दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !
०४ मंसिर २०८१
•
५ मिनेट पाठ
दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !
क्याप्शन
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन कात्तिक २६ गते बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा सहभागी भए । यसपछि उनी पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिँदो छ ।




त्यसो त पुन पूर्वमाओवादी नेता हुन् । पार्टीले सञ्चालन गरेको जनयुद्धका कमान्डर पुन अहिले पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा चलेको हो । पुनलाई बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नै बोलाएका थिए ।

बाहिर चर्चा के छ भने पुनलाई दाहालले ‍उपाध्यक्षको आश्वासन दिएर बैठकमा बोलाएका हुन् र दाहालकै चाहनामा पुन:सक्रिय राजनीतिमा फर्कनेछन् । तर, दाहालको सचिवालयले भने यसको खण्डन गर्छ । दाहालका स्वकीय सचिव रमेश मल्ल भन्छन्, "उहाँहरूबीच के कुराकानी भयो, हामीलाई थाहा हुँदैन । नेताहरूबीचको कुरा हामीलाई के थाहा, सचिवालयमा बसेर नभएको कुरा गर्नुहुन्न ।"

जसै पुन दाहालका सदाबहार सारथि हुन् । जनयुद्धताका होस् वा शान्ति प्रक्रियापछि; पुन सधैँ दाहालकै प्रिय बने । पार्टीमा ब्याजीहरूको तुलनामा खासै लाभको पद नलिएका उनी पछि दुई कार्यकाल उपराष्ट्रपति बने । त्यसबाट उनी 'रिटायर्ड' भइसकेका छन् भने सक्रिय राजनीतिमा छैनन् ।

यसबीचमा उनी गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन् । तर, उनलाई कतिपय निकटस्थहरूले राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।

पुनले भने अहिल्यै कुनै निर्णय लिइसकेका छैनन् । उनका निकटस्थहरूका अनुसार पुन अवसर आउँदा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने कि सक्रिय राजनीतिमा फर्किने भन्ने सन्दर्भमा निर्णय लिइसकेका छैनन् ।

पुनका सचिवालय सदस्य मनोज घर्तीमगर भन्छन्, "तत्कालै त केही भन्न सकिँदैन । उहाँले कुनै निर्णय लिइसक्नुभएको छैन ।"

दाहाल चाहन्छन्- पुन सक्रिय राजनीतिमा फर्किऊन्

अध्यक्ष दाहाल भने पुन सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छन् । पुन आफूलाई हरदम साथ दिने नेता भएकाले पनि उनी सक्रिय राजनीतिमा फर्किँदा पार्टीभित्र आफूलाई समेत सहज हुने अर्थ्याइ दाहालको छ ।

माओवादीका एक पदाधिकारीले नागरिकसँग भने, "चाहना उहाँ (दाहाल)को पनि हो, सँगै माओवादी पार्टीको हो । मूलत:त्यसमा उहाँ स्वयम्‌को पनि होला ।"

'पूर्वराष्ट्रपतिले त सदस्यता नवीकरण गरिसक्नुभयो, अब पूर्वउपराष्ट्रपतिको त के कुरा । उहाँले त अझ राज्यबाट कुनै सुविधासमेत लिनुभएको रहेनछ । उहाँ त फ्री हो ।'
त्यसो त दाहालविरुद्ध पार्टीभित्र नेतृत्व छाड्नुपर्ने दबाब छ । यसको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरेको बताइन्छ । शर्माले गत साउन २७ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व हस्तान्तरण गरेर दाहाल संरक्षकको भूमिकामा रहनुपर्ने  प्रस्ताव पेस गरेका थिए ।

शर्माको उक्त प्रस्तावको पार्टीभित्र समर्थक थपिँदै गएपछि आफूमाथि 'जोखिम'को महसुस गरेका दाहाल तत्कालै देश दौडाहामा निस्किएका थिए । शर्माको नेतृत्व पुस्तान्तरणको प्रस्तावको मत सर्वेक्षण गरेका दाहालले फर्किएपछि भने, "जनताले माओवादीकै, मेरै नेतृत्वमा सुशासन र आर्थिक विकास होस् भन्ने चाहेका छन् ।" अर्थात्, दाहाल केही ढुक्कै भए, माहोल शर्माको प्रस्तावको पक्षमा भन्दा आफ्नै पक्षमा रहेछ ! 

यसैले पनि दाहालले पुन सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहेको चर्चा माओवादी वृत्तभित्र छ । "पार्टीलाई पुन:जनतासँग जोड्ने कोसिस छ । यसमा सबैको योगदान रहनुपर्छ भन्ने पार्टी र हाम्रो सबैको मान्यता हो । त्यसमा उहाँ (पुन) पनि हुन सक्नुहुन्छ । उहाँ पार्टीमा फर्किँदा राम्रै हुन्छ भन्ने रिडिङ सबैको छ । त्यसमा बेखुसी कोही नहोलाऔँ,"माओवादीका एक नेता भन्छन्, "त्यसमा अध्यक्ष कमरेडको पनि असहमति छैन ।"

उसो त दाहालले पहिले आफैँबाट फुटेर गएका नेत्रविक्रम चन्द 'विप्लव सी' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि पार्टी,महिन्द्र राय यादव-गंगा नारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि चाँडै पार्टी एकता गर्दैछन् ।

त्यसमा पुनसमेत पार्टीमा हुँदा आफूसमर्थित नेताहरू बढी हुने आकलन दाहालले गरेको बताइन्छ । पुन सक्रिय राजनीतिमा फर्किँदा पार्टीलाई पनि राम्रो हुने र आफूलाई पनि राम्रो हुनेस्व-विश्लेषण दाहालको रहेको बताइन्छ ।

पुन सक्रिय राजनीतिमा फर्किने नेताहरूको स्पष्ट सङ्केत

पुन सक्रिय राजनीतिमा फर्किने कि नफर्किने भन्ने अन्योल भइरहँदा माओवादी नेताहरू भने उनी सक्रिय राजनीतिमा फर्किने स्पष्ट सङ्केत गर्छन् ।

माओवादी सचिव दीनानाथ शर्मा भन्छन्, "अहिले टुङ्गो लागिसकेको छैन । पार्टीले कुनै सुझाव दिएको वा उहाँ आफैँले निर्णय लिइसक्नुएको अवस्था होइन । तर, बाहिरतिरको अभ्यास हेर्दाखेरि १४/१५ वर्षपछि पनि सक्रिय राजनीतिमा फर्किएको नजिर रहेछ ।"

तर, पूर्वउपराष्ट्रपति पुन पुन: सक्रिय राजनीतिमा सक्रिय हुँदै गर्दा मुलुकको प्रणाली, त्यसमा हुने अभ्यास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त ख्याल गर्नुपर्ने मत शर्माको छ ।

अर्का सचिव राम कार्कीको सङ्केत पनि त्यही छ । "बाहिरतिर हेर्दा फर्किएर सामान्य मेयरसमेत बनेको उदाहरण छन् । जहाँसम्म उहाँ (पुन) को सन्दर्भ छ, त्यसबारे छलफल होलान्, उहाँ आफैँले पनि सही विकल्प रोज्नुहोला,"कार्कीले भने ।

कार्की पुनले यद्यपि 'रिटायर्ड' जीवन बिताउँदा पनि राम्रै हुने बताउँछन् । "राजकीय पदको जिम्मेवारीमा रहिसकेपछि त्यसबाटै रिटायर्ड भएर बस्दा पनि हुन्छ । अब चाहना भएकाहरूको हकमा के हुने, के गर्ने भन्नेबारे राष्ट्रिय वृत्तमै छलफल गर्दा अझ राम्रो होला," उनले भने ।

अर्का सचिव लीलामणि पोखरेल भने अझ स्पष्ट सङ्केत गर्छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत राजनीतिमा फर्किन लागेको उल्लेख गर्दै उनले भने, "पूर्वराष्ट्रपतिले त सदस्यता नवीकरण गरिसक्नुभयो, अब पूर्वउपराष्ट्रपतिको त के कुरा । उहाँले त अझ राज्यबाट कुनै सुविधासमेत लिनुभएको रहेनछ । उहाँ त फ्री हो ।"

राज्यबाट कुनै सुविधा नलिएकाले पनि पुन निर्णय गर्नका लागि स्वतन्त्र रहेको भनाइ पोखरेलको छ । "कि त पूर्वप्रधानन्यायाधीश जस्तो संवैधानिक नियुक्ति लिन नपाउने भन्ने प्रावधान नै हुनुपर्‍यो । नत्र त पूर्वउपराष्ट्रपतिको सन्दर्भमा त्यस्तो छैन,"उनले भने ।
अर्को समाचार
के देउवा-ओलीविरुद्ध मोर्चाबन्दीको प्रयास भइरहेको छ ?
०२ साउन २०८२
•
४ मिनेट पाठ
के देउवा-ओलीविरुद्ध मोर्चाबन्दीको प्रयास भइरहेको छ ?
राजनीतिक विश्लेषकहरूले भन्ने गरेका छन्— यो सरकार कांग्रेस-एमालेको होइन, देउवा-ओलीको हो। कतिपय अवस्थामा विश्लेषकहरूको यो भनाइ सही भान हुन्छ। सरकारका प्रति कांग्रेस र एमाले दुबै पार्टीभित्र त्यति धेरै अपनत्वबोध पाइँदैन। सरकार गठनका लागि गठबन्धन बन्दै गर्दा गरिएका समझदारी अगाडि नबढ्नुले यो भनाइलाई थप मलजल पुग्छ। गत वर्षको असार १७ गते मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित सातबुँदे समझदारीपत्रमा संविधान संशोधनलगायतका विषयलाई ठूलो बनाइएको थियो तर, अहिलेसम्म त्यसका बारेमा प्रारम्भिक बहससमेत सुरु भएको छैन।




अन्य दर्जनौँ विषयहरू यस्ता छन्, जसले सरकारलाई अलोकप्रिय मात्रै बनाएका छैनन्, उसका प्रति गम्भीर प्रश्नहरू समेत उठ्ने गरेका छन्। भिजिट भिसादेखि सरकारका मन्त्रीहरू भटाभट भ्रष्टाचारमा जोडिनुले सरकारका प्रति तीव्रत्तर आलोचना बढेको छ। यतिसम्म कि स्वयम् सत्तासीन दलहरूभित्रै सरकारका प्रति प्रश्नहरू उठ्ने गरेको छ। सरकारका मन्त्रीहरू राजकुमार गुप्ता र बलराम अधिकारी घुस ‘डिल’मा मुछिएका छन्। यहाँसम्म आउँदा सरकारका प्रति आलोचना मात्रै होइन, नागरिक स्तरबाटै गालीसमेत आउन थालेको छ।

यही पृष्ठभूमिबाट मुख्यत: देउवा र ओलीका विरुद्धमा मोर्चाबन्दीको प्रयास भइरहेको चर्चा चलेको छ। त्यसको नेतृत्व मुख्य रूपमा कांग्रेसकै नेता डा. शेखर कोइरालाले गरिरहेको चर्चा छ। त्यसो त यसबीचमा कोइरालाले पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेता विद्या भण्डारी र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर लामै गफगाफ गरेका छन्। भण्डारी, जो प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीका प्रति सकारात्मक छैनन्, त्यसका आफ्नै कथा छन्। दाहाल त प्रतिपक्ष भइहाले। उनी सरकार बनेयतै सकारात्मक छैनन्, उनले जतिबेला सरकार गठन भयो, त्यहीबेलै ‘अप्राकृतिक’ सरकार भनेका थिए।

कोइराला निकट नेता सञ्जय गौतमसँग यसबारे बुझ्दा सरकारका प्रति असन्तुष्ट नेताहरूबीच कुराकानी हुनु स्वाभाविक हो भनेर घुमाउरो जवाफ दिए। ‘शेखर कोइराला भनेको भोलिको संवाहक हो। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पनि उहाँको एउटा इमेज छ। त्यसो हुँदा उहाँले सम्पर्क-सम्बन्ध पनि त्यस्तै छ र हुनुपर्छ। देशमा तमाम समस्या छन्, यसका बारेमा उहाँको ध्यान छ। त्यसैले उहाँले नेताहरूसँग भेट गर्नुहुन्छ। यसलाई यही रूपमा बुझ्नुपर्छ,’ गौतमले भने।

मोर्चाबन्दी नै गर्नेसम्म कुरा नपुगिसकेको तर, सरकार यसैगरी चल्न भने नहुने उनले बताए। ‘मोर्चा नै बनाउने भन्नेसम्म त कुरा पुगिसकेको छैन। तर, एउटा साँचो कुराचाहिँ के हो भने यसैगरी चल्यो भने त यसले राम्रो गर्दैन, हुँदैन। सरकार यसैगरी चल्दा केही हुन्न। डा. शेखरले बुझ्नुभएको कुरा पनि यही हो। त्यसैले यी तमाम समस्याहरूलाई के-कसरी बुझ्न र समाधान गर्न सकिन्छ भन्ने विषयमा उहाँहरूले नेताहरूसँग कुराकानी गर्दै हुनुहुन्छ, नेता गौतमले थप भनेका छन्।

नागरिकले यही प्रश्न माओवादी केन्द्रका नेता दीनानाथ शर्मालाई पनि सोधेको थियो। जवाफमा शर्माले सरकारका प्रति खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउँदै मोर्चाबन्दी नै हुनेसम्म कुरा पुगिनसकेको बताए। ‘नेताहरूका बीचमा भेटघाट हुन्छ, स्वाभाविक रूपमा राजनीतिक तथा अन्य विषयहरूमा कुराकानी हुन्छ। तर, सरकार परिवर्तनका सन्दर्भमा हाम्रो रुचि छैन। कम्तीमा २०८४ सम्म हामीले यस्तो खाले प्रयास गर्दैनौँ। सरकार अहिले बदनाम भइरहेको छ, हामी थप बदनाम हुन चाहन्नौँ,’ उनले भने।

मोर्चाबन्दी भने समय र अवस्थाअनुसार हुनसक्ने र हुनपर्ने शर्मा बताउँछन्। ‘सहीका लागि मोर्चाबन्दी हुनुपर्छ। समय र अवस्थाअनुसार त्यो भएन भने सरकार झन् बिग्रेला, सचेत नेताहरूको बीचमा त्यसरी संवाद र सहकार्य हुन आवश्यक छ। अहिलेको सरकार कुशासनमा छ। भ्रष्टाचार छ। भनेपछि त्यसका लागि सचेत नेताहरूका बीचमा कुराकानी हुनुपर्छ। यो राम्रो हो,’उनले भने।

त्यसो त चर्चा अर्को पनि छ। के भनिन्छ भने यो मोर्चाबन्दीका लागि कांग्रेस नेता डा. शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिँदैछ। जसै कांग्रेसभित्र शेखरलाई संसदीय दलको नेता बनाउने प्रयास गरिन्छ। यसअघि देउवासँग महामन्त्री गगन थापाले भिडेका थिए, थापा पनि कोइराला गुटबाटै थिए। तर, उनलाई आफ्नै गुटका सांसदहरूले पनि मतदान गरेनन्। यस्तो अवस्थामा अहिले पनि बेला-बेला संसदीय दलको नेता फेर्ने प्रयासको चर्चा कांग्रेसमा; त्यसमा पनि संस्थापनइतर पक्षभित्र चर्चा भइरहन्छ।

‘हामीले त डा. शेखर नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मान्छे हौँ नि तर, चाहनेबित्तिकै हुन्छ भन्ने पनि भएन,’ नेता गौतमले भनेका छन्। यही अवस्थामा भावी प्रधानमन्त्रीका रूपमा कोइरालालाई अगाडि बढाएर सरकारसम्बद्ध पार्टीहरूसँग असन्तुष्ट नेताहरूको नेतृत्वमा मोर्चाबन्दीको प्रयास भएको बताइँदैछ। यसमा शेखरको सक्रियता बढ्नुले थप शङ्का उत्पन्न हुन्छ।

मोर्चाबन्दीको प्रयासका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूलाई पनि समाहित गर्ने प्रयास नेताहरूले गरेको बताइन्छ। यो प्रयास गरिएको हो होइन, प्रयास सफल हुन्छ हुँदैन हेर्न बाँकी छ। तर, यसबेला सरकारका प्रति असन्तुष्ट नेताहरूका बीचमा भेटघाट बाक्लिनु र सरकारका प्रति तीव्र आलोचना बढ्नुले अवस्था यस्तै रहिरहन्छ भनु गाह्रै होला।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस