संवैधानिक पदाधिकारीलाई साढे चार वर्षपछि वैधानिकता
२० असार २०८२
•
६ मिनेट पाठ
संवैधानिक पदाधिकारीलाई साढे चार वर्षपछि वैधानिकता
सर्वोच्च अदालतले बहुप्रतीक्षित मुद्दा संवैधानिक निकायमा ५२ जनाको नियुक्तिमा पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार मध्य रातमा तीन थरी रायसहितको फैसला गरेको छ। फैसलाले साढे चार वर्षअघिको अध्यादेशमा टेकेर संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेको नियुक्तिलाई भने वैधानिकता दिएको छ।




फैसलामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीको रायसहितको एउटा संक्षिप्त आदेश छ। त्यसैगरी न्यायाधीश सपना प्रधान मल्लको अर्को छुट्टै राय छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको पनि छुट्टै राय छ। तर तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको मत एक भयो। साढे चार वर्षअघि गरिएको संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिलाई तीन जनाको साझा मतले वैधानिकता दिएको हो।

साढे चार वर्षसम्म वैधानिकताको कसीमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोगलगायत पदाधिकारीले राहतको महसुस गर्न पाए। संसदीय सुनुवाइबिना नियुक्ति पाएका संवैधानिक निकायका पदाधिकारीहरू कानुनी कसीमा चार वर्षसम्म अल्झिरहेका थिए। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले २०७७ मंसिर ३० मा ३२ जना र २०७८ वैशाख २६ मा २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

तीन न्यायाधीशले साढे चार वर्षअघि संवैधानिक परिषद्ले गरेको एउटा निर्णयलाई सदर गरे भने प्रधानन्यायाधीशसहित दुई जनाले बदर गरिदिए, त्यो पनि एउटा मात्रै निर्णय। प्रधानन्यायाधीशसहित दुईजना र बाँकी तीनजना न्यायाधीशका राय संवैधानिक परिषद्को पहिलो पटकको नियुक्तिमा मात्रै बाझिएको हो। तर दोस्रोपटक ३४ जना नियुक्तिको विषयमा भने सबै न्यायाधीशको मत मिलेको छ।

यो फैसला दिन सर्वोच्चले यति लामो समय लिनुपर्ने कारण भने देखिँदैन। यसबारे न्यायाधीश मल्लले आफ्नो रायमा स्पष्ट लेखेकी छन्। उनले आत्मालोचना पनि गरेकी छन्। ‘राज्यको पहरेदार मानिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विवाद समाधान गर्न चार वर्ष लाग्यो,’ उनले भनेकी छन्, ‘न्यायको याचिकाहरूलाई आसाको ज्योति जगाउन अनुचित विलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ। आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनुहुँदैन भनी आत्मालोचना गरेकी छु।’

यो आदेशले अदालत आफैंले गम्भीर विषयमा मुद्दा छिन्न ढिलाइ भएकाप्रति स्वीकारोक्ति गरेको छ।

प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको राय

प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदी दुवैको राय एउटै छ। त्यसमा प्रायजसो विषय तत्कालीन सभामुख एवं संवैधानिक परिषद्का सदस्य अग्निप्रसाद सापकोटालाई बैठकका लागि रितपूर्वक सूचना नदिइएको विषयमा घुमेको छ। उनलाई संवैधानिक परिषद् बैठकको सूचना नदिई गरेको निर्णय कानुनविपरीत भएको ठहर्‍याइएको छ।

‘संविधान अनुसार ...बैठकको सूचना नदिई संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका लागि २०७७ मंसिर ३० मा गरेको सिफारिस, त्यस आधारमा गरिएको नियुक्ति संविधान र कानुनी व्यवस्थाको विपरीत भएकाले निर्णय बदर हुने ठहर्छ।’

यसैमा मात्रै राय बाझिएको हो। दुई जनाले दुई निर्णयलाई फरकफरक मानेर आदेश गरेका छन्। दोस्रो पटकको नियुक्तिलाई भने सदर हुने गरी त्यसविरुद्धका रिट खारेज गरिएको छ। प्रधान्यायाधीश राउत र न्यायाधीश सुवेदीले तीन न्यायाधीशको सबै रायसँग सहमत हुन नसकेको आदेशमा उल्लेख छ।

न्यायाधीश शर्मा र चुडालको राय

यी दुईजनाको रायमा संवैधानिक परिषदको दुवै नियुक्ति बदर गर्न नहुने ठहर छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने कानुनी व्यवस्थाको व्याख्या गरिएको छ। ‘राष्ट्रप्रमुखबाट अध्यादेश जारी हुने कार्यकारिणीलाई प्रदान गरिएको अधिकारको रुपमा रहेको छ’, आदेशमा भनिएको छ, ‘अध्यादेशले भइरहेको कानुन संशोधन हुनसक्ने मान्यता स्थापित छ।’

मत्रिपरिषद्ले अध्यादेश ल्याउन सक्ने र प्रमाणीकरण राष्ट्रपतिबाट भएपछि कार्यान्वयन भएकै मान्नुपर्नेगरी व्याख्या गरिएको छ।

तत्कालीन सभामुख सापकोटालाई सूचना नदिएको सन्दर्भमा उनले आफैं त्यो विषयमा चुप लागेकाले स्वीकार गरेको जनाइएको छ। त्यसलाई स्वैच्छिक परित्यागको सिद्धान्त र अनुचित विलम्बसँग सम्बन्धित रहेको व्याख्या गरिएको छ। ‘कुनै व्यक्तिले आफ्नो अधिकारको उल्लंघन भएको थाहा पाउँदापाउँदै पनि आपत्ति नजनाई चुप लागेर बस्छ भने मौनतालाई स्वीकृति मानिन्छ। भविष्यमा त्यस्तो व्यक्तिले अधिकारको दाबी गर्ने अवसर गुमाउँछ,’ व्याख्यामा भनिएको छ।

नियुक्ति भएकाहरूको संसदीय सुनुवाइको विषयमा सुनुवाइ समिति र सुनुवाइसम्बन्धी नियमावलीको व्यवस्थालाई व्याख्या गरेको छ। ‘समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ ...सुनुवाइका लागि पठाइएको पदको नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन भन्ने व्यवस्था छ,’ व्याख्यामा उल्लेख छ।

संसद्को दुवै सदन नचलेका बेला संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याउन सक्ने व्यवस्थालाई व्याख्या गरिएको छ। साथै संवैधानिक निकायहरूमा ठुलो संख्यामा प्रमुखलगायत पदाधिकारीको रिक्तता रहेकाले त्यसलाई पूर्ति गरी राज्य संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने बाध्यताले गर्दा अध्यादेश ल्याएको संक्षिप्त आदेशमा उल्लेख छ।

न्यायाधीश मल्लको राय

न्यायाधीश मल्लले लामो समय विचाराधीन रहँदा चार वर्षपछि आएर निर्णय बदर गर्नु उपयुक्त नभएको तर्क गरेकी छिन्। उनले लामो समय अघि भैसकेको नियुक्ति यतिका समयपछि बदर गर्न नहुने राय दिएकी छिन्। साथै सुनुवाइ समितिमा पत्र प्राप्त भएको ४५ दिनभित्र सुनुवाइ नभए नियुक्तिमा बाधा नहुने आधारमा नियुक्ति दिने भन्ने अर्थमा बुझ्न नहुने उनको राय छ।

‘फैसला भएको मितिले ४५ दिनभित्र संसदीय सुनुवाइ प्रक्रियामा लैजानु हाल कार्यरत पदाधिकारीहरू संसदीय सुनुवाइबाट नियुक्तिका लागि योग्य ठहर भएमा त्यस्ता पदाधिकारीको कार्यकाल साबिकमा नियुक्ति भएको मितिदेखि गणना हुने गरी शपथको आवश्यक व्यवस्था मिलाउनू भनी परमादेश आदेश जारी हुने ठहर्छ,’ उनको राय छ।

न्यायाधीश मल्लले लोकतन्त्र बलियो हुनु मात्रै कानुनी व्यवस्था होइन, त्यसलाई कार्यान्वयन गर्ने निकायले राम्रो काम गर्नुपर्नेतर्फ झकझक्याएकी छन्। ‘सबै संवैधानिक प्रावधानहरू त्यसबेला मात्र सार्थक हुन्छन् जब यस्ता निकायहरूमा नियुक्ति खुला प्रतिस्पर्धा, व्यावसायिकता, योग्यता र इमानदारीमा आधारित हुन्छ,’ आगामी दिनमा नियुक्तिको प्रक्रियालाई विवादमुक्त बनाउनुपर्ने उल्लेख गर्दै उनले भनेकी छिन्, ‘...संवैधानिक निकायका पदाधिकारीको नियुक्ति प्रक्रिया स्वतन्त्र, सक्षम र व्यावसायिक बनाउन पारदर्शी तरिकाले प्रतिस्पर्धा गर्न र नियुक्ति सिफारिस प्रक्रिया अगाडि बढाउनू भनी प्रत्यर्थीको नाउँमा यो परमादेश जारी हुने ठहर्छ।’

गम्भीर प्रकृतिको मुद्दामा भन्दै संवैधानिक आयोगका नियुक्तिको वैधानिकतामा प्रश्न उठाइएको थियो। ‘निर्णय समयमा गरेको भए वाञ्छित अवाञ्छित परिणाम जे आए पनि अनिश्चित प्रक्रिया र परिणाम लामो समयसम्म रहँदैन थियो,’ मल्लको रायमा भनिएको छ, ‘न्याय गर्नु भनेको समयमा निर्णय गर्नु पनि हो।’

प्राथमिकतामा राखेर समयमै निर्णय गर्नुपर्ने गम्भीर र महत्त्वपूर्ण विषयमा साढे चार वर्ष लामो समय राखेकोमा उनले प्रश्न उठाएकी छिन्। ‘साढे ४ वर्ष निर्णय नगरी राख्दा न त संवैधानिक निकाय जस्तो संविधान कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने निकाय खुलेर काम गर्न सक्छ न त अदालत आफ्नो दायित्वप्रति जिम्मेवारी भएको देखिन्छ।’

अदालतमा लामो समय विचाराधीन रहेको यो मुद्दामा इजलासमै अनेकन तर्क, वितर्क भएका थिए। इजलासमा मात्रै नभएर सार्वजनिक रूपमा फैसला हुनुअघि धेरै खालका तर्क र अड्कल काटिएका थिए। एकथरी अर्थात् संवैधानिक निकायका पदाधिकारीले पनि आफूहरूको जागिर अब रहँदैन भन्नेमा एक खालले मानसिक रूपमा तयार भएका थिए। राष्ट्रिय मानवअधिकार आयोगका एक कर्मचारीका अनुसार पदाधिकारी त्रासमा थिए। उनीहरू आफूहरू रहने नरहने स्पष्ट नहुँदा दोधारमै थिए।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस