बाबुरामलाई मुख्यमन्त्री कार्कीले सिकाए आफ्नो प्रदेशको नाम- यो प्रदेश कोशी हो है!
०६ चैत्र २०८१
•
१ मिनेट पाठ
बाबुरामलाई मुख्यमन्त्री कार्कीले सिकाए आफ्नो प्रदेशको नाम- यो प्रदेश कोशी हो है!
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई बिहीबार (आज) कोशी प्रदेशअन्तर्गतको सुनसरी जिल्लाको झुम्कामा एक कार्यक्रममा छन्।




कार्यक्रमबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्— प्रदेश १ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रङ्गीचङ्गी भेषभूषामा सजिएका थारू सांस्कृतिककर्मीहरूका साथ ।

भट्टराईको उक्त पोस्टमा सोही प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश १ कहाँ छ भनेर सोधेका छन्। मुख्यमन्त्री कार्कीले लेखेका छन्— आदरणीय डाक्टर साब नमस्कार। कहाँ छ हजुर प्रदेश १ ? यो प्रदेशको नाम कोशी हो है।

२०७९ फागुन १६ गते तत्कालीन प्रदेश १ को नाम कोशी पारित भएको थियो। तर, भट्टराईले अहिले पनि प्रदेश १ नै लेख्दा 'यो प्रदेशको नाम कोशी हो है' भनेर मुख्यमन्त्री कार्कीले 'सिकाएका' हुन्। 

कोशी नाम पारित भएपछि पहिचान पक्षधरहरूले लामो समयसम्म आन्दोलन गरेका थिए। अहिले पनि त्यो आन्दोलनको आधिकारिक बैठान भएको छैन। पहिचान पक्षधरहरूले तत्कालीन प्रदेश १ को नाम पहिचानकै आधारमा राखिनुपर्ने माग गरेका थिए। तर, कोशी पारित भएपछि उनीहरूले त्यो सच्चिनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए।

त्यसो त भट्टराईको दल नयाँ शक्तिले तिनै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

भट्टराईको पोस्ट र मुख्यमन्त्री कार्कीको कमेन्ट।
अर्को समाचार
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयको चार अर्ब बेरुजु फर्स्यौट
०९ साउन २०८२
•
१ मिनेट पाठ
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयको चार अर्ब बेरुजु फर्स्यौट
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्ष ६७.४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको छ । मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष ०८१-०८२ मा ६७ .४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको जानकारी दिएको हो ।  




भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्रालयले कुल ५ अर्ब ९५ करोड ९५ करोड,४९ लाख ५८ हजार वेरुजु मध्ये ४ अर्ब १ करोड ४४ लाख ३३ हजार रुपैयाँ  फर्स्यौट गरेको जानकारी दिए । मन्त्री नियुक्त भए लगत्तै गत वर्ष मन्त्री राईले मन्त्रालयको वेरुजु फर्स्यौटमा ध्यान केन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसपछि मन्त्री राईले वेरुजु फर्स्यौट अभियान नै सञ्चालन गरेका थिए ।

‘धेरै वेरुजु भएको मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत कार्यालयमा वेरुजु फर्स्यौट अभियान नै सञ्चालन गरेपछि वेरुजु फर्स्यौटमा उल्लेख्य प्रगति हाँसिल भयो ’ मन्त्री राईले भने ।  

उनका अनुसार मन्त्रालयले असुल उपर गर्नुपर्ने वेरुजु ४४ करोड ६७ लाख ८४ हजार रुपैयाँ मध्ये ३२ करोडमध्ये १० करोड ९८ लाख ७८ हजार रुपैयाँ असुल गरेको छ । यस्तै पेश्की वेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार रुपैयाँ मध्ये ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ फर्स्यौट गरेको छ । यस्तै नियमित गर्नुपर्ने वेरुजु २ अर्ब ३५ करोड ८२ लाख ९८ हजार रुपैयाँ मध्ये १ अर्ब १ करोड ९७ हजार रुपैयाँ फर्स्यौट भएको मन्त्री राईले जानकारी दिए । 

राईले गत आर्थिक वर्ष मन्त्रालयले पाएको १० अर्ब ४१ करोड रुपैयाँ बजेटमध्ये ८ अर्ब ५० करोड खर्च गरेर ७३.६९ प्रतिशत वित्तीय प्रगती हाँसिल गरेको राईले दाबी गरे । मन्त्री राईले मन्त्रालयले ६२ वटा बहुवर्षीय आयोजना मध्ये ३२ वटा सम्पन्न गरेको र २६ वटा कार्यान्वयनको अन्तिम चरणमा रहेको बताए ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस