सबै खाले भ्रष्टाचार छानबिन गर्न तयार
०८ मंसिर २०८१
•
५ मिनेट पाठ
सबै खाले भ्रष्टाचार छानबिन गर्न तयार
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन अघि बढाउन तयार रहेको सन्देश दिएको छ। एमालेले शुक्रबार काठमाडाैंमा जागरणसभाको आयोजना गरेर विभिन्न भ्रष्टाचारजन्य आरोपको छानबिनका लागि कुनै समस्या नभएको सन्देश दिएको हो । एमालेमाथि यती, ओम्नी, गिरिबन्धुलगायतका विषयमामा नीतिगत भ्रष्टाचार गरेको आरोप छ।




जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ठगी र अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे। कुनै पनि भ्रष्टाचार सह्य नहुने बताउँदै उनले सबै खाले भ्रष्टाचारमाथि छानबिन हुने प्रस्ट संकेत गरे । ‘एमाले र अहिलेको सरकारका लागि कुनै पनि भ्रष्टाचार, ठगी, मानव तस्करी सह्य हुनेछैन। जोसुकै होस्, अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘आफैं गल्ती गरेर प्रहरीका हाकिमलाई हप्काउनेजस्ता काम भइरहेको’ बताए। उनले ठगी र अपराधमा संलग्नलाई नछाड्ने चेतावनीसमेत दिए। ‘कुनै पनि अपराध, अराजकता नेपाली समाजलाई स्वीकार्य छैन। जे पनि बोल्ने, अरूको चरित्र हत्या गर्ने, घृणा फैलाउनेजस्ता कुरालाई हामी प्रोत्साहित गर्न सक्दैनौं,’ उनले कसैको नाम नलिई भने।

उनले भने‘हिन्दीमा एउटा भनाइ छ– उल्टा चोर, कोतवालको डाँटे। यस्तै यहाँ त आफूले सहकारीमा ठगेको, उल्टै चोरले नै प्रहरीका हाकिमलाई हप्काएका कति–कति प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ? अरूलाई गाली गर्ने ?’

प्रधानमन्त्री ओलीले केही शक्ति आफू र आफ्नो पार्टीविरुद्ध अनावश्यक रूपमा भ्रम छर्न लागिपरेको बताए। उनले एमाले सचेत पार्टी भएको हुनाले त्यस्ता भ्रमको पछि नलाग्ने बताए। ‘कागले कान लग्यो भन्दै एमाले कागको पछि दगुर्दैन, पहिले आफ्नो कान छाम्छ। कम्बोडियामा कति अर्ब छ भन्देको छ, के भन्देको छ। के साँच्चै बहस गर्न तयार हो ?’ ओलीले भने।

उनले सरकारका तर्फबाट कहीँकसैप्रति दूरभाव नरहेको बताए। दोषीलाई नछाड्ने र निर्दोषलाई नछुने नीति सरकारको रहेको उनले सुनाए। सहकारी ठगीसम्बन्धी मुद्दामा ३८ दिनयता प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, ‘आफू बदमासी गर्ने अनि अरूको टाउकामा खन्याउने, मुख छाड्ने ?’

ओलीले अहिलेको समीकरण २०८४ सालसम्मै रहने दाबी गरे। ‘२०८४ मंसिरसम्मै अहिलेको समीकरण रहन्छ, कान खोलेर सुने हुन्छ। मेरो अवधि २०८३ असारसम्म हो। म त्यस बेलासम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि शेरबहादुरजीलाई जिम्मा लगाउँछु,’ ओलीले भने।

नेपाली जनताले ठुलो बलिदानबाट अहिलेको व्यवस्था आएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने विश्वास ओलीले व्यक्त गरे। नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न अघि बढ्ने ओलीले प्रस्ट पारे। ‘नेपाली जनता भ्रममा पर्दैन,’ उनले भने। एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए।

यो सरकारले दसैं पनि काट्दैन भनी गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पारे। ‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ,’ उनले भने।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै उनले सार्वभौम जनताको भविष्यलाई संकटमा पार्ने प्रयास गरिएको बताए। देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए। अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी ओलीले गरे। अहिलेको सरकार आफ्ना मानिसलाई शक्तिमा पुर्‍याउन र अकुत सम्पत्ति कमाउन नबनेको पनि बताए। ‘आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौंका मालिक बनाएका छन्। उनीहरू आफ्नै विरुद्ध आरोप लगाउँदै हिँडेका छन्,’ ओलीले भने।

बैंकको ऋण तिर्नुनपर्ने भन्दै केही शक्ति कराउँदै हिँडेको उल्लेख गर्दै उनले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए। उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गरे। बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेको ओलीले दाबी गरे। समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएको उनले बताए। नीति अगाडि सार्न नसक्नेले गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गरिरहेका ओलीको भनाइ थियो। ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन,’ उनले भने।

जागरणसभामा सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन्। जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। ‘देश बनाउने काममा हामी लागेका छौं। एमालेले देश बनाउँछ, काम गर्न दिनुहोस्। देश बनाउने गरी काम एमालेले मात्रै गर्न सक्छ,’ उनले भने।

महासचिव पोखरेलले पार्टी र अध्यक्ष ओलीलाई बदनाम गर्न कुप्रचार भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। माओवादी केन्द्र शान्ति प्रक्रियामा आउँदा उसका अराजक गतिविधिविरुद्ध उभिँदा बदनाम गर्न खोजिएको टिप्पणी गर्दै ओम्नी, यती होल्डिङ्स, गिरिबन्धु टी–इस्टेट र कम्बोडियाको टेलिकममा लगानी त्यस्तै कुप्रचारको निरन्तरता रहेको दाबी गरे।

कोभिड महामारीका बेला चीनबाट औषधि र उपकरण ल्याउने जिम्मा पाएको ओम्नी कम्पनीले सम्झौताअनुसारका काम नभएपछि ठेक्का रद्द भएको उल्लेख गर्दै पोखरेलले भने, ‘राज्यले एक पैसा खर्च नगरेको, उल्टै धरौटी जफत भएकोमा ठुलो भ्रष्टाचार गर्‍यो भनेर एमालेलाई भन्ने गरिएको छ।’

यती होल्डिङ्सलाई राज्यका संरचना भाडामा दिने विषयमा पनि एमालेलाई जबर्जस्ती जोडिएको उनको भनाइ थियो। ‘राजा वीरेन्द्रका नाममा रहेको सबै सम्पत्ति ट्रस्टमा राखेर भाडामा लगाउने निर्णय पुष्पकमल दाहालजीकै पालामा भएको हो। यसमा एमालेलाई जोड्नुपर्ने कुनै कारणै छैन,’ पोखरेलले भने।

त्यस्तै प्रधानमन्त्री ओलीमाथि नीतिगत भ्रष्टाचारको आरोप लाग्ने झापाको गिरिबन्धु टी–इस्टेटबारे पनि एमाले महासचिवले प्रस्टीकरण दिए। ‘टी–इस्टेटको जग्गा दुईपटक सट्टाभर्ना भइसकेको थियो। अदालतले कानुन बनाउन भनेको थियो। हदबन्दीभन्दा बढी जग्गाबारे पनि व्यवस्था राखेर कानुन बन्यो तर अदालतले त्यो कानुन प्रयोग नगर भन्यो। यसमा केको भ्रष्टाचार भयो ?’ उनले भने, ‘अहिले फेरि कम्बोडियाको टेलिकममा लगानी छ भनेर स्यालहुइयाँ गरिएको छ। अध्यक्षले त्यो प्रमाणित गरे उल्टै पैसा थपिदिन्छु भन्नुभएको छ।’

महासचिव पोखरेलले नेपालमा सबैभन्दा दूरदर्शी नेतृत्व आफूहरूसँग मात्रै भएको जिकिर गरे। ‘देश बनाउन बलियो राजनीतिक दल चाहिन्छ, त्यो एमाले हो। नेपालमा दूरदर्शी नेतृत्व एमालेसँग मात्रै छ। केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल बन्छ,’ उनले भने।

उनले एमाले जनताको मुटुमा रहेको बताए। ‘एमाले अलोकप्रिय भयो, एमाले जनताबाट टाढा भयो भन्ने हल्ला चलाइएको छ तर एमाले जनताका बीचमा छ, एमाले जनताको मुटुमा छ,’ महासचिव शंकर पोखरेलले भने। उनले लोडसेडिङ हटाउने काम एमालेको सरकारले गरेको दाबी गरे। त्यसको जस माओवादी केन्द्रलाई दिइएको उल्लेख गर्दै उनले भने, ‘नेपालमा काम अर्कैले गर्छ, जस अर्कैले पाउँछ।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
६ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस