‘अब ६ प्रतिशत मतदाता एमाले कार्यकर्ता’
२१ माघ २०८१
•
४ मिनेट पाठ
‘अब ६ प्रतिशत मतदाता एमाले कार्यकर्ता’
सत्तारूढ नेकपा एमालेले तीन महिना वडा तहमा कार्यकर्तालाई प्रशिक्षण गर्ने र जनतासँग पार्टीलाई प्रत्यक्ष रूपमा जोड्ने अभियानअन्तर्गत आगामी निर्वाचनको केन्द्रित कार्यक्रम गरिरहेको हो। एमाले महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय योजनाअनुरूप पार्टीले माघ, फागुन र चैतमा वडाकेन्द्रित अभियान सुरु भएको हो।




यस अभियानअन्तर्गत सदस्यता नवीकरण र विस्तार गरी कार्यकर्ता संख्या कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने उद्देश्य राखिएको छ। २०७९ सालमा सम्पन्न आम निर्वाचनमा कुल मतदाताको एक करोड ८९ लाख ८८ हजार ५७० थियो। जसको ६१ प्रतिशतले मात्र मत खसालेका थिए। कुल मतदाताको संख्यालाई आधार मान्दा पनि साढे ११ लाखको हाराहारीमा संगठित कार्यकर्ता पुर्‍याउने लक्ष्य एमालेको देखिन्छ।

२०७९ सालको आम निर्वाचनमा प्रत्यक्षतर्फ दोस्रो शक्ति बनेपछि एमालेले विभिन्न अभियान चलाउँदै आएको छ। जनतालाई पार्टीसँग प्रत्यक्ष रूपमा जोड्न र नेतृत्वले अवलम्बन गरेको रणनीति तल्ला तहसम्म पुर्‍याउन एमालेले अभियान चलाइरहेको नेताहरूको दाबी छ। तीमध्ये ‘ग्रासरुट अभियान’ र ‘मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियान’ सम्पन्न भइसकेका छन्। मध्यपहाडी लोकमार्ग अभियान सफल भएको एमालेले जनाएको छ। अहिले भने वडा तहमा एमालेले अभियान सञ्चालन गरिरहेको छ। यसलाई ‘जरा अभियान’ पनि भनिएको छ।

महासचिव पोखरेलले केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणाअनुसार वडा र टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तीमा एक तिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने तथा पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने उद्देश्य अभियानको छ।

‘पार्टीसम्बद्ध सबै जनसंगठनको सदस्यता व्यापक रूपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आआफ्नो वर्ग/समुदायको नेताका रूपमा स्थापित गर्ने, सामाजिक सञ्जालमा नियोजित रूपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने। सबै तहका कमिटीहरू र जनप्रतिनिधिहरूले आआफ्नो तहको प्रचार डेस्क स्थापना गरी प्रचारात्मक काम अघि बढाउने,’ अन्य उद्देश्य उल्लेख गर्दै महासचिव पोखरेलले भने।

साथै एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्यअनुरूप अघि बढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पनि आगामी निर्वाचनलाई केन्द्रमा राखेको स्पष्ट हुन्छ। ‘पार्टीको नेतृत्व र सहभागिताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने, जनतासँग प्रत्यक्ष संवाद गर्ने गरी सबैका घरघरमा पुग्ने। स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने, आआफ्नो ठाउँको विकास र समृद्धिको योजना तयार गर्ने । मिसन २०८४ मा पार्टीको एकल बहुमत प्राप्त हुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुुवीकरणको अभियान चलाउने । घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिने,’ थप उद्देश्यबारे उनले भने।

उनले सार्वजनिक गरेको विवरणअनुसार पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि बढाउने, पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको सन्देश प्रवाह गर्ने, अभियानको समाप्तिसँगै अभियानको उपलब्धि र कमीकमजोरीको समीक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कामलाई अघि बढाउने उद्देश्य पनि राखिएका छन्।

पुस २१ मा बसेको पार्टी केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार एमालेले तीन महिने अभियान सञ्चालन गरिरहेको छ। यो अभियान माघ, फागुन र चैतमा गर्ने निर्णय गरिएको थियो। त्यसका लागि एमालेले मंसिर अन्तिम साता कार्यशाला सञ्चालन गरेर तयारी गरेको थियो। संगठन विभागले गरेको कार्यशालामा सबै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेश पदाधिकारी र २३ वटै जनसंगठनका अध्यक्ष र महासचिव गरी ३१५ जना सहभागी थिए।

एमालेको संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार अहिलेको अभियानले पार्टीलाई बलियो बनाउनेछ। माघभरि बैठक बस्ने र कार्यक्रमहरू तयार गर्ने, फागुनमा सदस्यता वितरण नवीकरण गर्ने, युवाहरूको रोस्टर बनाउने, विदेश गएका युवाहरूको तथ्यांक संकलन गर्ने तथा तल्लो तहमा पुग्ने, जनताको घरघरमा पुगेर पार्टीमाथि लागेका आरोपहरूलाई चिर्ने अभियान रहेको पनि संगठन विभागका सचिव ढुंगेलले बताए।

‘हाम्रो पार्टीमाथि सामाजिक सञ्जालमार्फत जुनजुन आरोपहरू लागेका छन्, त्यसलाई चिर्ने र जनतालाई सुसूचित गर्ने र त्यसका लागि पार्टी पंक्ति परिचालित गर्ने मात्र नभएर हामीले जनताको कुरा सुन्न खोजेका छौं। हाम्रो पार्टीप्रति जनताको धारणा बुझ्नेछौं र जनतालाई अहिलेको अवस्था र परिस्थितिबारे बताउँदै सरकारले गरेका कामको पनि जानकारी दिनेछौं,’ सचिव ढुंगलले भने, ‘अहिले सामाजिक सञ्जालमा हामीमाथि नकारात्मकता छर्ने काम भइरहेको छ। त्यस्तो भ्रम चिर्न जरुरी छ। हामीविरुद्ध जनतामा भ्रम पारेको विषयलाई जनतासमक्ष पुगेरै चिर्न सकिन्छ।’

उनका अनुसार यो जरा अभियान वैशाख ९ गते सकिनेछ। पार्टी स्थापना दिवसका दिन यो अभियानको समापन गरेर एमालेले अर्को चरणको कार्यक्रम थालनी गर्ने एमाले नेताहरूले जनाए। यसअघि पनि एमालेले सदस्यता विस्तारअन्तर्गत कुल मतदाता संख्याको ६ प्रतिशत हुने गरी अघि बढाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको थियो। यो अभियान अहिले जारी छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
७ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस