तोसिमाको सांसद पद जोगियो
२८ फागुन २०८१
•
२ मिनेट पाठ
तोसिमाको सांसद पद जोगियो
सर्वोच्च अदालतले संसदीय निर्वाचनसँग सम्बन्धित डा. तोसिमा कार्कीविरुद्धको मुद्दामा दुई वर्षपछि मंगलबार फैसला सुनाएको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कार्कीको सांसद पद जोगिने गरी फैसला गरेको हो। अदालतबाट फैसलाको लिखत भने आइसकेको छैन।




उनले पछिल्लो संसदीय निर्वाचनमा उम्मेदवारी दिएपछि उत्पन्न विवादमा दर्ता भएको मुद्दा बल्ल टुंगो लागेको हो। कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन्। अदालतले यसअघि नै दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै निवेदक कार्कीको मागबमोजिम फैसला गरेको हो।

कार्कीले उम्मेदवारी दर्ता गरेपछि त्यसलाई निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा २०७९ कात्तिक १४ गते रिट निवेदन दिएकी थिइन्। सर्वोच्चले कात्तिक १५ गते नै निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। अदालतको अन्तरिम आदेशमा उनले चुनाव लड्न पाएकी थिइन्।

त्यसबेला न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्च अदालतको नजिर उल्लेख गर्दै उम्मेदवारलाई अयोग्य घोषित गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को खण्ड (ङ) प्रयोजनार्थ उक्त लाभको पदमा बहाल रहेको भन्दै निर्वाचन आयोगमा उनीविरुद्ध उजुरी परेपछि आयोगले उम्मेदवारी खारेज गरिएको थियो।

आयोगले मेडिकल काउन्सिलको भत्ता लिनुलाई पनि आर्थिक लाभ लिएको भन्दै उम्मेदवारी रद्द गरिदिएको थियो। तर अदालतले उनी काउन्सिलमा आबद्ध नदेखिएको स्पष्ट पारेको थियो। ‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता, सवारी खर्चजस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने देखिन आउँछ’, सर्वोच्चले तत्काल जारी गरेको आदेशमा भनिएको थियो।

अन्तरिम आदेश जारी गर्दा महेन्द्रबहादुर पाण्डेविरुद्ध निर्वाचन आयोग भएको २०५० सालको मुद्दामा जारी आदेशको नजिर सर्वोच्च अदालतले उल्लेख गरेको थियो। ‘संविधानले किटानीसाथ कुनै पनि व्यक्तिलाई कुनै कुराका लागि योग्य वा समर्थ घोषित गरेको छ भने त्यस्ता व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै किसिमबाट होस् कानुनले अयोग्य घोषित गर्न नमिल्ने’ व्याख्या सर्वोच्चले गरेको थियो।

कार्कीले नेपाल मेडिकल काउन्सिलको निर्वाचत सदस्य पदमा रहँदा नियमित पारिश्रमिक वा नियमित आर्थिक लाभ लिएको मान्न नमिल्ने देखिएको, निजले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी प्रयोजनार्थ त्यो लाभको पद हो, होइन भनी मौकामा निर्वाचन आयोगसमक्ष निवेदन दिँदा कुनै जवाफ नदिएको भन्ने पनि अदालतले उल्लेख गरेको थियो।
अर्को समाचार
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
२५ असार २०८२
•
३ मिनेट पाठ
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
सर्वोच्च अदालतले विशेष अदालतबाट कर फछ्र्योट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतबाट यसअघि भएको फैसला बदर गर्दै पुनः सुनुवाइमा पठाउने आदेश मंगलबार गरेको हो।




अदालतको फैसलासँगै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालगायतको भ्रष्टाचार मुद्दा फेरि विशेष अदालतबाटै सुनुवाइ सुरु हुने भएको हो। कर फछ्र्योट आयोग २०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित तीन जनालाई बिगो र जरिबाना गरी ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ ठहर गरिऐको थियो। विशेषले उनीहरूलाई जनही नौ वर्ष कैद सजाय ठहर गरेको थियो। यो मुद्दा फैसलाका क्रममा त्रुटि भेटिएकाले फेरि सुरु अदालतमै पठाउने आदेश सर्वोच्चले गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असार ९ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले एक अर्ब ३३ लाख २० हजार रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेष अदालतबाट दुई वर्षअघि भ्रष्टाचार मुद्दा ठहर भएपछि चूडामणिसहित डिल्लीबजार जेलमै सजाय काटिरहेका छन्। सर्वोच्चबाट मंगलबार फैसला भए पनि लिखित रूपमा आइसकेको छैन। सर्वोच्चको फैसलासँगै प्रतिवादीहरू जेलबाट छुट्ने वा जेलमै रहने भन्ने निक्र्योल भइनसकेको अदालतले जनाएको छ।

विशेष अदालतको ठहरबमोजिम बिगो र जरिबाना गरेर हरेकका भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार आठ सय ४७ रुपैयाँ तिर्नुपर्ने हिसाब निस्केको थियो। अदालतले ठहर गरेको रकम बुझाउन नसकेपछि थुनामा गएर उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। एक वर्ष अघि सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता भएका थियो। पटकपटक ‘हेर्न नमिल्ने’मा पर्दै आएको मुद्दामा मंगलबारका लागि निसु (निर्णय सुनाउने) डेढ महिनाअघि मिति तोकिएको थियो।

२०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐन २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। आयोगका तत्कालीन पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार रुपैयाँ कर छुट दिएको पुष्टि भएको भन्दै विशेष अदालतबाट मुद्दा ठहर भएको थियो। कर फछ्र्योट आयोगका तत्कालीन पदाधिकारी लुम्बध्वज, उमेशप्रसाद, चूडामणिले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदनसमेत दर्ता गराएका थिए। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन भने मंगलबार खारेज गरिदिएको छ।

सुरु अदालतले तोकेको बिगो र जरिबाना रकम बुझाएर मात्रै माथिल्लो अदालतमा पुनरावेदन निवेदन दर्ता गर्न पाउने कानुनी व्यवस्था छ। यदि बिगो बुझाउन नसके थुनामा बस्नुपर्ने हुन्छ। बिगो रकम धेरै भएकाले तीन जना नै डिल्लीबजार कारागारमा थुनामा गएका थिए। उनीहरू आफूखुसी पुनरावेदन दिन थुनामा बसेका थिए। तर तिनै जनाले सर्वोच्च अदालतमा आफूहरूलाई कानुनविपरीत थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गराएका थिए। सम्बन्धित मुद्दा लगाउमा (एकै ठाउँमा) राखेर फैसला गरिएको हो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस