प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। अर्को बैठक २१ गते बस्नेछ। अब बस्ने बैठकमा समितिमा छलफलका लागि पठाइएका विधेयक प्रतिनिधिसभामा आउनेभन्दा पनि उक्त सभाले समितिमा पठाउने विधेयकहरू बढ्न थालेका छन्।
यसले गर्दा संसद्का अबका बैठकमा विधेयकको खाँचो पर्ने देखिएको छ। सरकारले थप नयाँ विधेयकहरू पनि दर्ता नगरेकाले र अध्यादेशलाई पनि अब बस्ने बैठकको कार्यतालिकामा राख्ने सम्भावना नदेखिएकाले संसद्लाई विधेयकको खाँचो पर्ने अवस्था आएको हो।
विधेयक अधिवेशनका रूपमा रहेको हिउँदे अधिवेशनले हालसम्म सात विधेयक पारित गरे पनि छलफलका लागि समितिमा रहेका विधेयक पारित हुन अझै समय लाग्ने देखिएकाले समितिमा विधेयक थुप्रिने क्रम बढ्दै गएको संसद् सचिवालयका अधिकारीहरूको भनाइ छ।
संसद् सचिवालयले राजनीतिक दलसँग छलफल गरेर तयार गरेको कार्यतालिकाबमोजिम अब प्रतिनिधिसभा बैठक फागुन २१, २२, २३, २७ र २८ मा गरी पाँच वटा मात्र हुने सम्भावना छ। कार्यव्यवस्था परामर्श समितिसँग अन्तिम टुंगो लगाउन बाँकी रहे पनि दलहरूसँगको छलफलमा सचिवालयले पाँच दिनको कार्यतालिका बनाएको छ। फागुनको पहिलो कार्यतालिका बमोजिम मंगलबारसम्म संसद् बैठक चलेको थियो।
अब बस्ने बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक समितिमा पठाइनेछन्। यी विधेयक प्रतिनिधिसभा बैठकमा मंगलबार प्रस्तुत गरिएका हुन्।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन समय सकिएको छ। यो विधेयक समितिमा नपठाई सदनबाट पारित गर्ने कांग्रेस–एमालेको जोड छ। राष्ट्रियसभाले पारित गरेर पठाएका मिडिया काउन्सिल विधेयक पनि प्रतिनिधिसभामा मंगलबारदेखि संशोधनका क्रममा रहन गएको छ।
अबको बैठकले यसलाई समितिमा पठाउनेछ। राष्ट्रियसभाबाट पारित भएर नवीकरणीय ऊर्जासम्बन्धी विधेयक पनि प्रतिनिधिसभामा आएको छ। अबका बैठकले सैद्धान्तिक छलफल गरेर यसलाई समितिमा पठाउनेछ। माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनमा प्रतिनिधिसभातर्फ १२ वटा र राष्ट्रियसभातर्फ आठवटा बैठक बसेका छन्।
हालसम्म प्रतिनिधिसभाले पाँचवटा र राष्ट्रियसभाले दुईवटा विधेयक पारित गरेका हुन्। प्रतिनिधिसभाबाट पारित विद्युतीय व्यापारसम्बन्धी विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबारसम्बन्धी विधेयक, विधायनसम्बन्धी विधेयक राष्ट्रियसभाले पनि पारित गरेको छ।
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको छ। राष्ट्रियसभा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेर छिट्टै प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ।
नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा पठाइएको छ। सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विधेयकमा यतिबेला संशोधनको समय चलिरहेको छ। अबको बैठकले यो विधेयक पनि समितिमा पठाउने तयारी गरेको छ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, विद्युत् विधेयक, विद्यालय शिक्षा विधेयक, निर्माणमुखी सामग्री (व्यवस्था तथा नियमन) विधेयक, भन्सार विधेयक, संघीय निजामती सेवा विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, जलस्रोत विधेयक, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, सहिद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विभिन्न सम्बन्धित समितिहरूमा छलफलमा छन्।
समितिबाट पारित भएर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभामा गत जेठ २२ गते नै पेस भएको हो। यो विधेयक प्रतिनिधिसभामा अड्किएको छ।
यो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभातर्फ सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, विधायन व्यवस्थापन समितिमा लगेर छलफल गरी पारित भएपछि मात्रै राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाउनेछ।
हालै जारी भएका सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश दुवै सदनमा पेस भइसकेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट स्वीकृत हुन बाँकी छ। यी अध्यादेश स्वीकृत भए प्रतिस्थापन विधेयक दर्ता हुनेछन्।