कार्यपालिकाकै नियन्त्रणमा ‘कठपुतली’ मिडिया काउन्सिल
२९ माघ २०८१
•
५ मिनेट पाठ
कार्यपालिकाकै नियन्त्रणमा ‘कठपुतली’ मिडिया काउन्सिल
अन्ततः मिडिया काउन्सिल पत्रकारिताको विकासका लागि स्वायत्त निकायभन्दा पनि कार्यपालिकाकै नियन्त्रणमा रहने गरी ‘कठपुतली’ संंस्था बन्ने गरी विधेयक पारित भएको छ। राष्ट्रियसभाले मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक सोमबार सर्वसम्मतिले पारित गरेपछि अहिलेसम्म प्रेस काउन्सिलले अभ्यास गरेको जति अधिकारसमेत नपाइने भएको छ।




राष्ट्रियसभाको विधान व्यवस्थापन समितिले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको हो। सरकारले २०८१ वैशाख ६ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो। विधायन समितिले विभिन्न सरोकारवालासँग छलफल गरे पनि उनीहरूको सुझावलाई सम्बोधन नगरीकनै सरकारको नियन्त्रणमा काउन्सिल हुने गरी विधेयक प्रतिवेदन समितिले पारित गरी राष्ट्रियसभामा पेस गरेको थियो। काउन्सिल अध्यक्ष र सदस्यको नियुक्ति सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा सञ्चार हेर्ने संसदीय समितिका सभापतिको संयोजकत्वमा रहेको सिफारिस समितिले सिफारिस गर्नुपर्ने माग भए पनि विधेयकमा त्यसलाई सम्बोधन गरिएको छैन। राष्ट्रियसभाबाट पारित विधेयकमा सिफारिस समितिको व्यवस्था नै हटाई सिधै सरकारले नियुक्त गर्ने व्यवस्था छ। 

सरकारले संसद्मा विधेयक ल्याउँदा दफा ६ को उपदफा २ मा काउन्सिल अध्यक्ष र सदस्यको नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल सरकारले तोकेको विज्ञ सदस्य एक जना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने भनी विधेयक दर्ता गरिएको थियो। तर त्यसको विरोध भएपछि सरकारले त्यो सिफारिस समिति हटाउन सहमत भयो र समितिले हटायो। यति हुँदाहुँदै  अधिकार संसद्लाई नदिई सरकार आफैंले राखेको विधायन व्यवस्थापन समितिका एक सदस्यले बताए। सांसदहरूले सभामुख वा राष्ट्रियसभा अध्यक्षमध्ये एकको संयोजकत्वको समितिले नियुक्तिको सिफारिस गर्न संशोधन पनि 
राखेका थिए।

अर्कातर्फ मिडिया काउन्सिल विधेयक मस्यौदा तयार पार्न सरकारले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष (हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त) सुरेश आचार्यको संयोजकत्वमा समिति बनाएको थियो। सोे समितिले विधेयक मस्यौदामा मिडिया काउन्सिल सरकारमातहत नभई संसद्‌मातहत हुनुपर्ने सिफारिस गरेको थियो। राष्ट्रियसभाका अध्यक्ष, सञ्चारमन्त्री र प्रतिनिधिसभाको सञ्चार हेर्ने समितिको सभापति रहेको समितिले काउन्सिलका पदाधिकारी सिफारिस गर्ने व्यवस्था मस्यौदामा थियो । तर सरकारले विधेयक ल्याउँदा उक्त सुझावलाई इन्कार गर्दै सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति राखेर विधेयक ल्यायो ।

राष्ट्रियसभाको विधायन समितिमा विधेयक पुगेपछि मिडियासम्बन्धी विज्ञ तथा सरोकारवालासँग छलफल पनि गरिएको थियो। सरोकारवालाले सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा भन्दा सभामुख वा राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राख्दा काउन्सिल वास्तविक रूपमा स्वायत्त निकाय हुने सुझाव दिएका थिए। मिडिया काउन्सिल विधेयकले आम सञ्चारमाध्यम भन्नाले नयाँ मिडियालाई समेट्नुपर्ने माग पनि प्रेस काउन्सिलले गरेको थियो। काउन्सिलले कार्यविधि बनाएर नयाँ मिडियालाई नियमन गरिरहेको छ। कार्यविधिलाई विधेयकमा समेट्नुपर्ने माग राखिए पनि सम्बोधन नगरिएको प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए।

राष्ट्रियसभाबाट पारित विधेयकमा ‘आम सञ्चारमाध्यम भन्नाले सूचना तथा सन्देश सम्प्रेषण गर्ने उद्देश्यले स्थापना भई त्यस्तो सूचना वा सन्देश उत्पादन, प्रकाशन तथा प्रसारण गर्ने सरकारी, सामुदायिक वा निजी क्षेत्रबाट सञ्चालित विद्युतीय वा मुद्रणका सञ्चारमाध्यम सम्झनुपर्छ’ भनिएको छ। तर प्रेस काउन्सिलले कार्यविधि बनाएर आम सञ्चारमाध्यम भन्नाले नेपालमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, समाचार एजेन्सी, विभिन्न चलचित्र, वृत्तचित्र तथा इन्टरनेट माध्यमबाट समाचार सूचना तथा विचारमूलक कार्यक्रम उत्पादन, वितरण र सम्प्रेषण गर्ने संस्था र सेवा सम्झनुपर्छ भन्ने उल्लेख गरेको छ। 

काउन्सिल गठन गर्दा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुनेछ भने नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य, मन्त्रालयले तोकेका सहसचिवको अधिकृत सदस्य, छापा पत्रकारिता, अनलाइन पत्रकारिता, रेडियो, टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारकोसमेत प्रतिनिधित्व हुने गरी प्रत्येक प्रदेशबाट एक जनाको दरले कम्तीमा तीन जना महिला रहने गरी सात जना सदस्य रहनेछन्। काउन्सिल गठन गर्दा सञ्चारमाध्यमका पाठक, दर्शक, श्रोताको प्रतिनिधित्व हुने गरी एक जना सदस्य भन्ने ठाउँमा एक महिलासहित तीन जना भन्ने राखिएको छ।

अध्यक्ष नियुक्ति नभएसम्म परिषद्का ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था राखिएको छ भने कार्यवाहक अध्यक्षलाई सञ्चार मन्त्रालयले तोक्ने उल्लेख छ। अध्यक्षको निलम्बन फुकुवा भए स्वतः साबिकको सदस्य पदमा कायम रहनेछन्। पत्रकारउपर काउन्सिलले खेद प्रकट गरी आदेश, निर्देशन र आचारसंहिता पालना नगरेको भनी सार्वजनिक रूपमा सूचना प्रकाशित गर्ने विषयलाई हटाएर पत्रकारको अभिलेख राखी सोको विवरण वार्षिक प्रतिवेदनमा प्रकाशन गर्ने शब्दहरू राष्ट्रियसभाबाट पारित विधेयकमा राखिएका छन्। पारित विधेयकको व्यवस्थाअनुसार सञ्चार संस्था, आम सञ्चारमाध्यम र संलग्न पत्रकारलाई सचेत गराउने, पत्रकार प्रेस प्रतिनिधि परिचयपत्र एक वर्षसम्मका लागि निलम्बन गर्नेलगायत कारबाही काउन्सिलबाट हुनेछ।

काउन्सिलको अध्यक्षका हकमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको वा स्नातक तहको उपाधि हासिल गरेको र पत्रकारिताको क्षेत्रमा १५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ। सदस्यको हकमा सञ्चार, व्यवस्थापन, कानुन, सूचना प्रविधि, साहित्य वा सामाजिक क्षेत्रका १० वर्षको अनुभव हासिल गरेको, अध्यक्षको हकमा ४० वर्ष र सदस्यका हकमा ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने पनि उल्लेख छ। काउन्सिलको अध्यक्ष र सदस्यको पदावधि चार वर्षको हुनेछ। उनीहरू पुनः एक पटकका लागि सोही पदमा नियुक्त हुन सक्नेछन्। 

विधेयकको दफा १६ को १ मा संशोधन गर्दै काउन्सिलले पत्रकारिताको पेसागत मर्यादा कायम राख्न आचार–संहिता बनाई जारी गर्ने भन्ने व्यवस्थामा त्यसलाई परिमार्जन गर्दै नेपाल पत्रकार महासंघको परामर्शमा आचार–संहिता बनाई जारी गर्ने थप गरिएको छ। मिडिया काउन्सिलको सट्टा आम सञ्चार परिषद् भन्ने शब्दावली राख्ने भनिएको छ। पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त निकायका रूपमा मिडिया काउन्सिलले काम गर्न नसक्ने राष्ट्रियसभाका सांसदले बताएका थिए।
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस