ख्वप विश्वविद्यालय आवश्यक छैन भन्ने बुद्धिजीवीहरू प्रजातन्त्र विरोधी : बिजुक्छें
०९ फागुन २०८१
•
३ मिनेट पाठ
ख्वप विश्वविद्यालय आवश्यक छैन भन्ने बुद्धिजीवीहरू प्रजातन्त्र विरोधी : बिजुक्छें
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता भएको बताएका छन्।




भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको रजत जयन्ती, ख्वप कलेजको २३ औं, शारदा क्याम्पस माविको १७ औं र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रमको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको आरोप लगाए। अध्यक्ष बिजुक्छेंले ख्वप विश्वविद्यालय आवश्यक छैन, स्वीकृति दिनुहुन्न भन्ने शासक र बुद्धिजीवीहरू प्रजातन्त्र विरोधी भएको बताए।

ख्वप विश्वविद्यालय सञ्चालनले गरिब जनताका छोराछोरीहरूले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्राप्त गर्ने उनको भनाइ थियो। भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी हुन प्रेरित गर्नुपर्ने बताउँदै सत्य र सही कुरामा अडान लिने नयाँ तयार गर्नु आजको आवश्यकता भएको बताए।

फरक प्रसंगमा विजुक्छेंले सिंहदरबारमा देशभरका बाँदरहरू आएर शासन गरिराखेको बताए। त्यही कारण देशले यो दुर्गति भोग्नुपरेको उनको भनाइ थियो।

ख्वप मा.वि., ख्वप कलेज, ख्वप कलेज अफ ल सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु देशकै नमुना शैक्षिक संस्थाहरुको रुपमा विकास भइरहेको बताए। बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले विद्यार्थीलाई पाठ्यपुस्तक मात्र पढाउने भन्दा पनि उनीहरुमा भएका अन्तरनिर्हित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रफुटन गर्न सहयोग गर्ने दायित्व शिक्षकहरुको भएको बताए।

कार्यक्रममा ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल सञ्चालक समितिका उपाध्यक्ष एवं भनपा उपप्रमुख रजनी जोशीले शिक्षालाई उत्पादन श्रमसँग मिलाई दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप कलेज अफ लसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताइन्।

विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक धनकृष्ण प्रजापतिले देशको उच्च शिक्षा विकासको लागि उच्च शिक्षा विकासको लागि विभिन्न क्षेत्रबाट प्राप्त अनुदानको रकम समुचित तवरले वितरण गर्न र विश्वविद्यालयको शैक्षिक गुणस्तर निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगको स्थापना भएको बताए।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित विद्यालय र कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। वार्षिकोत्सवकै अवसरमा अध्यक्ष बिजुक्छेंले कलेजद्वारा प्रकाशित 'ख्वप जर्नल' पुस्तक सार्वजनिकीकरण गरेका थिए।

वार्षिकोत्सवको अवसर पारेर ख्वप मावि र ख्वप कलेजमा दस वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई कदर पत्र, २५ वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीहरूलाई दीर्घ सेवा पदक र विद्यावारिधी गरेका शिक्षकहरूलाई सम्मान गरिएको थियो। वार्षिकोत्सवको अवसरमा हाट बजार, खेलकुद प्रतियोगिता र सांस्कृतिक प्रतियोगिता समेत गरेको थियो।
अर्को समाचार
८५ वर्षीय विजुक्छें आठौँ महाधिवेशनसम्म निरन्तर पार्टी अध्यक्षमा सर्वसम्मत
२० फागुन २०८१
•
१ मिनेट पाठ
८५ वर्षीय विजुक्छें आठौँ महाधिवेशनसम्म निरन्तर पार्टी अध्यक्षमा सर्वसम्मत
नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।




पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।

विजुक्छें ८५ वर्षका भए । २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका हुन् ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस