अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित नहुने गरी प्रदेश आम सञ्चार सम्बन्धी कानुन बनाउने कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले प्रतिबद्धता जनाएका छन्।
प्रदेशसभामा पेश भएको आमसञ्चार सम्बन्धी विधेयक २०८१ का विषयमा सोमबार संसदीय पत्रकार मञ्च र प्रदेशसभाका सांसदहरूवीचको छलफलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले सञ्चारकर्मीहरूको अधिकार सुनिश्चित हुने गरी आम सञ्चार विधेयक तयार पारिएको बताए।
उनले विधेयकका विषयमा सरोकारवालाहरूसँग थप छलफल गरी सुझाव लिन संसदीय पत्रकार मञ्चलाई आग्रह पनि गरे। यस्तै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रेस जगत निष्पक्ष बनोस् भन्ने आफूहरूले चाहेको बताए। उनले सम्पूर्ण सञ्चार जगतको पक्षमा विधेयक आउने स्पष्ट पारे।
राष्ट्रिय प्रजातन्त्र पार्टी कोशीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कानुनमा आचारसंहिता र दण्ड जरिवानाको व्यवस्था आवश्यक रहेको धारणा राखे।
उनले भने ‘कानुनमा आचारसंहिता पालना गराउने व्यवस्था र दण्ड जरिवानाको व्यवस्था आवश्यक पर्दछ।’ माओवादी केन्द्रका प्रमुख सचेतक गीता तिम्सिनाले पत्रकारको अधिकार कुण्ठित नहुने गरी विधेयक आउने दाबी गरिन्।
कार्यक्रममा पत्रकारहरूले विधेयकमा भएका केही व्यवस्थाहरू दोहोरो अर्थ लाग्ने खालका भएकाले त्यसलाई परिमार्जन गर्न सुझाव दिएका छन्। प्रदेशसभामा दर्ता भएको विधेयकमा प्रदेशस्तरको सूचना प्रविधि तथा विद्युतीय सञ्चार माध्यम सञ्चालन सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न तथा सञ्चार माध्यमहरू सञ्चालनका लागि अनुमति, इजाजत र नवीकरण गरी अभिलेखीकरण, प्रोत्साहन र नियमन गर्ने व्यवस्था गरिएको छ।