स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भारतमा उपचारर्थ पत्रकार ज्योति शाहलाई नेपालको स्वास्थ्य संस्थामा उपचार गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
बुधबार पत्रकार महिलाहरुले भेटी पत्रकार ज्योति शाहको उपचारमा सहयोग गर्न अनुरोध गरेपछि मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन।
मन्त्री पौडेलले विदेशमा उपचार गर्न जानेको हकमा उपचार सहयोग गर्न नमिल्ने तर नेपालकै स्वास्थ्य संस्थामा उपचार गर्ने नीति रहेकोले शाहलाई बाँकी उपचार नेपाल आएर गरेमा निजी र सरकारी दुवै अस्पतालमा उपचारको लागि पहल गर्ने बताए।
‘विदेशमा उपचार गर्नेको हकमा सहयोग गर्न नियमले नै दिंदैन, नेपालमा आएर उपचार गरेमा म पहल गर्छु’ उनले भने। नेपालमा आएमा निजी र सरकारी दुवै अस्पतालमा नि:शुलक उपचारकोलागि पहल गर्ने उनको भनाइ छ ।
पत्रकार शाह विगत केही महिनादेखि स्तन क्यान्सरले पीडित बनेकी छिन।
स्तन क्यान्सरको कारण भारतमा उपचार गरिरहेकी पत्रकार शाहको उपचारमा सहयोगको पहल गर्न पत्रकारहरु पवित्रा सुनार, निमा काफ्ले,लोगसरी कुँवर र देवकी बिष्ट मन्त्रालय पुगेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् ।
मन्त्रालयअन्तर्गतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गरे ।
'अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन । यो गम्भीर प्रश्न हो । विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालहरुको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो,' उनले भने, 'पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ ।'
मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए ।
कर्मचारीहरुको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ, उनले भने, नीतिगत सुधार आवश्यक भए हामी तयार छौं ।
नागरिकको सरकारी अस्पतालमा विस्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताए ।
अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरसँग आग्रह गरे ।
मन्त्री पौडेलले सरकारी कर्मचारीहरुसहित संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिन समेत आग्रह गरे । 'अहिले स्वास्थ्य बीमामा श्रोत अभाव छ,' उनले भने, 'सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराएमा ४० अर्बसम्म जम्मा हुन सक्छ । यसको कार्यान्वयनमा तपाईंहरुले साथ दिनुहोला ।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...