१२ अर्बको ठेक्का हत्याउन राहदानी सफ्टवेयरमा गडबडी
१६ मंसिर २०८१
•
६ मिनेट पाठ
१२ अर्बको ठेक्का हत्याउन राहदानी सफ्टवेयरमा गडबडी
सर्वसाधारणले गत साता राहदानी (पासपोर्ट) को अनलाइन फाराम भर्नेदेखि लिएर अन्य सेवा लिन सकेनन्। सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको र भाइरस पसेको कारण देखाउँदै एक साता पासपोर्ट सेवा अवरुद्ध गरिँदा सर्वसाधारणले धेरै सास्ती पाए।




सार्वजनिक भएका समाचार र सूचनालाई आधार मान्ने हो भने गत साताको बिहीबार अकस्मात् राहदानी सेवा अवरुद्ध हुनुमा ह्याकरको आक्रमण र भाइरस संक्रमणलाई कारण देखाइएको थियो। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले निकै प्रयासपछि उक्त सेवा सञ्चालन गर्न सफल भएको जनाएको छ।

विभागले बिहीबार सूचना जारी गरेर शुक्रबारबाट सबै जिल्लामा राहदानीको काम हुने जनाएको थियो। विभागका अनुसार विभागसहित सबै जिल्ला र नियोगका २०१ युनिटबाट शुक्रबारदेखि राहदानीको काम पूर्ववत् रूपमा सुरु भएको छ।

ई–पासपोर्ट छपाइका लागि करिब १२ अर्बको टेन्डर सूचना आउने समय नजिकिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले नै प्राविधिक समस्या खडा गरेको, ह्याकरका नाममा सफ्टवेयर प्रणाली अवरुद्ध पारेको स्रोतको दाबी छ।

‘एक सातादेखि प्राविधिक समस्या खडा गर्ने, ह्याकरबाट भएको भनी सूचना प्रवाह गर्ने, भाइरस पस्यो भन्ने तर टेन्डरको सूचना निस्कनु दुई दिनअघि समस्या सुल्झाउने दिशामा लाग्नु नै शंकास्पद छ,’ सरकारका एक कम्प्युटर इन्जिनियरले भने। ती इन्जिनियरका अनुसार बिहीबार राहदानी विभागले प्रकाशन गरेको टेन्डर नोटिस आइडिमिया अनुकूल आएपछि मात्रै सफ्टवेयर प्रणालीमा देखिएको समस्या अन्त्य भएको हो।

डेढ दशकदेखि नेपालको राहदानी छपाइ र सफ्टवेयर व्यवस्थापनमा एकछत्र राज गर्दै आएको आइडिमियाले नयाँ टेन्डर पनि लिन अनेक तिकडम गरेको स्रोतको दाबी छ। यसअघि नै टेन्डरभन्दा पनि भेरिएसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउन राहदानी विभागको सफ्टवेयर प्रणालीमै समस्या देखाएर अनुकूल प्रभाव पारेको स्रोतको दाबी छ।

विभागले बिहीबार दुईवटा टेन्डर निकालेको थियो। जसमा ९ नम्बर बुँदामा एकै कम्पनीले दुवै टेन्डरको मापदण्ड पूरा गरी आवेदन दिए त्यसलाई स्वीकार गर्न सकिने उल्लेख छ। यो बुँदाले हाल सफ्टवेयर व्यवस्थापनको काम गरिरहेको कम्पनी आइडिमियालाई मात्रै समेट्नेछ। ‘यति ठुलो टेन्डरमा यस्तो बुँदा राखेर यसअघि कहिले पनि टेन्डर गरिएको थिएन, राहादानी विभागले सफ्टवेयर व्यवस्थान र हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी फरक–फरक सूचना निकाल्ने चाल पाएपछि आइडिमियाले यसरी प्राविधि समस्या खडा गरेको हो,’ ती कम्प्युटर इन्जिनियरले भने।

उनले अगाडि भने, ‘प्रधानमन्त्रीले यो विषयमा जानकारी लिन चाहे नेपालका जुनसुकै तहका कम्प्युटर इन्जिनियरले के भएको हो भनेर भन्न सक्छन्।’

तर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले यो टेन्डर निकाल्ने प्रक्रिया र केही दिनअघि सफ्टवेयर प्रणालीमा देखिएको समस्या फरक भएको बताए। ‘टेन्डर निकाल्ने प्रक्रिया लामो हुन्छ। त्यसका हरेक बुँदामा छलफल हुन्छ। लामो छलफलपछि प्राविधिकसहितको राय–सुझाव र सल्लाहअनुसार टेन्डर प्रक्रिया हुन्छ।

बिहीबार निकालिएको सूचना र केही दिनअघि सिस्टममा आएको समस्यालाई जोडेर हेर्न मिल्दैन, टेन्डर नियम–कानुनअनुसार नै आएको छ। यो नयाँका लागि प्रतिस्पर्धा हो पुरानोसँग जोड्न मिल्दैन,’ अर्यालले भने। उनले सफ्टवेयर प्रणालीमा त्यही कम्पनीले समस्या निम्त्याउनुपर्ने कुनै कारण नभएको बताए। ‘यस्तो हुन सक्ने सम्भावना छैन, कम्पनीको पनि जिम्मेवारी हुन्छ, प्रतिष्ठाको विषय हुन्छ। त्यसो गरे कम्पनीलाई कारबाही हुन्छ, कालोसूचीमा जान्छ, त्यसकारण यस्तो सम्भावना छैन,’ उनले भने।

तर गत साता सफ्टवेयर प्रणालीमा समस्या आएपछि आइडिमियाका नेपालस्थित प्रतिनिधिले टेन्डर ‘डकुमेन्ट’मा खेल्ने मौका पाएका हुन्। उनीहरूले विभागका कर्मचारीलाई दबाबमा राखेर आफ्नो उपस्थिति नभए राहदानीको प्रक्रिया नै नियमित हुन नसक्ने आभास गराएका थिए। जसका कारण बिहीबार प्रकाशित टेन्डरमा ९ नम्बर बुँदा कायम गरिएको थियो। ‘उनीहरूले आफ्नो कम्पनीलाई सहज हुने गरी दुवै टेन्डरमा सहभागिता जनाउन विभागलाई दबाब दिएको देखिन्छ। सर्वसाधारण नागरिक प्रत्यक्ष प्रभावित हुने भएकाले राहदानी विभाग यसमा झुकेको देखिन्छ,’ विभागका एक कर्मचारीले भने, ‘सरकारलाई दबाबमा राख्ने यो अघोषित ब्ल्याकमेलिङ गरेको देखिन्छ। नत्र यसरी टेन्डरको सूचना जारी हुन सक्दैनथ्यो।’ आइडिमियाका नेपाल प्रतिनिधि सिद्धार्थ पाण्डे छन्।

गत साता राहदानी सफ्टवेयर प्रणालीमा समस्या देखिएपछि विभागले यसबारे सरकारको साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि केन्द्र दुवैलाई औपचारिक जानकारी गराएको थिएन। सरकारी निकायमा साइबर आक्रमण भए, समस्या आए सूचना प्रविधि केन्द्र र साइबर सुरक्षा केन्द्रलाई जानकारी गराउनुपर्छ।

विभागले यी दुवै निकायलाई औपचारिक जानकारी नदिईकन अनौपचारिक रूपमा कम्प्युटर इन्जिनियरसँग सहयोग मागेको थियो। सूचना प्रविधि केन्द्र र साइबर सुरक्षा केन्द्रका प्राविधिकले अनौपचारिक रूपमै सहयोग गरेका थिए। तर आइडिमियाले तयार पारेको सफ्टवेयर सिस्टममा नेपाली प्राविधिकलाई ‘एक्सेस’ नै दिइएको छैन। ‘नेपाल सरकारका कर्मचारी (कम्प्युटर इन्जिनियर) लाई एक्सेस दिइँदैन, त्यहाँ नेपाली त छन् तर उनीहरू आइडिमियाका कर्मचारी हुन,’ सरकारी सेवामा रहेका एक कम्प्युटर इन्जिनियरले भने।

‘विभागले औपचारिक आग्रह गरेको होइन, त्यसकारण सफ्टवेयर प्रणालीमा के समस्या आएको हो भनेर हामीले प्रतिवेदन नै तयार पार्न सकेनौं,’ सूचना प्रविधि केन्द्रका एक कर्मचारीले भने, ‘बाहिर भन्दा ठिकै छ भन्नुपर्ने हुन्छ। धेरै ठाउँबाट चलाउने भएकाले एकएक गरेर हेर्न भ्याइएन भन्नुपर्ने बाध्यता छ। खासमा त्यसमा हाम्रो एक्सेस छैन।’

केन्द्रका ती कर्मचारीले आइडिमियाले सरकारलाई नै दबाबमा पारेर व्यापार गर्न खोजेको आरोपसमेत लगाए। ‘आइडिमियाले सिस्टममा समस्या उत्पन्न गराएर ह्याकरलाई दोष दियो, सरकारले पत्यायो तर छानबिन गरेन,’ ती कर्मचारीले भने।

कर्मचारीलाई युरोप भ्रमण

आइडिमियाले डेन्डर डकुमेन्ट तयारीकै क्रममा विभागमा कार्यरत एक दर्जन कर्मचारीलाई आफ्नै खर्चमा युरोप भ्रमण गराएको थियो। टेन्डर डकुमेन्टमा प्रभावित पार्नकै लागि उसले आफ्नै खर्चमा विभागका एक दर्जन कम्पनीलाई युरोप घुमाएको स्रोतको दाबी छ।

आइडिमियाको खर्चमा विभागका एक दर्जन कर्मचारी गत सेप्टेम्बर २३ मा काठमाडौंबाट भिस्तारा एयरवेजबाट भारतको नयाँ दिल्ली हुँदै फ्रान्सको पेरिस र चेक रिपब्लिक घुमेर आएको स्रोतले बतायो। विभाग महानिर्देशक अर्यालले केही कर्मचारी युरोप भ्रमण गएको स्विकारेका छन्। ‘उहाँहरू तालिममा जानुभएको हो नयाँ सिस्टम आएपछि कम्पनीको व्यवस्थापन र नेपाल सरकारको खर्चमा जानुभएको हो’, अर्यालले भने।

टेन्डर डकुमेन्ट तयारी भइरेको बेला टेन्डरमा सहभागी हुने कम्पनीको खर्चमा विभागका कर्मचारीभन्दा अघि महानिर्देशक तथा अन्य उच्चपदस्थ बैंकक, फिलिपिन्स भ्रमण गरेर फर्किएको पनि स्रोतको दाबी छ। आइडिमियाले विभागका उच्च कर्मचारीसँगको मिलेमतोमा विगत १४ वर्षदेखि राहदानी छपाइमा एकाधिकार जमाउँदै आएको छ।

कम्पनीले सुरुमा कम संख्यामा टेन्डर गर्न लगाउने र टेन्डर हात पारेपछि जिम्मा पाएभन्दा बढी राहदानी भेरिएसनबाट छपाइ गर्दै आएको पाइएको छ। भेरिएसनबाट राहदानी छपाइमा आर्थिक हिनामिना भएको विषय महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले समेत उठाएको छ। राहदानीका लागि दैनिक हजारौंले फाराम भर्छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
६ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस