एमसिसीमा नेकपा एसको आत्मालोचना
१३ फागुन २०८१
•
६ मिनेट पाठ
एमसिसीमा नेकपा एसको आत्मालोचना
एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को व्याख्यात्मक टिप्पणीप्रति आत्मालोचना गर्ने तहमा पुगेको छ। एमसिसी संविधानसँग बाझिने कुरामा आफूहरूको सबैभन्दा ठुलो असहमति रहेको पनि नेकपा एसले बताएको छ। लेखापरीक्षणदेखि तमाम चिजमा ‘रिजर्भेसन’ रहेकाले एमसिसीको पक्षमा नेकपा एस कहिल्यै पक्षमा नरहेको जनाइएको छ।




नेकपा एसका महासचिव घनश्याम भुसालले व्याख्यात्मक टिप्पणीमा पनि कमजोरी रहेको स्विकारेका छन्। केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव भुसालले त्यसमा कमजोरी रहेको स्वीकार गरेका थिए। ‘एमसिसी ठिक भनेर हामीले भनेनौं। हाम्रा लागि एमसिसी ठिक कहिल्यै रहेन। हामीले कसरी काम गर्दा एमसिसी ठिक हुन्छ भन्ने प्रस्ताव उठाएका हौं। यद्यपि त्यसमा केही कमजोरी रहेको हुन सक्छ। व्याख्यात्मक टिप्पणीमा पनि केही कमजोरी रहेका हुन सक्छन्। त्यसलाई हामी स्वीकार गर्छौं। त्यसको अर्थ एमसिसीमा समस्या छन् भन्ने हो,’ भुसालले भने, ‘एमसिसी संविधानसँग बाझिने कुरामा हाम्रो सबैभन्दा ठुलो असहमति छ, त्यसपछि त्यसको लेखापरीक्षणदेखि तमाम चिजमा हाम्रो रिजर्भेसन रहेकै हो। त्यसैले नेकपा एस संस्थागत रूपमा कहिल्यै एमसिसीको पक्षमा रहेन।’

अमेरिकाले सो परियोजना स्थगित गरेपछि नेकपा एसले यस्तो धारणा सार्वजनिक गरेको हो। अमेरिकामा नयाँ सरकार आएपछि सहयोग परियोजनाहरू स्थगित भएका छन्। यसक्रममा नेकपा एसले केन्द्रीय कमिटी बैठकपछि यस्तो धारणा सार्वजनिक गरेको हो। संसद्मा व्याख्यात्मक टिप्पणीसहित एमसिसी परियोजना कार्यान्वयन गर्ने निर्णय भएको थियो।  

संसद्बाट पारित गरिएको हुनाले यसको अनुगमन पनि संसदीय हुनुपर्छ भनेर पोहोरदेखि आवाज उठाइएको पनि उनले बताए। ‘अरू पार्टीलाई यो कुरामा कन्भिन्स गराउन सकेनौं। अहिले पनि अरू पार्टीलाई एमसिसीबारे के भएको हो भनेर आह्वान गर्छौं । हामीले अनुगमनको कुरा गरेका छौं। त्यो आज पनि सान्दर्भिक छ,’ उनले भने।  

केन्द्रीय कमिटीको बैठकबाट नेकपा एसले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ। महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए। भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको थियो।  

बैठकले भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरी संसद् छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र संवादका माध्यमबाट ताप्लेजुङ केबलकारको समस्या समाधान गर्न र दुध र उखुको भुक्तानी गर्न सरकारसँग माग गरिएको महासचिव भुसालले बताए।  

सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष बैठकले निकालेको उनले बताए। बैठकले जनताका आधारभूत मुद्दालाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने गरी आन्दोलनको कार्ययोजनाको प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए।  

गत वर्षदेखि बन्धक नेपाली नागरिक विपीन जोशीको यथाशीघ्र रिहाइका लागि मागसमेत बैठकले गरेको छ। जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको ठानिएको छ। बैठकले ‘वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन’लाई विभिन्न सुझावसहित पारित गरेको थियो। त्यस्तै पार्टीको नियमावली, विनियम, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए।  

बैठकले ताप्लेजुङको मुक्कुमलुङमा केवलकार बनाउने विषयलाई लिएर भइरहेको आन्दोलनमाथि सरकारले दमन गरेको पनि जनाएको छ। जनसरोकारका मुद्दालाई वार्ता तथा संवादबाट समाधान गर्नुको सट्टा आन्दोलनकारीमाथि दमन गर्ने सरकारी नीतिले समाधान नदिने बताएको छ। वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न बैठकले सरकारसँग माग गरेको छ। दुध र उखुको बक्यौता लामो समयसम्म पनि उपलब्ध नगराइएकाले किसानहरू आफ्नो पेसाबाटै पलायन हुन थालेका समाचारहरू आइरहेको अवस्था जोकसैका लागि लज्जाको विषय भएको उक्त पार्टीको भनाइ छ। यस्तो विषयमा सरकार बेखबर रहनु दुःखद रहेको पनि नेकपा एसले जनाएको छ। ‘सबै किसानको दूध र उखुको भुक्तानी तत्कालै गर्न यो बैठक सरकारसँग माग गर्छ,’ नेकपा एसले उल्लेख गरेको छ।

जाजरकोटलगायत पश्चिम नेपालमा गएको भूकम्पको दुई वर्षसम्म पनि पुनर्निर्माणको काम सुरु नभएको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै नेकपा एसले भूकम्पपीडित जनताको आवाज सुन्न र यथाशीघ्र पुनर्निर्माणको काम अगाडि बढाउन सरकारसँग माग गरेको छ। उक्त पार्टीले असोज १०–१२ को भारी वर्षाले देशैभर पुर्‍याएको क्षतिको अविलम्ब पुनर्निर्माण गरी बिपी राजमार्गलगायत यातायात अविलम्ब सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको छ। त्यसैगरी संसद्मा दवाफार छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामती सेवासम्बन्धी विधेयकबारे सम्बन्धित सबै सरोकारवाला र विज्ञहरूसँग समेत व्यापक छलफल गरी यथाशीघ्र उपयुक्त निष्कर्षमा पुग्न र ऐन निर्माण प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई पनि उक्त पार्टीले आग्रह गरेको छ। कञ्चनपुर जिल्लालगायत देशका विभिन्न स्थानमा भारतीय पक्षबाट भएका सीमा हस्तक्षेप, अतिक्रमण र सिमाना नदीका धार परिवर्तनजस्ता कार्यप्रति गहिरो चासो व्यक्त गर्दै बैठकले सख्त विरोध गर्दै यस्ता समस्याको समाधान गर्न सरकारले शीघ्रातिशीघ्र कूटनीतिक पहलकदमी लिनुपर्ने नेकपा एसले जनाएको छ। पार्टीले राहदानी समयमा वितरण नभएको बारेमा पनि चासो राखेको छ।

‘नेपालीहरूले विदेशमा रहँदा राहदानीको म्याद समाप्त भएपछि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासबाट राहदानी लिने प्रक्रियामा धेरै सकस भोग्नुपरेको छ। राहदानीको अभावका नाममा नेपालीहरूले खासगरी कामदार नेपालीहरूले जेजस्तो सास्ती र झन्झट बेहोर्नुपरेको छ,’ नेकपा एसले भनेको छ, ‘यस समस्याको तत्काल समाधान गर्दै सम्बन्धित दूतावासबाट तुरुन्त राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन यो बैठक सरकारसँग जोडदार माग गर्छ।’ साथै विदेशबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) पठाउँदा नेपाली बैंकहरूले चर्को शुल्क लिने हुँदा रेमिट्यान्स अवैध बाटोमा लागेको र नेपालीहरूले कठिन श्रम गरी आम्दानी गरेको रकम उनीहरूले नै प्रयोग गर्न नपाई बैंकहरूलाई मात्र फाइदा पुगेको हुँदा यो बैठक रेमिट्यान्सको शुल्क घटाउने व्यवस्था गर्न र वैधानिक माध्यमबाट नेपालमा पैसा पठाउनेहरूलाई प्रोत्साहन गर्ने सुविधाहरू प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ।

त्यसैगरी नेपाली नेकपा एसले प्रतिगामी तथा पुनरुत्थानवादी षड्यन्त्रलाई परास्त गर्न पनि आग्रह गरेको छ। ‘जनताले आफूमा निहित सार्वभौमसत्ता तथा स्वशासनको अभ्यास गर्ने सन्दर्भमा दशकौं लामो संघर्ष र ठुलो बलिदानबाट स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समुन्नत समाजवादी भविष्य निर्माणमा योगदान गर्नु हामी सबै नेपालीको आजको अभिभारा हो,’ नेकपा एसले भनेको छ, ‘यस राष्ट्रिय अभिभाराको प्रतिकूल हुने कुनै पनि अभिव्यक्ति तथा प्रयत्न नेपाली जनतालाई सह्य छैन। यो बैठक कुनै पनि प्रतिगामी तथा पुनरुत्थानवादी षड्यन्त्रलाई असफल पार्न नेपाली जनता सक्षम छन् भन्ने तथ्यलाई दोहोर्‍याउन चाहन्छ।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
८ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस