अतिरिक्त सचिव राख्न लोकसेवाको सिफारिस
२० फागुन २०८१
•
३ मिनेट पाठ
अतिरिक्त सचिव राख्न लोकसेवाको सिफारिस
तस्विर : लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी
लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिका सदस्यलाई हाल छलफलमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयकमा अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्न सिफारिस गरेको छ।




आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उपसमितिका संयोजक दिलेन्द्र बडू तथा सदस्यहरूलाई यस्तो सुझाव दिएका हुन्। नागरिक प्रतिनिधिसँग कुरा गर्दै उनले भने, ‘हामीले सुरुदेखि नै अतिरिक्त सचिव पद चाहिन्छ भन्दै आएका हौं। निजामती सेवामा अतिरिक्त सचिव पद राख्नु आवश्यक छ।’ धेरै सहसचिव हुने मन्त्रालय, विभाग तथा संवैधानिक अंगहरूमा अतिरिक्त सचिव पद आवश्यक पर्ने उनको भनाइ छ।

उपसमितिका सदस्यहरूले विधेयकको विषयमा आइतबार आयोगका अध्यक्ष रेग्मीसँग छलफल गरेका थिए तर अतिरिक्त सचिव पद राख्ने विषयमा राज्य व्यवस्था समितिका सदस्य सहमतिमा भने पुगिसकेका छैनन्। विधेयकको विषयमा सहमति जुटाउन राज्य व्यवस्था समितिले उपसमिति गठन गरेको छ।

राज्य व्यवस्था समितिमा भने नेपाली कांग्रेसनिकट सदस्यहरू अतिरिक्त सचिव पद चाहिन्छ भन्दै आएका छन् भने नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले अतिरिक्त पद सिर्जना गर्दा राज्यलाई थप व्ययभार बढ्ने भएकाले यस्तो पद आवश्यक नभएको तर्क गर्दै आएका छन्।

निजामती सेवामा बढुवा पर्खेर बसेका, खासगरी ६/७ वर्ष या त्योभन्दा लामो समय सहसचिव तथा उपसचिव भइसकेका उच्च कर्मचारीले अतिरिक्त सचिव पद राख्न लबिङ गरेका छन्। 

सहसचिवहरू अतिरिक्त सचिव पदमा बढुवा भए उपसचिवहरूलाई पनि सहसचिवमा बढुवाका लागि बाटो खुला हुनेछ। त्यसैले यस पदमा सहसचिव तथा वरिष्ठ उपसचिवहरूको चासो छ। तर एक/दुई वर्षमै सचिव पदमा बढुवा हुने र सचिवका रूपमा पाँच वर्षसम्म सेवा अवधि निश्चित भएका सहसचिवहरू भने अतिरिक्त सचिवको विषयमा मौन छन्। विभिन्न प्रशासनिक सेवामा कार्यरत कर्मचारीलाई जिम्मेवारी दिन तथा कर्मचारीको वृत्तिविकासलाई निरन्तरता दिन अतिरिक्त सचिव आवश्यक पर्ने धेरैजसो कर्मचारीको भनाइ छ। 

एक सहसचिव भन्छन्, ‘महानिर्देशक अतिरिक्त सचिव र उपमहानिर्देशक सहसचिव हुने व्यवस्था राख्ने हो भने महानिर्देशक र उपमहानिर्देशकबिच समन्वय र सहकार्य हुन्छ। प्रदेश सचिव भई संघमा फर्केका कर्मचारी फेरि सहसचिवमा झर्दा उसको मनोबल खस्कन्छ। त्यसैले त्यस्तो कर्मचारीका लागि अतिरिक्त सचिव पद चाहिन्छ।’

निजामती सेवामा अतिरिक्त सचिव पद नराख्ने हो भने निजामती सेवा प्रभावहीन हुने, माथिल्लो तहका कर्मचारीमा नैराश्य आउने र यसबाट राज्यले जनतालाई दिने सेवामा असर पर्ने एकथरी कर्मचारीको तर्क छ।

मस्यौदामा निजामती सेवमा राजपत्र अनंकित र राजपत्रांकित गरी १५ तह राखिएका छन्। राजपत्रांकित विशिष्ट श्रेणीलाई अतिरिक्त सचिव र सचिव पद मान्ने हो भने १३, १४ र १५औं तहका कर्मचारी त्यस पदमा रहनेछन्। ११ र १२औं तहका कर्मचारी सहसचिव हुने व्यवस्था विधेयकमा गरिएको छ। सरकारले २०८० फागुन २१ गते कर्मचारी कानुनको मस्यौदा संसद्मा दर्ता गरेको थियो। हाल उक्त मस्यौदामा राखिएका विभिन्न प्रावधानबारे संसद्को राज्य व्यवस्था समितिमा छलफल भइरहेको छ।

तत्कालीन संघीय मामिलामन्त्री अनिता देवीले संसद्मा दर्ता गरेको निजामती कानुनको मस्यौदामा अतिरिक्त सचिव पद राखिएको थिएन। यद्यपि संघीय मामिला मन्त्रालयले तयार गरेको मस्यौदामा भने अतिरिक्त सचिव पद राखिएको थियो। मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा कानुनको मस्यौदा पठाइएको थियो। प्रधानमन्त्री कार्यालयमा पुगेपछि उक्त पद मस्यौदाबाट गायब गरिएको थियो।

तर उक्त कानुन राज्य व्यवस्था समितिमा आउनुअघि नै केही सांसदले निजामती सेवामा आवश्यक भन्दै अतिरिक्त सचिव पद राख्न संशोधन प्रस्ताव दर्ता गराएका छन्। सोही प्रस्तावमाथि गत फागुन १ गते राज्य व्यवस्था समितिमा छलफल भएको थियो।
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस