तीनकुने घटनाबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन: ‘पूर्वराजा शाहले उन्मुक्ति पाउनुहुन्न’
१८ चैत्र २०८१
•
७ मिनेट पाठ
तीनकुने घटनाबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन: ‘पूर्वराजा शाहले उन्मुक्ति पाउनुहुन्न’
प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: नागरिक
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता किटान गरेका छन्। प्रतिनिधिसभामा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने जानकारी गराए पनि प्रदर्शन र आम सभातर्फ नलागी सिधै हिंसात्मक रूपमा अघि बढेको मात्रै देखिएको बताए।




प्रधानमन्त्री ओलीले यस्तो उपद्रो मच्चाउने कार्यको निन्दा गर्दै घटनाको अनुसन्धान भइरहेकाले दोषीलाई कडा कारबाही हुने र उनीहरूले उन्मुक्ति नपाउने बताएका छन्। घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको उनले बताए। ‘यसका योजनाकार को हुन् र कोको संलग्न छन्, सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ,’ उनले भने।

आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहने  प्रधानमन्त्री ओलीले भने । ‘पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न,’ उनले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्ना धारणा सार्वजनिक गर्नुपर्दैन? मानिसलाई मार्न दुरुत्साहित गर्ने, जनकमान्डर बनाउने, आफू शासन गर्न लोभ राख्नेले यी सबै घटनाबारे बोल्नुपर्दैन ? मूल जिम्मेवार उहाँ हो। उहाँले जिम्मा लिनुपर्छ।’

मानिसलाई मर्न दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति, अभियानका संयोजक, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ भनेर पनि उनले प्रश्न पनि गरे। ‘प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजाले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ।

यतिबेला नागरिकको हैसियतमा उहाँले शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गर्ने तथा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार र मातालाई नारायणहिटी प्रयोग गर्न दिने सहमति भएको थियो,’ उनले भने ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेको बताउँदै उनले भने, ‘त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो ।’

उनले थपे, ‘फागुन २५ गते कथित ‘स्वागत–सवारी आयोजना गरियो। चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्ति (दुर्गा प्रसाई) लाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो।’

तीनकुने घटनाको पृष्ठभूमिमा करिब एक वर्षअघि देखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको उनले औंल्याए। ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व त्यसै बेलादेखि क्रियाशील थियो। त्यो तत्त्व मौका खोजी रहेको थियो। धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो। ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा पनि त्यो तत्त्व सक्रिय थियो,’ उनले भने।

प्रधानमन्त्री ओलीले तीनकुनेका आयोजकहरूको हो भन्नेमा पहिल्यै द्विविधा थियो भन्दै केही घटना हुन सक्ने शंकाको घेरामा राखिरहे पनि अप्रिय घटना घट्न पुगेको प्रधानमन्त्रीको भनाइ छ। तीनकुने प्रदर्शनमा जनकमान्डर आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइएको प्रधानमन्त्री ओलीले बताए।

निजी व्यक्तिको घरमा आगजनी मात्रै नभई मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै जलाउने हिंस्रक गतिविधि भएको ओलीको भनाइ थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतंककारी कामसमेत भएको प्रधानमन्त्रीले बताए।

‘भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो। हुँदाहुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्ट स्टोरहरू लुटपाट गर्नेजस्ता आपराधिक घटना सुरु गरियो,’ उनले भने।

‘प्रहरीका सवारीसाधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो। यी सबै निन्दनीय र खेदजनक कार्य हुन्। यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होऊन्, जुनसुकै किन नहोऊन्, कडा प्रशासनिक कारबाही हुन्छ। घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ,’ उनले भने।

फागुन २५ गतेको पूर्वराजाको स्वागतलाई प्रधानमन्त्रीले कथित शब्द प्रयोग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले नियमावलीको व्यवस्थाबमोजिम रेकर्डबाट हटाउन भन्दै नियमापत्ति गरेका थिए। त्यस क्रममा ओलीले जवाफ दिँदै भने, ‘म नियमावलीको होइन, संविधान व्यवस्था मास्ने कुरासँग प्रश्न उठाइरहेको छु। सबैले यो देशमा सबै व्यवस्था र संविधान मान्नुपर्छ। हल्ला गरेको भरमा राजनीति, संसद् सबै अवरोध गर्ने काम गर्न मिल्दैन।’

संविधान मान्छु भनेर शपथ लिने तर शपथ विपरीत जान नहुनेमा उनले जोड दिए। संविधानको खिलाफमा जाने भन्दा पनि नैतिकताले मर्यादामा बस्नुपर्ने भनी राप्रपालाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले भनाइ सकेका थिए। प्रधानमन्त्रीलाई बोल्ने बेलामा होहल्ला गरेर अवरोध गरेको भन्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए। उनले सभामुखबाट पनि कमजोरी भएको भन्दै प्रधानमन्त्री बोलेका बेला अवरोध गर्न बोलिएका शब्दहरू रेकर्डबाट हटाउनुपर्ने माग गरे।

कांगेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले ‘तीनकुने घटनाबारे सबैको मन दुख्यो तर निर्मल निवासको मन दुखेन’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आपत्ति जनाए। उनले गाडी बिग्रियो भनेर गाडी मर्मत गर्नुपर्नेमा गोरु गाडा खोज्ने काम भएको बताए।

लोकतन्त्र बिग्रिएमा यसलाई सुधार गर्नुपर्नेमा राजतन्त्र फर्काउने कुरा जायज नहुने बताए। राजा संवैधानिक रूपमा बस्छन् कि बस्दैनन् भनी राप्रपालाई सोधेर नहुने कांग्रेस हृदयलाई सोध्नुपर्ने उनले बताए। क्षमता, योग्यता र चरित्रमा पनि उनले पूर्वराजामाथि प्रश्न उठाए। उनले राजावादी आन्दोलनका अभियानका संयोजक नवराज सुवेदीले लेखेको ‘एक कालखण्ड’ पुस्तकको पृष्ठ १२ मा ओमेगा कम्पनीले घडी निर्माणका लागि नेपालमा कारखाना खडा गर्न खोज्दा ५० प्रतिशत सेयर चाहिन्छ भनेर फर्काउने पूर्वराजा ज्ञानेन्द्र शाहको नाम उल्लेख भएको पनि बताए।

एमालेका सांसद तथा सचिव योगेश भट्टराईले राप्रपा संसद् बनाउनभन्दा भत्काउन आएको आरोप लगाए। उनले राजाले सम्झौता भंग गरेकाले अब सेवासुविधामा प्रश्न उठेको बताए। उनले लफंगाहरूलाई माला लगाएर तोडफोड गर्न पठाएको भट्टराईले आरोप लगाए। ‘पृथ्वीनारायण शाह राजा होइनन्, नायक हुन्’ भन्दै भट्टराईले देशको सिमाना बढाएकोमा उनको सम्मान गर्ने बताए। तर उनको नाम लिएर देश बचाउँछु भन्नेहरूप्रति उनले आपत्ति जनाए। पृथ्वीनारायण शाहपछिका राजाहरूले देशको सिमाना खुम्च्याएको उनको टिप्पणी थियो।

विवाहित, ल्याइते र ब्याइतेबाट जन्मेकामध्ये कसलाई राजा बनाउने खेलो गर्दा देशको सिमाना गुमेको उनको भनाइ थियो। राजाले देश बचाउँछन् भन्ने भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे। ज्ञानेन्द्र शाहले ‘कु’ गरेर धर्म परिवर्तन गर्नेलाई उच्च तहमा राखेको प्रसंग पनि उनले उल्लेख गरे।

उनले नाम नलिई क्रिस्चियन धर्म अँगालेर श्रीलंकामा बस्दै आएका तुल्सी गिरीलाई तत्कालीन राजा ज्ञानेन्द्रले नेतृत्व दिएको उल्लेख गरेका थिए। त्यस्ता तत्कालीन राजाले अहिले हिन्दु धर्मको पक्षपाती बनेको भनेर पत्याउन नसकिने उनले बताए। भट्टराईले देशका मूर्तिहरू विदेश पुग्नुमा ज्ञानेन्द्र शाहको हात रहेको आशंका पनि गरे ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले तीनकुने घटनामा संलग्न भएकाले पूर्व राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्ने बताइन्। उनले कुलमान घिसिङको विषयमा प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएको भए पनि वर्तमान परिस्थितिले संसद् अवरोध सोमबारदेखि अन्त्य गरिएको बताइन्। उनले कुलमानजस्ता व्यक्तिलाई बर्खास्त गर्दा लोकतन्त्र कमजोर हुने, गणतन्त्र कमजोर हुने हुँदा यस्ता विषयमा गम्भीर हुन आग्रह पनि गरिन्।

बैठकमा राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा यस्तो लुटतन्त्र मच्चाइएकाले यो जनताबाटै फालिने बताए। ६ खर्बको वैदेशिक ऋण २७ खर्ब पुर्‍याएको, नारायणहिटीमा व्यापार गर्न दिएको, भुटानी शरणार्थीजस्ता काण्डहरू लगायतका उदाहरण पनि दिए। उनले तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए।

‘अब कथाले, शब्दजालले र मिथ्यांकले अहिलेका पुस्ताले पत्याउनेछैनन्,’ उनले भने, ‘तपाईंहरूले गणतन्त्रका नाममा आकाशमा उडाउन नमिल्ने जहाज किनेको र जहास अवतरण गर्न नसक्ने विमानस्थल बनाएको हामीलाई थाहा छैन?’

बेलायतमा राजा निरंकुश भए भनेर अहिलेको जस्तो शासन व्यवस्था ल्याएकोमा ११ वर्षपछि विदेशबाट राजा ल्याएर स्थापित गरेपछि चिहानबाट निकालेर ओलिभर क्रमबेलको अस्थिपञ्जरलाई फासी दिइएको घटनासमेत लिङ्देनले सदनमा स्मरण गराएक थिए।  

नेकपा एकीकृत समाजवादीका सांसद अम्बरबहादुर थापाले राजतन्त्रका नाममा पश्चगमनमा जान नसकिने बताए। जनता समाजवादी पार्टी (जसपा) की रञ्जुकुमारी झाले कठिन संघर्ष गरेर ल्याएको व्यवस्थालाई हचुवाका भरमा बदल्न नसकिने बताइन्। जसपा नेपालका राजकिशोर यादवले पनि प्रहरी प्रशासनको कमजोरी देखिएको बताउँदै त्यो घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरीले घटनामा प्रहरी प्रशासनको कमजोरी देखिनु दुःखद भएको बताए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र कसैले सजिलै नदिएको बताए।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस