नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राति चितवनबाट पोखरा लगिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले लामिछानेलाई राति १२ बजे स्थानान्तरण गर्नु अमानवीय व्यवहार भएको बताएका हुन्।
कोइरालाले भने, “अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन। तर, राति १२ बजे उठाएर लानु मानव अधिकारविरोधी र अमानवीय काम हो। यो रवि जीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नु हुँदैन।”
सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले मंसिर १९ गते राति चितवनबाट पोखरा लगेको थियो। प्रहरीले सुरक्षाको कारण देखाए पनि कोइरालाले प्रशासनले यसरी उम्कन नपाउने तर्क गरे। नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै उनले सबै पक्षले अदालतको प्रक्रियामा सहकार्य गर्नुपर्ने धारणा राखे।
नेता कोइरालाले पार्टीले मोरङमा आयोजना गरिएको पालिका स्तरीय भेलालाई रोक्न पठाएको पत्रप्रति असहमति जनाएका छन्। सोही कारणले उनले कोशी भेलामा भाग नलिएको बताए।
“१३७ पालिकामध्ये ११३ पालिकाका सभापतिहरू सहभागी भेलालाई अवैधानिक भन्दै केन्द्रले पत्र पठाउनु कस्तो परिपाटी हो ? नेपाली कांग्रेस रेजिमेन्टेड पार्टी होइन। यो एमालेजस्तो, अध्यक्षले भनेको मान्ने पार्टी पनि होइन,” उनले प्रष्ट पारे।
चितवनमा श्रद्धाञ्जली सभामा सहभागी हुन पहिल्यै तय भएको कार्यक्रमअनुसार आफू चितवन आएको पनि उनले जानकारी दिए।
महाधिवेशनको समय नजिकिँदै गर्दा सभापतिको उम्मेदवार हुने स्पष्ट गर्दै कोइरालाले महामन्त्री गगन थापासँग कुनै खटपट नभएको दाबी गरे।
“महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य सबैलाई उम्मेदवारी दिने अधिकार छ। म उठ्ने कुरा क्लियर छ। गगनजी उठ्ने विषय उहाँलाई सोध्नुस्। बाँकी कुरा छलफलबाट टुंगो लाग्छ,” उनले भने।
नेता कोइरालाले ओली नेतृत्वको सरकार तत्काल परिवर्तन नहुने बताए। तर सहमतिको पालना सरकारले गर्न नसकेको आरोप लगाए। “संविधान संशोधन दुई पार्टी मिलेर मात्रै हुँदैन। सबैलाई मिलाएर लैजान सक्नुपर्छ। अहिले सुशासन छैन, आर्थिक अवस्था दयनीय छ। यस्तो अवस्था आउन दिनु हुँदैन,” कोइरालाले भने। उनले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गर्नुपर्ने बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...