पूर्व अर्थमन्त्री वर्षमान पुनले शेयर बजार अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका छन्। बुधबार विराटनगरमा पार्टी निकट मजदुरहरूसँगको अन्तर्क्रियामा पुनले यस्तो बताएका हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको अन्तर्क्रियामा कार्यक्रममा पुनले शेयर बजार जुवा जस्तै भएको भन्ने गरिएको र वास्तवमा शेयर बजार अनुत्पादक क्षेत्र नै भएको स्पष्ट पारे।
उनले पुँजीपतिहरूले केही लगानी गरेर सजिलो तरिकाले पैसा कमाउन शेयर बजार प्रयोग गरिरहेको बताए।
नेपालमा शेयर बजार, गरगहना र घरजग्गामा पुँजी थुप्रने गरेका कारण उत्पादन पनि नहुने र रोजगारी पनि सृजना नहुने अवस्था रहेको पुनको भनाई छ।
उनले भने ‘शेयर बजार, घरजग्गा र गरगहनामा लगानी थुप्रँदा देशमा राष्ट्रिय पुँजीको विकास भएको छैन र देशको समृद्धिमा पनि बाधा पुगेको छ। ’ पुनले भने।
विगतमा बिचौलियाहरूले नीतिगत प्रभाव पारेर पैसा कमाउने प्रवृत्ति रहेकोमा अहिले उनीहरू आफैं पैसाको बलमा सत्तामा पुग्ने, सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने क्रम नेपालमा देखिएको बताए।
बिचौलियाले प्रभाव मात्रै पार्ने नभई आफै सत्तामा पुग्ने क्रम पछिल्लो समय नेपालमा देखिएका कारण यस्ता प्रवृत्तिबाट समयमै सजग हुनुपर्ने उनको भनाई छ।
नेपालमा जलविद्युतको लाइसेन्स बोकेर त्यही लाइसेन्स बेचेर पैसा कमाउनेहरू र सरकारको नीतिमा खेलेर अर्बौँ रुपैयाँ कमाउने उद्योगीहरू पनि देखिएको पुनले बताए।