अध्यादेश प्रतिवादमा प्रतिपक्षी
२२ माघ २०८१
•
४ मिनेट पाठ
अध्यादेश प्रतिवादमा प्रतिपक्षी
नियमित प्रक्रिया छली छलफलबिना विवादास्पद विषय राखेर अध्यादेश ल्याएकामा सरकारको नियत दूषित देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल र अन्य प्रतिपक्षी दलहरूले अस्वीकार प्रस्ताव दर्ता गरेका छन्। शुक्रबार बसेको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी ६ अध्यादेश प्रस्तुत भएका थिए। ती अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता गर्न दुई दिनको समय तोकिएको थियो। आइतबारसम्म प्रतिनिधिसभामा ५८ र राष्ट्रियसभामा २० सांसदले ६ वटै अध्यादेशमा अस्वीकारको प्रस्ताव दर्ता गरेका हुन्।




सरकारले जस लिन र आफ्नो स्वार्थ पूरा गर्न ल्याएको भन्दै ती अध्यादेशलाई संसद्ले पारित गर्न नहुने धारणा सूचनाकर्ता सांसदले राखेका छन्। नियमित प्रक्रियाबाटै कानुन निर्माण गर्न सकियो भने संसद्को गरिमा उच्च हुने राय उनीहरूको छ। संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल नगरी ल्याइएका अध्यादेशले सुशासन कायम नहुने उनीहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायत प्रतिनिधिसभामा ५८ जना सांसदले ५० प्रस्ताव र राष्ट्रियसभामा माओवादी केन्द्र, नेकपा एसका २० सांसदले १६ प्रस्ताव दर्ता गरेका हुन्। ती अध्यादेशलाई २४ गते बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा स्वीकारका लागि निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ९५ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ८९ मा अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकार गर्ने सूचना दिनुपर्ने व्यवस्था छ। जसबमोजिम आइतबार साँझ ६ बजेसम्म अध्यादेशमा अस्वीकार गरियोस् भन्ने सूचना दिने अन्तिम दिन थियो। संसद् अधिवेशन नभएको बेला तत्कालै लागु हुने गरी जारी कानुनलाई अध्यादेश भनिन्छ। संसद् अधिवेशन बोलाउने बेलामा अध्यादेश ल्याइएकामा अधिकांश सांसदको नियतमा सदन र सडकबाट शंका व्यक्त भइरहेका छन्। पूर्ण बहुमतको सरकारले प्रतिपक्षको संख्यालाई अपमान गरेकोप्रति पनि उनीहरूको गुनासो छ।

प्रतिपक्षबाट यति धेरै संख्यामा अस्वीकार प्रस्ताव दर्ता गरेकाले ती प्रस्तावलाई सरकारले बेवास्ता गर्न नहुने संसद् सचिवालयका अधिकारी बताउँछन्। तत्कालै लागु हुने कानुनमा संसदमा रहेका दलहरूको पूर्ण समर्थन नहुनु भनेको अध्यादेशको दुरूपयोग हुन सक्ने आशंकाले नै हो भन्ने उनीहरूको बुझाइ छ। हालै जारी अध्यादेशमध्ये सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभामा नौ र राष्ट्रियसभामा चार सांसदले अस्वीकार गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गराएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश २०८१ मा प्रतिनिधिसभामा ६ र राष्ट्रियसभामा चार सांसदले अस्वीकारको सूचना दर्ता गरेका छन्। निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मा प्रतिनिधिसभामा सात र राष्ट्रियसभामा दुई सांसदले अस्वीकार गर्ने प्रस्ताव दर्ता गरेका छन्।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मा प्रतिनिधिसभामा ६ जना र राष्ट्रियसभामा चार सांसदले अस्वीकारको सूचना दर्ता गराएका छन्। सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभाका १५ जना र राष्ट्रियसभाका दुईजनाले अस्वीकारको प्रस्ताव दर्ता गराएका छन्। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८१ मा प्रतिधिसभाका १४ र राष्ट्रियसभाका चार सांसदले अस्वीकारको प्रस्ताव दर्ता गराएका छन्।  

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुअघि अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गर्ने सदस्यले आफ्नो प्रस्तावको व्यहोरा पढी वक्तव्य दिनुपर्ने व्यवस्था छ। सांसद सदस्यले आफ्नो प्रस्ताव फिर्ता नलिए निर्णयार्थ प्रस्तुत हुनेछ। सूचनाको पक्षमा बहुमत पुगेन भने प्रस्ताव अस्वीकार हुनेछ। प्रतिनिधिसभामा अध्यादेशको पक्षमा बहुमत पुग्ने भए पनि राष्ट्रियसभामा भने सजिलै बहुमत पुग्ने देखिँदैन। यसमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र राष्ट्रिय जनमोर्चाले साथ दिनुपर्ने देखिन्छ।  

५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १६, एमालेका १० गरी २६ जना सांसद छन्। बहुमत पुग्न ३० जनाको समर्थन चाहिन्छ। मनोनीत वामदेव गौतम र अन्जान शाक्यले अध्यादेशको पक्षमा मतदान गर्ने देखिन्छ। जसबाट २८ जनाको समर्थन पुग्छ। अब २ जनामा लोसपाका एकजना रहेका र सत्तापक्षमा हुँदा २९ जना पुग्छ। आइतबारै समय सकिए पनि राष्ट्रिय जनमोर्चाले सोमबार प्रतिनिधिसभामा अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्न खोज्यो तर दर्ता हुन सकेन। जसबाट राष्ट्रिय जनमोर्चाले अध्यादेशको विपक्षमा मतदान गर्ने देखिएको छ।  

यसबाट राष्ट्रियसभामा जसपा नेपालका तीन जनामध्ये एक जनाको समर्थन पाए पनि बहुमत पुग्नेछ। जसपाले अध्यादेश स्वीकार गर्ने नगर्नेबारे निर्णय गरिसकेको छैन। जसपाले स्वीकार नगरेमा अध्यादेश निष्क्रिय हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट अध्यादेश बहुमतले स्वीकार भएपछि मात्र अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता गर्नुपर्ने हुन्छ। दुवै सदनको पहिलो बैठक माघ १८ मा बसेकाले पहिलो बैठक बसेको ६० दिनभित्र अर्थात् आगामी २०८२ वैशाख १८ गतेभित्र पारित गरिसक्नुपर्छ। सो समयभित्र पारित नभएमा अध्यादेश निष्क्रिय हुनेछन्। 
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस