प्रभावकारी छैन प्रधानमन्त्रीसँग प्रश्नोत्तर
०७ चैत्र २०८१
•
६ मिनेट पाठ
प्रभावकारी छैन प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा दुई पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएको छ। फागुन ४ गते पछि दोस्रो चैत ७ गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिएका छन्।




सांसदले सोधेका प्रश्नलाई उनले जसरी उत्तर दिइरहेका छन् त्यसले मात्रै सरकारले संसद्को अधिकार क्षेत्रलाई सम्मान गरेको पाइँदैन। संसदीय अभ्यासमा प्रश्नको उत्तर दिइसकेपछि एक पटक पुनः प्रश्न सोध्न दिनुपर्ने मान्यता छ। तर, प्रतिनिधिसभाको नियमावली २०७९ मा प्रधानमन्त्रीलाई पुनः प्रश्न सोध्ने व्यवस्था हटाइएको छ। जसले प्रधानमन्त्रीलाई सांसदले सोधेको उत्तर दिने तर त्यसमा प्रतिप्रश्न नपाइने हुँदा प्रधानमन्त्रीले उल्टै सांसदहरूलाई प्रश्न सोध्ने, अपमान गर्ने गरेको भन्दै सांसदहरूबाट आपत्ति हुन थालेको छ।

गत फागुनको प्रश्नोत्तर कार्यक्रममा जस्तै बिहीबारको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीबाट सांसदले सोधेका प्रश्नलाई आधारहीन भएको, प्रश्न नभएर आरोपको रूपमा आफूले लिएको जस्ता शब्दावली प्रयोग भए भने अन्य व्यङंगात्मक वाक्यहरू पनि प्रयोग गरे।

संसद् सचिवालयका अधिकारी भन्छन्, ‘विगतमा जस्तो प्रधानमन्त्रीबाट जिम्मेवारीपूर्वक प्रश्नको उत्तर दिन पुनः प्रश्न सोध्ने व्यवस्था राख्नुपर्ने हुन्छ। यसबाट नै प्रधानमन्त्रीलाई सजक भएर आफ्नो प्रश्नको उत्तर दिन बाध्य गराउने उनीहरूको तर्क छ। माओवादी केन्द्रका सांसदले भने यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा भने उनले सांसदलाई अपमान नगरेको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका कुनै प्रश्नलाई सहज तरिकाले पनि उत्तर दिएका छन् भने कुनै प्रश्नमाथि उल्टै प्रश्न पनि सोध्ने गरेका छन् अर्कोतर्फ व्यङय पनि गरेका छन्। समग्रमा यसले संसद्मा रहेको प्रश्नोत्तर कार्यक्रम प्रभावकारी भएको मान्न नसकिने संसद् सचिवालयका अधिकारीको तर्क छ।

आम जनता पार्टीका सांसद प्रभु साहले गत फागुन ४ गतेको प्रश्नोत्तरको कार्यक्रममा आफूले सोधेका प्रश्नको उत्तर नदिएको भन्दै बिहीबारको प्रश्नोत्तर कार्यक्रम नै नराख्न आग्रह गरे। प्रश्नोत्तर कार्यक्रम सुरु भएपछि उनी बहिष्कार गरेर निस्किए। हुन त उनले पनि पूर्वाग्रह नै राखेर प्रश्न सोधेको पाइएको संसद् सचिवालयका अधिकारीको भनाइ छ।

सांसदले पूर्वाग्रह रूपमा प्रधानमन्त्रीलाई प्रश्न गरेका कारणले नै प्रतिनिधिसभा नियमावली २०७९ मा पुनः प्रश्न गर्ने व्यवस्था हटाइएको संसद् सचिवालयका एक अधिकारीले स्मरण गराए। विशेष गरी प्रतिपक्षका सांसदहरूले कुण्ठाहरू प्रयोग गर्दा नै त्यसलाई नियमबाट हटाउन नियमावली बनाउन गठन भएको समिति सहमत भएको उनीहरूको तर्क छ।

अर्कोतर्फ प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू सभामुखले निर्णय गर्ने व्यवस्था छ। संसद् सचिवालयमा प्रश्नहरू दर्ता भएपछि सभामुखले कुनै प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार छ। जसबाट सांसदले सोधेका सबै प्रश्न सभामुखले स्वीकार गरेको पाइँदैन। संसद् सचिवालय स्रोत भन्छ, धेरथोर सभामुख पनि सरकारको पक्षमा ढल्कने गरेको देखिन्छ।

बिहीबार प्रधानमन्त्रीलाई प्रश्न सोध्नेक्रममा रास्वपाका सांसद मनिष झाले ‘तपाईँले नियुक्त गर्नुभएको कर्मचारीको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार गर्नुहुन्छ? भन्ने कुराको जवाफ मागे। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न भन्दा अगाडि केही व्याख्या राख्नुभयो, केही आक्रोशपूर्ण देखिए। प्रश्नको उत्तर समाप्त गर्ने क्रममा प्रधानमन्त्रीले फेरि थपे, आधारहीन ढङ्गले प्रश्न गर्नुभन्दा तुलनात्मक तरिकाले प्रश्न गरेको भए राम्रो हुन्थ्यो, आरोपका रूपमा आएपछि मैले खण्डन गर्न बाध्य हुनुपर्छ।

प्रधानमन्त्री ओलीले सांसद झाको प्रश्नको उत्तरमा भनेका थिए, ‘आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने आरोप सही छैन, त्यस कारण अझ मेरो हैसियत हकमा भन्ने हो भने आफ्नो मान्छे भन्ने कुनै पनि हिसाबले एक जना नियुक्त भएको देखाइदिनुभयो भने यहाँलाई धन्यवाद।’

कर्मचारीहरू मैले नियुक्त गरेको होइन। र अहिलेको सरकारले हाम्रो मान्छे होइन, राम्रो मान्छेको खोजी गर्छ। योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ। त्यसमा कुनै प्रकारको भेदभाव होइन, मेरिटोक्रेसीको आधारमा जिम्मेवारी दिने परिपाटी छ,’। लोकसेवा आयोगले परीक्षा लिएर कर्मचारी छनोट गर्दछ भन्दै उनले आफूलाई यसबारे आरोप नलगाउन आग्रह गरे। उनले पछिल्लो पटक नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त भएको उदाहरण प्रस्तुत पनि गरे। प्रधानमन्त्रीले अर्को कुरा पनि भने ८ महिनामा देश गरिब भएको हो भन्दै उल्टै सांसद झालाई प्रश्न सोधे।

यसैगरी, राप्रपा सांसद बुद्धिमान तामाङको चुच्चे नक्सा मात्रै जारी गरिएको तर प्रधानमन्त्रीको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भ्रमण छ कि छैन भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले मत जाने तत्काल योजन बनेको छैन, तपाईंको योजना बनेको छ कि क्या हो, योजना बनेको भए राम्रो कुरा भन्दै व्यंग्यात्मक जवाफ फर्काए। सांसद तामाङको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले सन् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए।’

२०१७ साल अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो। २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधिक गरियो,’ उनले भने। प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने भनिएका कारण भारतका प्रधानमन्त्रीले नबुझी नेपालका प्रधानमन्त्रीले नबुझ्ने बताए।

समझदारीबाटै समाधान खोजिने भन्दै उनले त्यसले औँल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा कुटनीतिक रूपमा उठाइएको जानकारी दिँदै यसको समाधान खोजिने बताए, माओवादी केन्द्रकी सांसद विमला सुवेदीको शान्ति प्रक्रियाको टुंगो कहिले लाग्छ भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुङयाउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको तर स्वास्थ्यका कारण सम्पर्कमा नआएको भन्दै अर्को व्यङय गरे। उनले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु।

यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटक पटक प्रयास गर्दा उहाँ स्वास्थ्य केही समस्या भएको सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु। उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ।’ माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा तराईका जिल्लामा छन्।

एकीकृत साजवादीका सांसद भानुभक्त जोशीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमति पत्र (प्रवेश पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको जानकारी दिए। उनले नेपाल र चीन बिचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको जानकारी दिए।

बझाङस्थित उरै भन्ज्याङ नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय एवं कूटनीतिक पहल भइरहेको जानकारी दिए। नेपाल–चीन सिमानाका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबिच सन् २०१९ मै हस्ताक्षर भएको उनले बताए।

रास्वपा कि सांसद विनीता कठायतले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले धारचुलाका बासिन्दालाई भारतको बाटोबाट आउनु पर्ने बाध्यतालाई सम्बोधन गर्न त्यहाँका बासिन्दाको मागबमोजिम ५ करोडको बजेट निकासा गराई घोरेटो बाटो सञ्चालनको काम भइरहेको बताए।
अर्को समाचार
संसदमा सधैं सत्तापक्षको लापरबाही, निगरानीमा प्रतिपक्ष
३० फागुन २०८१
•
४ मिनेट पाठ
संसदमा सधैं सत्तापक्षको लापरबाही, निगरानीमा प्रतिपक्ष
सरकारतर्फ दुई तिहाई बहुमत रहे पनि प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री अनुपस्थित हुँदा पटकपटक प्रश्न उठ्ने गर्दछ भने बुधबारको संसद बैठक त मन्त्री नआएका कारण सुरुमै स्थगित गर्नुपरेको छ। दोस्रो बैठक बसेपछि कार्यसूचीबमोजिम अघि बढ्दा कोरमको कुरा उठ्यो। यसबाट केही समय कार्यसूचीको कामलाई स्थगित गरेर सांसद गन्ने काम हुन थाल्यो। संसद बैठकमा कहिले मन्त्री खोज्नुपर्ने त कहिले सांसद खोज्नुपर्ने अवस्था आउँदा यसले संसदजस्तो महत्वपूर्ण ठाउँको इज्जतमाथि धक्का लागेको छ।




संसदलाई बिजनेस दिने सरकारको काम हो, त्यसैले सदनमा कुनै पनि निर्णयलाई बहुमत पुर्‍याउने दायित्व सरकारमा हुन्छ, तर मन्त्रीविना बैठक सञ्चालन गर्ने, कोरम नपुगीकनै विधेयक निर्णयमा लैजाने गर्ने कार्यले संसद केही होइन भन्ने भाष्य निर्माण हुन थालेको छ।

संसद बैठक सञ्चालन र संसदले गर्ने निर्णयप्रति प्रतिपक्षले कडा निगरानी नगर्ने हो भने सत्तापक्षले संसदमा यस्ता विषयमा नैतिकता देखाउने गरेका छैनन्। संसदमा गणपूरक संख्याको समस्या आइरहनु र संसद बैठकमा सरकारका मन्त्री उपस्थित नहुने कुराले दुईतिहाइ बहुमत भएको सरकारले संसदलाई गरेको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ। यसले सरकारको जबाफदेहिता, संसदीय प्रक्रियाप्रति सम्मान र शासन प्रणालीमा पारदर्शिताको अभाव देखाएको छ।

बुधबारको बैठकको सुरुमै मन्त्रीहरू अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीविना बैठक अघि नबढाउन आग्रह गरे। नियमावलीमै संसद बैठकमा सरकारको अनिवार्य उपस्थिति उल्लेख भएको बताउँदै सरकारले सदनलाई हेपेको उनले बताए।

यसबाट बुधबार बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक सुरु हुन नपाई स्थगित भयो। त्यसपछिको दोस्रो बैठक केही घन्टा चलिरहेको थियो। निजीकरण पहिलो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा आम पार्टीका सांसद प्रभु साहले राखेको विरोधको सूचना फिर्ता लिन नचाहेपछि निर्णयार्थ प्रस्तुत गर्ने क्रममा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नै कोरमको कुरा उठाएका थिए। उनले कोरमको कुरा उठाउँदा करिब तीसजना पनि सांसद त्यहाँ नभएको संसद सचिवालयले जनाएको छ। तर तीन मिनेटको जनाउ घन्टी बजाइएपछि सांसदहरू ह्वारह्वारती भित्र प्रवेश गरेका थिए।

कतिपय सांसदहरू संसद भवनबाटै अन्य कामका लागि बाहिर निस्किसकेका थिए र बाँकी निस्किने क्रममा रहेको सचिवालयले जनाएको छ। गणना गर्दा दुईतिहाइको सरकारका सांसदहरूको कुल संख्या ९५ पुगेको थियो। गणपूरक संख्या पुग्न ६९ जना सांसदको उपस्थित हुनुपर्दछ। कोरम पुगे पनि यसले सत्तापक्षले संसदप्रति गरेको व्यवहार सकारात्मक नभएको प्रतिपक्षको टिप्पणी छ।

यसअघिका संसद बैठकमा पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक– २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा कोरमको कुरा उठेपछि गणना गर्दा ६७ जना मात्र सांसद उपस्थित हुँदा बैठक अर्को दिनमा मात्र विधेयक स्वीकृत गर्नुपरेको थियो भने नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा कोरमको कुरा उठेपछि गणना गर्दा ६८ जना मात्रै उपस्थित भएर अर्को दिनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपरेको थियो।

दुईतिहाइ बहुमत भएको सरकारले संसदीय प्रक्रियालाई बेवास्ता गरेर आफ्नो शक्ति दुरूपयोग गरी अध्यादेश ल्याएको आरोप लागिरहेका बेला संसदमा उपस्थितिलाई पनि बेवास्ता गरेर संसदको अपमान गरेको प्रतिपक्षको आरोप छ। सत्तारुढ दलका सांसदहरू सरकारकै बाटोमा लागेको देखिएकाले सरकारले संसदलाई ‘रबर स्ट्याम्प’ को रूपमा प्रयोग गर्न थालेको प्रतिपक्षका सांसद बताउँछन्।

मन्त्रीहरूको अनुपस्थितिले सरकारले पारदर्शिता र जवाफदेहिताको कमी देखाएको छ। यसबाट सरकारले जनताप्रति जबाफदेही हुन नसकेको छ भन्ने आलोचना उनीहरूले गरेका छन्।

संसद बैठकमा मन्त्रीको अनुपस्थिति र विधेयक वा प्रस्ताव निर्णयमा लैजाने क्रममा गणपूरक संख्याको समस्याले संसदीय प्रक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउन मद्दत पुग्दैन।

संसद जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय हो। मन्त्रीहरूको अनुपस्थितिले सरकारले जनताको मुद्दा र आवश्यकताप्रति ध्यान नदिएको अर्थ लाग्छ। सरकारले संसदलाई मात्र औपचारिकता मानेको छ भन्ने आरोपलाई बलियो बनाउँछ। त्यसमा पनि प्रतिपक्ष कमजोर भयो भने झन् समस्या आउने गर्दछ। त्यसैले सरकारका क्रियाकलापले विपक्षी दलहरूलाई सरकारको कार्य प्रणालीमा कडा निगरानी राख्नसमेत प्रेरित गरेको छ।

अर्कातिर संसद बैठक दिनभरि नै राखेका कारण पनि सांसदको उपस्थिति कम भएको संसद सचिवालयको तर्क छ। दिनदिनै बैठक राख्ने तर दिनमा दुईतीन घन्टाभन्दा नराख्ने गर्दा उपयुक्त हुने सचिवालयले जनाएको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस