अतिरिक्त सचिवको औचित्यमाथि बहस
१५ फागुन २०८१
•
४ मिनेट पाठ
अतिरिक्त सचिवको औचित्यमाथि बहस
निजामती सेवामा माथिल्लो तहमा एउटै छुट्टै पद अतिरिक्त सचिव पद राख्ने कि नराख्ने भन्ने विषयमा गम्भीर बहस र छलफल सुरु भएको छ। यो विषय संघीय संसद्को राज्य व्यवस्था समितिमा समेत प्रवेश भएको छ। यही विषयमा राज्य व्यवस्था समितिका सांसदहरू दुई धारमा बाँडिएका छन्।




निजामती सेवामा बढुवा पर्खेर बसेका, खासगरी ६/७ वर्ष या त्योभन्दा लामो समय सहसचिव तथा उपसचिव भइसकेका उच्च कर्मचारीहरू हाल राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको ऐनको मस्यौदामा अतिरिक्त सचिव पद राख्न लबिङ गरिरहेका छन्।

सहसचिवहरू अतिरिक्त सचिव पदमा बढुवा भए उपसचिवहरूलाई पनि बढुवाका लागि बाटो खुला हुनेछ। त्यसैले यस पदमा सहसचिव तथा वरिष्ठ उपसचिवहरूको चासो छ। तर एक/दुई वर्षमै सचिव पदमा बढुवा हुने निश्चित भएका र सचिवका रूपमा पाँच वर्षसम्म सेवावधि निश्चित भएका सहसचिवहरू भने अतिरिक्त सचिवको विषयमा मौन छन्।

खुलाबाट एकैपटक सहसचिवमा नियुक्त माथिल्लो तहका कर्मचारीहरू भने अतिरिक्त सचिव पद नराखियोस् भन्ने चाहन्छन् तर खुलेर भने बोल्दैनन्। त्यसैले मस्यौदामा अतिरिक्त सचिव पद राख्न र नराख्न अहिले दुवै पक्षबाट गम्भीर लबिङ भइरहेको छ।

निजामती सेवामा अतिरिक्त सचिव पद नराख्ने हो भने निजामती सेवा प्रभावहीन हुने, माथिल्लो तहका कर्मचारीहरूमा नैराश्य आउने र यसबाट राज्यले जनतालाई दिने सेवामा असर पर्ने एकथरी कर्मचारीहरूको तर्क छ।

सरकारले गत २०८० फागुन २१ गते कर्मचारी कानुनको मस्यौदा संसद्मा दर्ता गरेको थियो। हाल उक्त मस्यौदामा राखिएका विभिन्न प्रावधानबारे संसद्को राज्य व्यवस्था समितिमा छलफल भइरहेको छ।

तत्कालीन संघीय मामिलामन्त्री अनिता देवीले संसद्मा दर्ता गरेको निजामती कानुनको मस्यौदामा अतिरिक्त सचिव पद राखिएको थिएन। यद्यपि संघीय मामिला मन्त्रालयले तयार गरेको मस्यौदामा भने अतिरिक्त सचिव पद राखिएको थियो।  मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा कानुनको मस्यौदा पठाइएको थियो। प्रधानमन्त्री कार्यालयमा पुगेपछि उक्त पद मस्यौदाबाट गायब गरिएको थियो।

तर उक्त कानुन राज्य व्यवस्था समितिमा आउनुअघि नै केही सांसदले निजामती सेवामा आवश्यक भन्दै अतिरिक्त सचिव पद राख्न संशोधन प्रस्ताव दर्ता गराएका छन्। सोही प्रस्तावमाथि गत फागुन १ गते राज्य व्यवस्था समितिमा छलफल भएको थियो।

उक्त छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले अतिरिक्त सचिव पद आवश्यक नै भएको तर्क राखेका थिए भने एमाले सांसद रघुजी पन्त र माओवादी सांसद हितराज पाण्डेले अतिरिक्त सचिव पद राख्दा राज्यको व्ययभार बढ्ने तर्क गरेका थिए। अतिरिक्त सचिव पद राख्न चाहनेहरू भन्छन्, ‘एउटै ठाउँमा दुई वा दुईभन्दा बढी सहसचिव हुने कार्यालय या विभागमा एउटा अतिरिक्त सचिव पद अत्यावश्यक पर्छ किनभने एउटा सहसचिवको मातहतमा अर्को सचिव कार्यरत हुँदा कार्यालय प्रमुख (महानिर्देशक) लाई अर्को सहसचिव (उपमहानिर्देशक) ले टेर्दैनन्।

महनिर्देशक अतिरिक्त सचिव र उपमहानिर्देशक सहसचिव हुने व्यवस्था राख्ने हो भने महानिर्देशक र उपमहानिर्देशकबिच समन्वय र सहकार्य हुन्छ। प्रदेश सचिव भई संघमा फर्केका कर्मचारी फेरि सहसचिवमा झर्दा उसको मनोबल खस्कन्छ। त्यसैले त्यस्तो कर्मचारीका लागि अतिरिक्त सचिव पद चाहिन्छ।’

त्यसैले ऐनको मस्यौदामा अतिरिक्त सचिव पद हटाइएकोमा खासगरी बढुवा पर्खेर बसेका वरिष्ठ सहसचिव, उपसचिव तथा शाखा अधिकृतहरू रुष्ट छन्। ऐनमा अतिरिक्त सचिव पद राखियो भने उक्त पद राजपत्रांकित विशिष्ट श्रेणीसरहको हुनेछ। त्यस पदमा सेवारत व्यक्तिले पाँच वर्षपछि स्वतः अनिवार्य अवकाश पाउनेछ। यसर्थमा अतिरिक्त सचिव र सचिव गरी दुवै पदको सेवावधि पाँच वर्ष मानिनेछ। यसकारण अतिरिक्त सचिव पद राख्नेबित्तिकै बढुवा पर्खेर बसेका माथिल्लो तहका कर्मचारी चाँडोभन्दा चाँडो बढुवा हुनेछन्। जस्तो कि अहिले सहसचिव भएको आठ देखि १२ वर्षसम्म पनि बढुवा हुन नपाउने अवस्था छ।

अतिरिक्त सचिव राख्दा ६० वर्ष (मस्यौदमा अवकाश उमेर सीमा ६० राखिएको छ) उमेर पुग्न १२/१५ वर्षभन्दा कम उमेर बाँकी भएका सहसचिवहरूले भने चाँडै सचिवमा बढुवा भई अवकाश पाउनेछन्। त्यसबाट केही सहसचिवले ५० वर्षको वरिपरिमै अवकाश पाउनेछन्। अतिरिक्त सचिव पद नराख्ने हो भने उनीहरूले सहसचिवमै १०/१२ वर्ष सेवा गर्नेछन्। उनीहरू अवकाश पाउने बेला सचिव हुनेछन्। एक उच्च कर्मचारीले भने, ‘निजामती सेवालाई प्रभावकारी बनाउन अतिरिक्त सचिव पद आवश्यक छ।’

अब तहगत व्यवस्था

मस्यौदामा निजामती सेवमा श्रेणीगतको सट्टा तहगत व्यवस्था गरिएको छ। राजपत्र अनंकित र राजपत्रांकित गरी १५ तह राखिएका छन्। राजपत्रांकित विशिष्ट श्रेणीलाई अतिरिक्त सचिव र सचिव पद मान्ने हो भने १३, १४ र १५औं तहका कर्मचारी त्यस पदमा रहनेछन्। ११ र १२औं तहका कर्मचारीहरू सहसचिव हुने व्यवस्था विधेयकमा गरिएको छ। विभिन्न प्रशासनिक सेवामा कार्यरत कर्मचारीलाई जिम्मेवारी दिन तथा कर्मचारीको वृत्त विकासलाई निरन्तरता दिन अतिरिक्त सचिव आवश्यक पर्ने धेरैजसो कर्मचारीको भनाइ छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस