पृथ्वी राजमार्ग: पूर्वी खण्डको प्रगति ७७ प्रतिशत
०८ फागुन २०८१
•
१ मिनेट पाठ
पृथ्वी राजमार्ग: पूर्वी खण्डको प्रगति ७७ प्रतिशत
फाइल तस्बिर।
मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ।




पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्रे गरिएको हो। त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्रे गरिएको हो।

आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्रे भएको छ। सोमा १५ दशमलव छ चारलेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

पहिलो चरणमा छ सेन्टिमिटर मोटाइको सडक कालोपत्रे गरिएको थियो। दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्रे हुनेछ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’ को कालोपत्रे कार्य अघि बढाउनाका साथै कालोपत्रे नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए।

“दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्रे भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रेको कार्य अघि बढाइएको छ”, उनले भने, “जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ।”

पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो।

विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो। हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ।

एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो।
अर्को समाचार
पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद सकियो, काम आधा मात्रै
११ वैशाख २०८१
•
५ मिनेट पाठ
पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद सकियो, काम आधा मात्रै
बिस्तार भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डमा गुडिरहेका सवारी। तस्बिर: सन्तोष पोखरेल/नागरिक
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमी) सडक अहिले बिस्तार भइरहेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भइरहेको हाे।




निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो।

पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णु पाण्डेका अनुसार पूर्वी खण्डको २०२४ अप्रिल १४ मा म्याद सकिएको छ।

‘ठेकेदारले पाएको तीन वर्षे म्याद सकिएको छ। अब ६ महिना थप्नका लागि प्रक्रिया अघि बढिसकेको छ,’ पाण्डेले भने, ‘६ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ।’

कोरोना भाइरस सङ्क्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए।

पहिलो पटकका लागि समय थप हुन थालेको उनले बताए। ‘अब थपिएको समयमा काम सक्नुपर्ने हुन्छ। त्यो दबाबमा निर्माणको जिम्मा पाएको कम्पनी रहेको छ,’ उनले भने।

उनका अनुसार अहिलेसम्म जिम्मा पाएको सडकमध्ये १८ किलोमिटर चारलेन (दुई तर्फी) र ९ किलोमिटर दुई लेन (एकतर्फी) सडक कालोपत्रे भइसकेको छ। एकतर्फी तर दुई लेनको सडकमा पनि दोहोरो सवारी चल्ने उनले बताए।

अहिलेसम्मको अवस्थामा पूर्वी खण्डमा २७ किलोमिटरमा कालोपत्रे भएर सडक संचालनमा रहेको उनले बताए। ‘दुई तर्फ कालोपत्रे भएको ठाउँमा त आफ्नो लेन अनुसार सवारी गुड्छन्। एकतर्फी तर दुई लेन सडकमा पनि दोहोरो गाडी गुड्न सक्छन्,’ उनले भने। 

उनका अनुसार सबैभन्दा बढी तनहुँ सदरमुकाम दमौली आसपासको क्षेत्रमा सडक कालोपत्रे हुन बाँकी छ। त्यसपछि डुम्रे क्षेत्रमा बाँकी उनले बताए। ‘जनतालाई यात्रामा सहज हुनेरि कालोपत्रेको खण्ड बढाउने प्रयास छ। बाँकी नाला, ढल, लगायतको व्यवस्थापन पनि भइरहेको छ,’ उनले भने।

‘ठेकेदारले पाएको तीन वर्षे म्याद सकिएको छ। अब ६ महिना थप्नका लागि प्रक्रिया अघि बढिसकेको छ,’ पाण्डेले भने, ‘६ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ।’ कोरोना भाइरस सङ्क्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए।

पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) का इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेलका अनुसार एकतर्फी (दुई लेन) को करिब ९ किलोमिटर खण्ड मात्र कालोपत्रे भएको छ। दुई लेन फराकिलो भएकोले एकतर्फी सडक भएपनि दोहोरो सवारी गुडाउन सकिने उनले बताए। ‘अहिलेसम्म एकतर्फी ९ किलोमिटरमा कालोपत्रे भएको छ। कालोपत्रेको दूरी बढाउने प्रयत्न भइरहेको छ,’ उनले भने।

उनका अनुसार २०२४ अगष्टसम्म ठेकेदारको नियमित समय बाँकी छ। त्यो भनेको अझै चार महिना समय बाँकी छ। तर, चार महिनामा बाँकी रहेको ८० प्रतिशत काम नसकिने भएपछि ठेकेदार कम्पनीले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ।

‘अहिले बाँकी रहेको नियमित चार महिना र म्याद थपिने १६ गरि २० महिना बाँकी हुनेछ। त्यही अनुसार ठेकेदार कम्पनीले निवेदन दिइसकेको छ,’ उनले भने, ‘१६ महिना म्याद थपिएको अवस्थामा ठेकेदारसँग २० महिना समय बाँकी रहनेछ।’ काम सकिन समय लाग्ने भएपछि अहिले कास्कीको लेखनाथ खण्ड समेत नभत्काएको उनले बताए।

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। तर पूर्वी खण्डको अधिकांश काम सकिएकोले यात्रा केही सहज भएको पनि सर्वसाधारणले बताउने गरेका छन्।

राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ। प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकि यो खण्डमा विद्युत् पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो।

१३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ। आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो।

त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेती नदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।

प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइर पनि यसैमा बनाइने आयोजनाले बताएका छन्। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।

आयोजनाका अनुसार आँबुखैरेनी–जामुने खण्डमा चारवटा ठुला र १४ वटा साना पुल निर्माण हुनेछन्। यही बजेटभित्र रहेर पुलको आकार पनि बिस्तार हुनेछ। ती पुल पनि सडकको आकार जत्तिकै फराकिला हुनेछन्।

पश्चिम खण्डमा पनि चारवटा ठुला र आठ वटा अरु साना पुल पर्नेछन्। विजयपुर, कोत्रे, कुम्ले र म्याग्देका पुल ठुला आकारका छन्। अरु साना पुल छन्। पोखरा–आँबुखैरेनी खण्डमा पर्ने ठुला आकारका दुई वटा पुल छन्। पोखरामा सेती नदीमाथि र दमौलीमा मादीनदी माथिको पुल ठुला आकारका पुल हुन्। यी पुल भने यो आयोजनाभित्र पर्दैनन्। त्यसैले सडक बिस्तारसँगै ती पुलका लागि अतिरिक्त रकम खर्च हुँदैछ।

अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जीर्ण भएको थियो। राजमार्गका ठाउँ ठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस