तराई मधेस केन्द्रित आठ दलका नेताहरूले आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको प्रस्ट पारेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बोलाएको आठ दलीय बैठकले आफूहरूको मोर्चा सरकारविरुद्ध नभएको जनाएको हो। ‘यो कसैका विरुद्धमा बनेको मोर्चा होइन। सरकारविरुद्ध पनि होइन। हामी सरकारमै छौँ,’ बैठकमा उनले भनेका थिए।
बैठकमा चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग जोडदारका साथ उठाए। उनका अनुसार अहिले पनि टीकापुर घटनामा ५८ जना व्यक्तिमाथि झुटा मुद्दा लगाइएको छ भने ४० जनालाई फरार सूचीमा राखिएको छ। समान विचार राख्ने दलहरूले संसद् र सरकारमा उठाउने समान मुद्दाबारे छलफल गर्न आफूहरूले आठ दलीय मोर्चा बनाएको उनले प्रस्ट पारे। बैठकपछि कुरा गर्दै मधेस मुक्ति पार्टीका केशव झाले संविधान संशोधन र अध्यादेशमा आफूहरूको समान धारणा बनाउन मोर्चा बनाउन लागेको बताए।
‘अहिले नै हामी सरकारको विरुद्धमा छैनौँ तर हाम्रो कुरा सुनुवाइ भएन भने सरकारविरुद्ध उभिन बाध्य हुनेछौँ,’ उनले भने। गत बिहीबार संविधान संशोधन, संसद्मा प्रस्तुत हुने अध्यादेश प्रतिस्थापन विधेयक, मधेस आन्दोलनलगायत मुद्दामा साझा धारणा बनाउने उद्देश्यले छलफल तथा संवाद गर्न बिहीबार एउटा कार्यदल गठन गरिएको थियो।
कार्यदलमा जसपा नेपालबाट मनीष सुमन, जसपाबाट मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट शरदसिंह यादव, नाउपाबाट गंगालाल चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशील पार्टी (जप्रपा) बाट शिवजी यादव रतराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट ब्रजेश सिंह छन्।