नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पहिचानका नाममा जातीय हिंसा बढाउन खोजेको आरोप लगाएका छन्।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनको शनिबार विराटनगरमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले पहिचानका नाममा कोशी प्रदेशमा जातीय हिंसा बढाउने काममा प्रचण्ड लागि परेको आरोप लगाए।
उनले भने ‘पहिचानका नाममा कोशी प्रदेशमा जातीय हिंसा बढाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागि पर्नुभएको छ।’
उनले सत्ता सहकार्यको ७ महिनामा सरकारले सफलता पाउँदै गएको दाबी समेत गरे। सबै सूचकहरू बढेको नेता ज्ञवालीको भनाइ छ।
सरकार छिमेकी देशसँग सन्तुलित व्यवहार गरेर अघि बढेको पनि उनले सुनाए। विपक्षीको डिक्सनेरीमा सरकार बनाउने र गिराउने मात्रै रहेको ज्ञवालीको तर्क छ।
अहिले मुलुकमा अफवाह र निराशाको लडाइँ जारी रहेको भन्दै नेता ज्ञवालीले सत्ताबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहिदको याद आएको बताए।
सत्तामा हुँदासम्म केही नगर्ने अनि सत्ताबाट हटेपछि बर्बराउँदै हिँड्ने प्रचण्डको बानी रहेको उनको भनाई छ। उनले भने ‘सत्ताबाट हटेपछि उहाँ बर्बराउँदै हिँड्नु भएको छ। केराको पातको याद आएको छ। मर्निङवाक गर्नुपरेको छ।’
उपमहासचिव ज्ञवालीले पार्टीले आन्तरिक जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने गरेको पनि जानकारी दिए। पार्टी भित्रको लोकतन्त्र भनेको सर्वसम्मति पनि भएको उनको भनाई छ।
जलवायु परिवर्तन, विश्व भू–राजनीति, आर्थिक–सामाजिक रूपान्तरणका चुनौतीको समाधानका लागि एमालेलाई बहुमत आवश्यक भएको उनले बताए।