सांसदलाई नासुको ‘आँसु सन्देश’
०८ फागुन २०८१
•
३ मिनेट पाठ
सांसदलाई नासुको ‘आँसु सन्देश’
फाइल तस्वीर
संसद्को राज्य व्यवस्था समितिको छलफलमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदामा व्यवस्था गरिएको बढुवा प्रणालीमा आफूहरूमाथि गम्भीर अन्याय भएको भन्दै राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा)हरूले मंगलबार साँझदेखि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा लगायत समितिका सदस्यहरूलाई मोबाइलबाट सन्देश पठाई आफ्नो आँसु पुछ्न आग्रह गरेका छन्।




अहिले देशभरि तीन तहको सरकारमा करिब ३२ हजार नासु कार्यरत छन् भने संघीय सरकारको मातहतमा मात्र करिब १५ हजार नासु छन्। केन्द्र सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन प्रदेश सरकार र स्थानीय सरकारले बनाउने प्रशासन (कर्मचारी) कानुन मार्गदर्शक हुने व्यवस्था संविधानमै गरिएको छ। त्यसैले केन्द्रले बनाउन लागेको कानुनमा प्रदेश सरकार र स्थानीय सरकारका नासुहरूको पनि चासो रहेको छ।

नासुहरूले यसअघि पनि सांसदहरूलाई एसएमएस पठाई आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए। तैपनि नासुहरूको मागलाई सम्बोधन नगरी मस्यौदा बनाइएको भन्दै अब पनि नासुको माग सम्बोधन नगरे देशभरि कलम बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन्। राज्य व्यवस्था समितिका सदस्यहरूलाई पठाएको एसएमएसमा सहसचिव र उपसचिव पदमा खुलातर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित (नासु) कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न माग राखिएको छ।

यसैगरी एसएमएसमा राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न तथा हाललाई पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक श्रेणी बढुवाको व्यवस्था गर्न माग राखिएको छ।

यसैगरी राप तृतीय श्रेणी (अधिकृत)को प्रवेश बिन्दु छैटौं तहलाई कायम गर्न, तिनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न, तिनै तहमा पूर्वानुमान योग्य र स्वचालित सरुवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्तर प्रदेश सरुवाको व्यवस्था माग गरिएको छ।

साथै क्षतिपूर्तिसहितको नागरिक सेवा र कर्मचारीलाई मर्यादित जीवनयापनका लागि आवश्यक सेवा, सुविधाको सुनिश्चितता गर्न एमएमएसमार्फत माग राखिएको छ।

‘हाम्रो मागको सुनुवाइ नगरी संघीय निजामती सेवा ऐन जारी भयो भने माइतीघर मण्डलामा विरोध प्रदर्शन मात्र गर्दैनौं, देशभर कलम ठप्प नै गर्नेछौं,’ नासु आन्दोलनको अगुवाइ गरेका तथा नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिवसमेत रहेका इन्दु शर्मा पौडेलले भने।

यसैगरी आन्दोलनको अगुवाइ गरिरहेका अर्का सुब्बा गणेश भण्डारीले नासुहरूले राखेका माग सम्बोधन नभए सिंहदरबारभित्रैबाट आन्दोलन र विद्रोह गर्ने चेतावनी दिएका छन्।  

माग सम्बोधनका लागि दबाब दिन नासुहरूले बुधबार बिहान राज्य व्यवस्था समितिका सभपाति रामहरि खतिवडा तथा मंगलबार राज्य व्यवस्था समितिका सदस्य दिलेन्द्र बडूसँग समेत छलफल गरेका थिए।

विधेयकको दफा १० को उपदफा १ मा संघीय निजामती सेवाको पदपूर्तीमा विशेषगरी राजपत्र अनंकित प्रथम श्रेणी (सुब्बा)बाट राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा बढुवाका लागि १८÷१९ वर्षसम्म एउटै पदमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै यसको निराकरणका लागि बढुवा प्रतिशतमा पुर्नविचार गर्न तथा वृत्तिविकासबारे व्यापक छलफल गर्न उनीहरूले खतिवडासँग माग राखेका थिए।

यसैगरी मस्यौदामा प्रस्तावित अन्य दफामा थप छलफलका लागि उपसमिति बनाउनुपरेमा सम्बन्धित पक्षसँग थप छलफल गरेर मात्र यस्तो समिति बनाउन उनीहरूले खतिवडाको ध्यानकर्षण गराएका थिए।

उपमहासचिव शर्माका अनुसार खतिवडासँगको छलफलमा १४/१५ वर्षसम्म काम गरेको कर्मचारी र ५/६ वर्ष कार्यानुभव भएका कर्मचारीलाई एउटै डालोमा राखिएको विषयमा पुनर्विचार गर्न खतिवडा सकरात्मक भएका छन्। शर्माका अनुसार योग्यता भएमा सुब्बाहरूले पनि खुला प्रतियोगितामा उपसचिव र सहसचिव तहका लागि परीक्षा दिन पाउने विषयमा सहमतिजस्तै भएको खतिवडाले बताएका छन्। स्थानीय तहको अन्तरप्रदेश सरुवाको विषयमा खतिवडा सकारात्मक भएको पनि शर्माले दाबी गरे।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस