सुमना 'एक व्यक्ति, एक पद' भन्दै राजीनामा दिने, रास्वपा दोहोरो जिम्मेवारी हुने गरी इन्चार्ज तोक्ने
०४ वैशाख २०८२
•
३ मिनेट पाठ
सुमना 'एक व्यक्ति, एक पद' भन्दै राजीनामा दिने, रास्वपा दोहोरो जिम्मेवारी हुने गरी इन्चार्ज तोक्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले 'एक व्यक्ति, एक पद'को नीति सम्झाउँदै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिइन्।




यसबारे राजीनामा पत्रमा उनले लामै व्याख्या गरेकी छन्। 'पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नुपर्दा नेपाली समाजमै गढेको एक प्रथा हो। सङ्घीय सांसद हुँदा मैले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिदाँ पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ, जुनसँग मेरो गहिरो विमति छ। अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर, रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,' उनले भनेकी छन्।

उनले थप भनेकी छन्, 'एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन, सङ्घीय सांसदले मूलभूत रूपमा पेस भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेस गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ। यसका बाहेक शिक्षा, सूचना, प्रविधि संसदीय समितिको भूमिका त छँदैछ। पार्टीको सहमहामन्त्रीको रूपमा पार्टी सङ्गठन निर्माणलगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन।'

सुमना श्रेष्ठ।
सांसद र सहमहामन्त्री दुबै पद पूर्णकालीन भएको उल्लेख गर्दै उनले दुबै जिम्मेवारीमा एक व्यक्तिबाट एकसाथ काम हुन नसक्ने बताएकी छन्। 'दुबै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुबै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउँछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सहमहामन्त्रीले गर्नुपर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ,' उनले भनेकी छन्।

'एक व्यक्ति, एक पद'को नीति सम्झाउँदै सुमनाले दुई हप्ता अगाडि नै पार्टी सभापति रवि लामिछानेलाई राजीनामा दिएकी थिइन्। तर, अहिले लामिछाने थुनामा छन्। पार्टी सभापति लामिछाने थुनामा गएपछि आफूले आफ्नो राजीनामा रोक्न चाहेको तर, आज एकाएक सार्वजनिक गरेर पार्टीकै कतिपय नेताहरूले 'मिडिया ट्रायल' गरेको आरोप सुमनाको छ।

'दुई हप्ता अगाडि पार्टी सभापति यहीँ हामीसँगै हुनुहुन्थ्यो, मैले त्यहीबेला राजीनामा दिएकी हुँ, त्यो पनि पार्टी सभापतिसँगैको सल्लाहमा। एक/दुई दिनपछि पार्टी सभापति पक्राउ पर्नुभएपछि कार्यवाहक सभापति डीपीजीलाई रोकौँ है भनेको थिएँ,' उनले भनेकी छन्।

उनको राजीनामाबारे बिहीबार (आज) कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समितिमा बैठकमा छलफलसमेत भएको छ। त्यसमा अब बस्ने बैठकमा आवश्यक छलफल र निर्णय हुने कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी गराएका छन्।

रास्वपाको केन्द्रीय समिति बैठक।
तर, रोचकचाहिँ के भने सुमनाले 'एक पद, एक व्यक्ति'को नीति सम्झाउँदै दिएको राजीनामाबारे छलफल भएकै बैठकले दोहोरो जिम्मेवारी पर्नेगरी पार्टीका ६ नेतालाई प्रदेश इन्चार्ज तोकेको छ। जसमा कोशी प्रदेशका लागि सन्तोष परियार तोकिएका छन्। जो पार्टीका तर्फबाट प्रमुख सचेतक (सांसद) नै हुन्।

यस्तै मधेस प्रदेशका लागि मनीष झा तोकिएका छन्। उनी सांसद त हुन् नै, सँगै पार्टीका कार्यवाहक प्रवक्तासमेत हुन्। बागमती प्रदेशका इन्चार्ज तोकिएकी लीमा अधिकारी भने केन्द्रीय सदस्य मात्रै हुन्। गण्डकी प्रदेशका इन्चार्ज तोकिएका शिशिर खनाल पनि सांसद हुन्। लुम्बिनी प्रदेशका लागि इन्चार्ज तोकिएका विपिनकुमार आचार्य पार्टी सहमहामन्त्री हुन्।

यस्तै कर्णाली प्रदेशका लागि तोकिएका गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि तोकिएका हरि ढकाल पनि सांसद नै हुन्। यसरी रास्वपाले ६ नेतालाई दोहोरो जिम्मेवारी हुनेगरी इन्चार्ज तोकेको छ। 

यसबारे राखिएको जिज्ञासामा कार्यवाहक प्रवक्ताले अभियान र कार्यक्रम छुटाएर हेर्नुपर्ने जवाफ दिए। 'जनयात्रा अभियान हो, त्यो चार महिनामा सकिन्छ। हाम्रो इन्चार्जको काम पनि मूलत: महाधिवेशनसम्मका लागि हो। तोकिएको समयमा महाधिवेशन जसरी पनि गर्नुपर्छ भन्ने हो र त्यसकै लागि इन्चार्ज तोकिएका हुन्। हामी इन्चार्जको अबको १० महिना तीन दिनपछि काम सकिन्छ। सुमना श्रेष्ठज्यूको प्रश्न चाहिँ निरन्तर रहने पदमा हो,' उनले भने।

यो पनि पढ्नुहोस्

पार्टी सभापति पक्राउ पर्नुभएपछि मेरो राजीनामा रोकौँ भनेकी थिएँ : सुमना
अर्को समाचार
रविको पक्षमा पूर्वमन्त्री पाण्डेले गरे हस्ताक्षर
०९ साउन २०८२
•
१ मिनेट पाठ
रविको पक्षमा पूर्वमन्त्री पाण्डेले गरे हस्ताक्षर
पूर्वमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।




रवि लामिछाने नेतृत्वको रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। अभियानअन्तर्गत शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले अभियानमा हस्ताक्षर गरेका हुन्।  

राजाले शासनसत्ता कब्जा गरेका समय पाण्डे परराष्ट्रमन्त्री बनेक थिए । उनी पूर्वपत्रकार र कुटनीतिज्ञ पनि हुन् ।  

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने अहिले भैरहवा कारागारमा छन् । रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।  

पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।

अभियानमा हिजो बिहीबारसम्म साढे २७ लाखबढी हस्ताक्षर संकलन भएको दाबी रास्वपाले गरेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाले सङ्कलन गर्‍यो ५५ लाखभन्दा बढी चन्दा
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस