चितवनको साहारा बहुउद्देश्य सहकारी सस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा पूरक मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले मगंलबार दिउँसो सहकारी ठगी र संगठित अपराधमा १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ। यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबि राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो। रवि लामिछानेसहित १२ जनालाई सहकारी ठगी र जिबि राईसहित २० जनालाई संगठित अपराधमा मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए।
चितवन जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई संगठित अपराध मुद्दाबाट उन्मुक्ति दिइएको छ। एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई र अर्का संचालक रहेका पूर्व डिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ। प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले भने लामिछाने एक बाहेक अर्को संस्थामा आवद्ध भएको नदेखिएको र सहकारीबाट ऋण निकाल्नमा प्रत्यक्ष संलग्न नदेखिएकाले मुलुकी अपराध संहितामा मात्रै मुद्दा चलाइएको बताए। पूर्व डिआइजी जोशी गोर्खा मिडिया नेटवर्कसंगै नेचर हब्स इन्टरनेशनल प्रा.लि.मा समेत जोडिएकाले उनलाई पनि संगठित अपराधमा मुद्दा चलाइएको सरकारी वकिलले जनाएको छ। राई भने सबै ६ वटै संस्थाका संचालक हुन्।
मंगलबार दर्ता गरिएको ८१–सी १–०५७२ नम्बरको मुद्दामा चितवन क्षेत्र नं.२ को सांसद पदबाट हाल निलम्बनमा रहेका लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तरगत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दावी लिइएको छ। उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ।
यस्तै राई र जोशीलाई भने लामिछानेलाई माग दावी गरेको अनुसार नै मुलुकी अपराध संहिताको सजाय र संगठित अपराध निवारण ऐन अन्तरगत ३ (१), (२) (३ क) र ५ विपरीत कसुर गरेको भन्दै दफा ९ (क) र (ग) बमोजिम सजायको माग दावी गरिएको छ। सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ठगी गरी लगेको बिगो बमोजिम १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँको सामूहिक दायित्वमा रहेका प्रतिवादीहरू रवि लामिछाने, गितेन्द्रबाबु (जिबि) राई, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट सामूहिक दायित्वमा हुने बिगो असुल गर्न माग गरिएको छ।
१८४ पृष्ठको अभियोग पत्रमा १२ जनालाई ठगी र संगठित अपराधमा मुद्दा चलाउन माग गरिएको छ। १२ जना मध्ये जिबि भनिने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आशिष आनन्द, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्रपाणी बास्तोला रहेका छन्। त्यस्तै रविसहित अन्य २० जनालाई ठगी मुद्दा मात्र चलाउन माग गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि रवि चितवनको सहकारी रकम अपचलन मुद्दामा जोडिएका हुन्। यसअघि रविले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए। करिब ३ महिना प्रहरी हिरासतमा बसेका रविलाई पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा छाड्ने आदेश आएको थियो।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ता २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो। सहकारीको बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध गत असोज ८ गते ठगी मुद्दा दायर भएको थियो। प्रतिवादीहरू फरार रहेकाले उक्त मुद्दा अघि बढेको छैन। त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।
पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।
असोज ८ गते सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, विर बहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यी मध्ये कुमार रम्तेल मात्र कारागार चेल चलान भएका छन्।
साहारा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएकोमा ३८ करोड ९ लाख ९९ हजार १७७ रुपैयाँ माग दावीगर्दै बचतकर्ताले उजरी दिएका थिए। बाँकी १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँको पुरक जाहेरी परेको बखत मुद्दा दर्ता गर्नेगरी अभियोजन दर्ता गरिएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। उनका अनुसार ६ वटा कम्पनीतर्फ ४३ करोड ३२ लाख ७ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ।
जसमा साहरा चितवन सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी गु्रप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए।
अदालतमा मुद्दा दायर भएसंगै प्रतिवादी चितवन अदालतमा उपस्थित भएपछि अदालतमा बयान सुरु हुने अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।
यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ। यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबि राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो। रवि लामिछानेसहित १२ जनालाई सहकारी ठगी र जिबि राईसहित २० जनालाई संगठित अपराधमा मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए।
चितवन जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई संगठित अपराध मुद्दाबाट उन्मुक्ति दिइएको छ। एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई र अर्का संचालक रहेका पूर्व डिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ। प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले भने लामिछाने एक बाहेक अर्को संस्थामा आवद्ध भएको नदेखिएको र सहकारीबाट ऋण निकाल्नमा प्रत्यक्ष संलग्न नदेखिएकाले मुलुकी अपराध संहितामा मात्रै मुद्दा चलाइएको बताए। पूर्व डिआइजी जोशी गोर्खा मिडिया नेटवर्कसंगै नेचर हब्स इन्टरनेशनल प्रा.लि.मा समेत जोडिएकाले उनलाई पनि संगठित अपराधमा मुद्दा चलाइएको सरकारी वकिलले जनाएको छ। राई भने सबै ६ वटै संस्थाका संचालक हुन्।
मंगलबार दर्ता गरिएको ८१–सी १–०५७२ नम्बरको मुद्दामा चितवन क्षेत्र नं.२ को सांसद पदबाट हाल निलम्बनमा रहेका लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तरगत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दावी लिइएको छ। उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ।
यस्तै राई र जोशीलाई भने लामिछानेलाई माग दावी गरेको अनुसार नै मुलुकी अपराध संहिताको सजाय र संगठित अपराध निवारण ऐन अन्तरगत ३ (१), (२) (३ क) र ५ विपरीत कसुर गरेको भन्दै दफा ९ (क) र (ग) बमोजिम सजायको माग दावी गरिएको छ। सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ठगी गरी लगेको बिगो बमोजिम १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँको सामूहिक दायित्वमा रहेका प्रतिवादीहरू रवि लामिछाने, गितेन्द्रबाबु (जिबि) राई, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट सामूहिक दायित्वमा हुने बिगो असुल गर्न माग गरिएको छ।
१८४ पृष्ठको अभियोग पत्रमा १२ जनालाई ठगी र संगठित अपराधमा मुद्दा चलाउन माग गरिएको छ। १२ जना मध्ये जिबि भनिने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आशिष आनन्द, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्रपाणी बास्तोला रहेका छन्। त्यस्तै रविसहित अन्य २० जनालाई ठगी मुद्दा मात्र चलाउन माग गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि रवि चितवनको सहकारी रकम अपचलन मुद्दामा जोडिएका हुन्। यसअघि रविले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए। करिब ३ महिना प्रहरी हिरासतमा बसेका रविलाई पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा छाड्ने आदेश आएको थियो।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ता २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो। सहकारीको बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध गत असोज ८ गते ठगी मुद्दा दायर भएको थियो। प्रतिवादीहरू फरार रहेकाले उक्त मुद्दा अघि बढेको छैन। त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।
यो पनि पढ्नुहोस्
रविलाई संगठित अपराधमा मुद्दा नचलाएपछि चितवनका न्यायाधिवक्ताकाे सरुवापूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।