कोशी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। बिहीबार कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार राति १२ बजेदेखि प्रदेशसभाको चालु छैठौं अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यता सरकारले हठातमा प्रदेशसभाको अधिवेशन अन्त्य भएको भन्दै नेकपा (माओवादी केन्द्र) कोशीको संसदीय दलले विरोध गरेको छ। अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णयलाई माओवादीले ‘संसदीय परम्पराविपरीत’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो। माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्मिनाद्वारा जारी विज्ञप्तिमा सरकारले अधिवेशनमा महत्वपूर्ण विधेयकहरू पारित गरिने बताएको भए पनि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ।
‘आफैँले ल्याएको नीति, कार्यक्रम, र बजेटको कार्यान्वयन निराशाजनक रहनुका साथै पुँजीगत खर्च तथा विपद्पछिको पुनर्निर्माणमा समेत सरकार असफल देखिएको तथ्य प्रदेशसभामा उठिरहेका थिए। यस्ता प्रश्नहरूको जवाफ दिनुको साटो सरकार संसदीय छलफलबाट भाग्न खोज्नु अत्यन्त खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।
माओवादीले सरकारप्रति जनताको विश्वास खस्कँदै गएको सन्दर्भमा जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभालाई निष्क्रिय तुल्याउनु गम्भीर विषय भएको बताएको छ।
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ। डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो। छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...