झापाको दमकमा २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) उद्घाटन गर्ने भएका छन्।
कोरोना महामारीको समयमा सुरु गरिएको यस टावरको शिलान्यास पाँच वर्ष पहिले ओलीले गरेका थिए।
चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले बनाएको यो टावरको निर्माण एक वर्षअघि सकिएको थियो। अब, उद्घाटनपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।
गृहजिल्लामा रहँदा प्रधानमन्त्री ओली अन्य केही कार्यक्रममा पनि सहभागी हुनेछन्।