्र’ भनेर नेपाली पर्यटन बदनाम छ, सफा गर्नुको विकल्प छैन: सांसद बजगाईँ
१४ वैशाख २०८२
•
२ मिनेट पाठ
‘भ्रष्ट क्षेत्र’ भनेर नेपाली पर्यटन बदनाम छ, सफा गर्नुको विकल्प छैन: सांसद बजगाईँ
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपाली पर्यटन क्षेत्र ‘भ्रष्ट क्षेत्र’ भनेर बदनाम रहेको भन्दै यसको सफाइ गर्नुको विकल्प नरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले यस्तो बताएका हुन्। 




‘नेपाल उड्डयन सेवा विधेयकको आवश्यकता–नेपाली पर्यटन क्षेत्र भ्रष्ट क्षेत्रमा बदनाम छ। यो क्लिन गर्नु विकल्प छैन,’ सांसद बजगाईँले भने। आफूले धेरै अघि देखि नै नेपालको उड्डयन सुरक्षाको अवस्था अत्यन्तै कमजोर रहेको र सुधार आवश्यक रहेको कुरा उठाउँदै आएको उनले बताए। उनले भने,  ‘नेपाल अझै पनि युरोपियन युनियनको कालो सूचीमा परेको छ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले लगातार निगरानी गरिरहेको अवस्था छ। हाम्रो हवाई सुरक्षा मापदण्ड निकै न्यून स्तरमा रहेको तथ्य सबैलाई थाहा छ।’

यही गम्भीरता बुझ्दै पार्टी सभापति शेरबहादुर देउवा, १५ जना विभिन्न सांसदहरू, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, पूर्व मन्त्री एनपी साउद, गृहमन्त्री रमेश लेखकलगायतको टोली प्रधानमन्त्री केपी शर्मा ओली निवास पुगेको उनले बताए। ‘तर प्रश्न उठ्छ: किन कानुन निर्माणकर्ताहरूले विधेयक तयार पारिरहेका छैनन् र किन नागरिक उड्डयन अधिकारीहरू तथा सांसदहरूले यो विधेयक सांसदबाट पारित गराउन पहल गरिरहेका छैनन्?,’ सांसद बजगाईँले प्रश्न गरे। 

नेपालको हवाई सुरक्षाको कमजोरीले हाम्रो हिमाल पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको  उनले बताए। ‘यो वर्ष सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरू आएका छन् र यदि तिनीहरूको सहयोगी समूह र भरिया समूहलाई समेत गणना गर्ने हो भने २,००० भन्दा बढी व्यक्तिहरू आरोहण टोलीका रूपमा रिपोर्ट हुनेछन्। तर, पर्यटन मन्त्रालयसँग भविष्यमा सम्भावित विपद् व्यवस्थापनको योजना छैन, न त सुरक्षित आरोहण मार्ग पहिचान गरिएको छ,’ उनले भने। 

पहिलेदेखि नै ‘फेक रेस्क्यू’ घोटालाजस्ता घटनाहरूले ठुलो बदनाम गराएको पनि उनले बताए। उनले भने, ‘आजसम्म उचित सुरक्षा मापदण्डहरू पालन गरिएको छैन। मन्त्रीहरू बारम्बार परिवर्तन भइरहने परिपाटीले पनि स्थायित्व र प्रतिबद्धता ल्याउन सकेको छैन।’ 

नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन, र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक रहेको सांसद बजगाईँले बताए। 
अर्को समाचार
देउवालाई कांग्रेस सांसदको पत्र: गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्तीको माग
११ जेष्ठ २०८२
•
२ मिनेट पाठ
देउवालाई कांग्रेस सांसदको पत्र: गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्तीको माग
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई बर्खास्तीको माग गरेका छन्। आइतबार लेखिएको पत्रमा सांसद बजगाईँले लेखक र पाण्डेको नामै उल्लेख गरी बर्खास्तीको माग गरेका छन्। सँगै थप भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीलाई बर्खास्तीको माग गरेका छन्। 




‘केही मन्त्रीहरूको कार्यशैलीले आज हाम्रो पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पु¥याइरहेको छ, (तर केही मन्त्रीहरूले पार्टीको गरिमा उठाउने प्रयास पनि गरिरहेकै छन्),’ सांसद बजगाईँले पत्रमा लेखेका छन्,‘यदि पार्टीले समयमै कठोर निर्णय लिएन भने, यसले भविष्यमा अझ गम्भीर राजनीतिक नतिजा ल्याउनेछ।’ उनले पार्टीका नाममा सरकारमा एउटै अनुहार बारम्बार किन ल्याइन्छ? भनी प्रश्न गरेका छन्।  

सांसद बजगाईँले गृहमन्त्री लेखकको सन्दर्भमा उनको सचिवालयमा कार्यरत कर्मचारीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको भन्दै प्रश्न उठाएका छन्। यद्यपि मन्त्री लेखकको भद्रता सम्झँदा यो होइन होला भन्ने एउटा मनको छेउमा लागेको पनि बताएका छन्। 

‘राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो। यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होइन गृह मन्त्रालय संरचनाप्रतिको कानुनी प्रश्न हो,’ बजगाईँको पत्रमा लेखिएको छ। 

पर्यटन मन्त्री पाण्डेको हकमा भने सांसद बजगाईँ निर्मम देखिएका छन्। ‘..पाण्डे नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ,’ बजगाईँले लेखेका छन्, ‘विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै पहुँच हुने गर्दछ।’ 

विमानस्थलको ब्याजेज बेल्टदेखि प्रस्थान क्षेत्र, ग्रिन च्यानल लाइन, भन्सारदेखि कर्मचारीहरूबिचको समन्वय सबै क्षेत्र चरम अस्तव्यस्त रहेको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष जिम्मेवारी मन्त्री पाण्डे र उनको मन्त्रालयमा पर्ने लेखेका छन्। 

यस्तै मन्त्री पाण्डेमाथि चिनियाँ सांस्कृतिक प्रभाव विस्तारमा लागेको आरोप पनि लगाएका छन्। ‘उहाँले पञ्चेन लामालाई नेपाल निमन्त्रणा गरी नेपाली पर्यटन क्षेत्रमा चिनियाँ सांस्कृतिक उपनिवेशवाद प्रवर्धन गर्ने गतिविधिहरूलाई सहयोग गरेका छन्, जुन नेपालको स्वतन्त्रतामाथिको घात हो,’ बजगाईँले पत्रमा लेखेका छन्। 

गम्भीर रूपमा असफल भएका, वा नियतवश र लोभले पार्टीको छवि बिगार्ने कार्यमा संलग्न मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्न उनले माग गरेका छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस