नेता भीम रावलले एमालेबाट निकालिएपछि वैकल्पिक शक्ति निर्माणमा जुटेको बताएका छन्। अविराटनगरमा पत्रकार सम्मेलन गरी रावलले वैकल्पिक शक्ति निर्माणमा जुटिसकेको बताएका हुन्। रावलले अहिले देशमा रहे पनि पार्टीमा आफू नलाग्ने बरु देशभक्तहरूको नयाँ पार्टी गठनमा जुटिसकेको बताए।
रावलले नयाँ पार्टी कहिले घोषणा गर्ने भन्ने विषयमा कुनै टुंगो नभए पनि हाल मातृभूमि जागरण अभियानमा जोडिएर देशभर संगठन निर्माणमा आफू जुटेको स्पष्ट पारे। उनले भने, ‘हाललाई सम्पूर्ण देशभक्तलाई मातृभूमि जागरण अभियानमा समेटेर देशैभर संगठन निर्माण गर्दै लैजाने र उपयुक्त समयमा पार्टीमा रूपान्तरण गर्ने गरी अघि बढेको छु।’ रावलले अब कम्युनिस्ट पार्टी नभई सबैलाई समेट्ने पार्टी गठन गर्ने तयारी रहेको बताए।
दक्षिणपन्थी वामपन्थी भनेर कित्ताकाट गर्ने तर आफ्नो स्वार्थमा जुन–जुन पार्टीसँग पनि मिल्ने र पदमा पुग्ने प्रवृत्ति उचित नभएको बताए। ‘केपी ओलीहरूले कांग्रेससँग, जनमतसँग मिलेर प्रधानमन्त्री हुन हुने मैले देशको हितमा देशभक्तलाई समेट्न नहुने भन्ने हुँदैन’, रावलले भने। उनले अहिलेका दलहरूको विकल्पका रूपमा वैकल्पिक शक्ति निर्माणका लागि अघि बढेकाले अब वामपन्थी, दक्षिणपन्थी भनेर घोषणा नगर्ने स्पष्ट पारे।
रावलले काम महत्वपूर्ण भएकाले कामलाई विचारले निर्देशन दिने छुट्टै वैचारिक धरातल पनि निर्माण गर्ने दाबी गरे। रावलले भने, ‘कुनै पनि विचार, दर्शन, संगठन मात्रै भएर नहुने भएकाले देशको आवश्यकताअनुसार विचार पनि निर्माण गर्नुपर्छ।’ एमालेलाई आफूले गाली नगरेको पनि रावलले स्पष्ट पारे। उनले एमाले र प्रधानमन्त्री ओलीले गर्छु भनेको कुरा के–के गर्नुभयो भनेर सोध्नु गाली नभएको बताए। ‘रेल चलाउँछु, बाटो बनाउँछु भनेको काम के गर्नुभयो भनेर सोध्नु गाली हैन’, रावलले भने।