कांग्रेसमा 'संस्थापन समीकरण' बनाएर एक जनाको नाम छान्ने प्रयास !
०७ फागुन २०८१
•
३ मिनेट पाठ
कांग्रेसमा 'संस्थापन समीकरण' बनाएर एक जनाको नाम छान्ने प्रयास !
सभापति शेरबहादुर देउवा बाहेकका नेपाली कांग्रेसका नेताहरूलाई १५औं महाधिवेशन लागिसकेको छ। विधानत: अबको १० महिनाभित्र भइसक्नुपर्ने १५औं महाधिवेशनका लागि डा. शेखर कोइराला, गगन थापाहरू आफ्नै तरिकाले तीव्र तयारीमा जुटिसकेका छन्। 




यस बाहेक सभापतिका आकाङ्क्षी अन्य नेताहरूलाई पनि महाधिवेशन लाग्न थालेको छ। यसमा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि-प्रकाशमान सिंह र पूर्वमहामन्त्रीद्वय शशांक कोइराला-कृष्णप्रसाद सिटौला छन्। 

यसमा पनि विमलेन्द्र, प्रकाशमान र शशांकले यसअघि नै दुईपटक 'लञ्च मिटिङ'का नाममा महाधिवेशनकेन्द्रित छलफल गरिसकेका छन्। त्यसमा कृष्णप्रसाद भने छुटेका थिए। तर, अब भने त्यस्ता लञ्च मिटिङहरूमा उनलाई पनि मिसाउने तयारी रहेको नेताहरूले बताएका छन्।

१५औं महाधिवेशनमा विधानत: देउवाले सभापतिको उम्मेदवार बन्न नपाउने भएपछि मुख्यत: यिनै ६ नेताहरूको दाबी रहने निश्चित छ। त्यस बाहेक गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलगायतका नेताहरू पनि छन्। तर, उनीहरू यी नेताहरूको लाइनमा छैनन्। 

यो पनि पढ्नुहोस्

देउवालाई उत्तराधिकारी तोकिहाल्न दबाब

हुन त गोपालमान कांग्रेसको कार्यवाहक सभापतिसमेत भइसकेका नेता हुन्। तर, उनले त्यति 'स्ट्रोङ' दाबी गरेका छैनन् र उनले स्वत: आफूले पाउनुपर्ने बताउने गरेका छन्। जुन, सम्भव देखिँदैन। किन पनि भने कांग्रेसमा बलियो प्रतिस्पर्धा नै हुने गर्छ। विजयकुमार पनि पूर्वउपसभापति त हुन्। तर, उनी सभापतिको लाइनमा देखिएकै छैनन्।

यसो हुँदा १५औं महाधिवेशनमा शेखर, गगन, विमलेन्द्र, प्रकाशमान, शशांक र कृष्णप्रसादका बीचमा नै मुख्य प्रतिस्पर्धा देखिने कुरामा दुईमत रहेन। यसमा पनि शेखर र गगन 'ब्याक'नहुने गरी अगाडि बढेका देखिन्छन्।

त्यस बाहेक विमलेन्द्र, प्रकाशमान, शशांक र कृष्णप्रसादका बीचमा भने 'संस्थापन समीकरण' बनाउने र त्यहाँबाट एकजना मात्रै सभापतिको उम्मेदवार छान्ने 'भद्र सहमति' हुने नेताहरू बताउँछन्। यसबारे विमलेन्द्रले भनेका छन्, 'अब कृष्णप्रसाद सिटौलालाई पनि बैठकहरूमा सहभागी गराउने र चारमध्ये एक जनालाई मात्रै अगाडि बढाउने सहमति गर्ने काम हुन्छ।'

शेरबहादुर देउवा।
त्यस समीकरणमा अन्य नेताहरूलाई पनि सहभागी गराउँदै जाने नीति नेताहरूले लिएका छन्। गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलगायतका पूर्वपदाधिकारीहरू समेट्ने र सबैको सहमतिमै यी चार जनामध्ये एक जनाको नाम छान्ने नेताहरूले बताएका छन्।

यो पनि पढ्नुहोस्

निधि, सिंह र कोइरालाको दोस्रो 'ट्रायलग' : तीनमध्ये एकको नाम छान्न कसरत!

कृष्णप्रसाद पनि १४औं महाधिवेशनमा देउवालाई समर्थन गरेका नेताहरू एक ठाउँ उभिनुपर्ने पक्षमा छन्। नागरिकसँग उनले भने, 'मेरो आफ्नो कुराचाहिँ के भने १४औं महाधिवेशनमा हामी जो-जो शेरबहादुरजीको पक्षमा उभियौँ, ती सबै साथीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हो। तर, अगाडि कसलाई बढाउने भन्ने कुराचाहिँ अलिक छिटो भयो। म यसबारे अहिल्यै केही बोल्दिनँ। व्यापक रूपमा छलफल हुनुपर्ने भन्नेमै छु त।'

उसो त यो समूहबाट छनोट हुने सभपातिको उम्मेदवारलाई संस्थापन (शेरबहादुर देउवा) ले समर्थन गर्ने जनाउ दिइसकेको बताइन्छ। एक नेताले नागरिकसँग भने, 'सभापतिले सल्लाह गरेर पार्टी ह्यान्डिल गर्न सक्ने मान्छे छान्नु, मेरो समर्थन हुन्छ भन्नुभएको छ। हामी त्यसकै अभ्यासमा छौँ।'

त्यसो त देउवाले कसलाई समर्थन गर्लान् ? उनले यसबारे बोलिसकेका छैनन्। यद्यपि, नेताहरूले यसबारे बोल्न दबाब भने दिएका छन्। यसअघि गत गत फागुन २ गते यिनै चार नेताहरूको साथमा अन्य ६ नेता उनकै निवास बूढानीलकण्ठ पुगेर शेखर र गगनको सक्रियतालाई देखाउँदै  'तपाईंको धारणा के हो ?' भनेर सोधेका थिए। त्यही बेला देउवाले 'सल्लाह गरेर एक जनाको नाम लिएर आउनु' भनेर भनेको बताइन्छ।

यो समीकरणबाट छनोट हुने नेताले सभापतिका लागि देउवाबाट समर्थन मिल्ने ती नेताको दाबी छ। 'सभापतिका आकाङ्क्षी नेताहरूका बीचमा व्यापक छलफल गरेर एक जनाको नाम लिएर सभापतिकहाँ गएपछि त्यसले स्वत: समर्थन पाउँछ,' ती नेताले भने।

यसअघि सुरुमा शेखर र त्यसपछि गगन संस्थापन बन्ने प्रयासमा थिए। तर, देउवाले खास 'भाउ' नदिएपछि उनीहरू आ-आफ्नो ढङ्गले सभापतिको तयारीमा लागेका छन्। तर, गगनको दाउ भने अझै संस्थापन बन्ने नै रहेको उनी निकट नेताहरूले बताउँदै आएका छन्।

यो पनि पढ्नुहोस्

विन्दास देउवा!
अर्को समाचार
राष्ट्रिय सभामा सरकारले गुमायो बहुमत
३२ असार २०८२
•
२ मिनेट पाठ
राष्ट्रिय सभामा सरकारले गुमायो बहुमत
राष्ट्रिय सभामा सरकारले बहुमत गुमाएको छ। तीन सिट भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै सरकारले बहुमत गुमाएको हो। प्रतिनिधि सभामा झन्डै दुईतिहाइको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ।




५९ सदस्यीय राष्ट्रिय सभामा अब सरकारसँग २८ सिट (सांसद) मात्रै छ। राष्ट्रिय सभामा सरकारमा सामेल दलहरूमध्ये नेपाली कांग्रेससँग १६, नेकपा (एमाले) सँग ११ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ। यसरी हेर्दा सरकारको पक्षमा २८ सिट मात्रै पुग्छ।

यदि जसपा नेपालले समर्थन फिर्ता नलिएको हुन्थ्यो भने सरकारसँग ३१ सिट पुग्थ्यो। त्यो भनेको ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत हो तर, जसपा नेपालले समर्थन नै फिर्ता लिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको हो।

यता विपक्षमा भने बहुमत पुगेको छ। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) सँग १७, नेकपा (एकीकृत समाजवादी)सँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि एकीकृत समाजवादी प्रवेश गर्दैछन्। उनको सङ्ख्या एकीकृत समाजवादीमा जोडिँदैछ। राष्ट्रपतिबाट मनोनीत सदस्यको तर्फबाट सरकारको पक्षमा एकभन्दा बढी सङ्ख्या बढ्न सक्ने अवस्था छैन। यसै भए पनि सरकारसँग २९ पुग्छ, त्यो पनि बहुमत होइन।

राष्ट्रिय सभाकै सङ्ख्या-सकसका कारण सरकार पूर्वसमझदारीमा पनि पुग्न सकेको छैन। गत वर्षको असार १७ गते सरकार बनाउने समझदारी गर्दा कांग्रेस-एमालेले संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाएका थिए तर, राष्ट्रिय सभामा बहुमत पुर्‍याउन सकस भएकै कारण त्यो अजेन्डा समझदारीमा सीमित बन्न पुगेको छ। जसपा नेपालले पनि हात झिक्दा सरकार झन् कमजोर बनेको छ।

राष्ट्रिय सभाको सङ्ख्या-सकसको कथा सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संविधान संशोधनको भाखा २०८७ साल पुर्‍याएका छन्। जसको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले भने विरोध गर्दै यही संसदीय कार्यकालभित्र त्यो काम हुनुपर्ने बताउँदै आएको छ। तर, अहिलेसम्म प्रारम्भिक कामसमेत सुरु हुन सकेको छैन। यही पृष्ठभूमिमा जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

यो पनि पढ्नुहोस्

जसपा नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस