कोसीका कानुनमन्त्रीमाथि मानव तस्करीको आरोप
२२ कार्तिक २०८१
•
४ मिनेट पाठ
कोसीका कानुनमन्त्रीमाथि मानव तस्करीको आरोप
मानव तस्करीको आशंकामा प्रहरी निगरानीमा रहेका कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मानव तस्करीको आशंकामा प्रहरीको निगरानीमा परेपछि उनले बुधबार राजीनामा दिएको स्रोतको दाबी छ।




मन्त्री हुँदा आफ्नो सचिवालयबाट नक्कली कागजात बनाएर जापान गएका अधिकारीसमेतलाई जापान सरकारले ‘डिपोर्ट’ गरेपछि उनी प्रहरीको निगरानीमा परेका थिए। प्रदेशमन्त्रीले विदेश भ्रमणमा जानुअघि संघीय सरकारबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर उनी संघीय सरकारको सहमतिबेगर नै कात्तिक १३ गते जापान गएका थिए।

जापान पुगेका मन्त्री अधिकारी र अन्य तीनजनालाई टोकियोस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरिदिएको थियो। उनी मानव तस्करको फन्दामा परेका हुन् कि स्वयं मानव तस्करीमा संलग्न भएका हुन् वा अन्य के कारणले उनलाई टोकियोस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। जापानले डिपोर्ट गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मन्त्री अधिकारीबाहेक तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर उनलाई भने प्रहरीले छाडिदिएको थियो।

मन्त्रीजस्तो व्यक्ति जापानको टोकियोस्थित विमानस्थलबाटै फर्के÷फर्काइएको विषयले कोसी प्रदेश सरकारमा समेत हलचल पैदा भएको थियो। मुख्यमन्त्री हिक्मत कार्कीले यस विषयमा सोधखोज गर्दा अधिकारीले आफूलाई साथीहरूले जापान लगेको तर त्यहाँ पुगेपछि डिपोर्ट भएको बताएका थिए। यो विषय विवादमा परेपछि मुख्यमन्त्री कार्कीले अधिकारीको राजीनामा मागेका थिए। उनले बुधबार मन्त्री पदबाट राजीनामा दिएर आफ्नो विषयमा हुने अनुसन्धानलाई सघाउने बताएका छन्।

मन्त्री अधिकारीसँगै जापान उडेका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई टोकियोस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो। अधिकारीले तीनजना नक्कली कागजात बनाएर आफूसँगै जापान आएको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई उनीहरूलाई लिएर टोकियो विमानस्थलबाट फर्किएको बताएका छन्। तर प्रहरी उनको भनाइ मान्न राजी भएको छैन। ‘उहाँ आफैं फर्कनुभएको होइन, उहाँलाई डिपोर्ट गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले भने। नक्कली कागजातका आधारमा जापान गएको खुलेपछि उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले विमानस्थलबाटै डिपोर्ट गरेको स्रोतको दाबी छ।

यस विषयमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। जापानबाट फर्काइएपछि त्रिभुवन विमानस्थलमा पक्राउ परेका तीनजना र उनीहरूको बयानका आधारमा पक्राउ परेका थप चारजना गौशाला प्रहरी वृत्तको हिरासतमा छन्। यसको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको भए पनि काठमाडौं प्रहरी परिसरलाई देखाउने गरिएको छ। ‘उनीहरूलाई सुरुमा हामीले पक्राउ गरेका हौं, लिखतसम्बन्धी कसुर देखिएकाले काठमाडौं प्रहरी परिसरलाई थप अनुसन्धान गर्न अनुरोध गरिएको छ’, उपत्याका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने।

जापानबाट डिपोर्ट भएर आएका तीनजनाले दिएको बयानका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका अन्य चारजनामा धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर छन्। पक्राउ गरिएका अन्य एकजनाको नाम अझै गोप्य राखिएको छ। जापानबाट फर्काइएका तीनजनाले कागजात पाण्डे, रिजाल र वीरबहादुरले बनाइदिएको बयान दिएका थिए।

प्रहरीले जापानबाट डिपोर्ट भएर आएका दावा शेर्पाको साथबाट खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका–२ का वडासदस्यको परिचयपत्र तथा कञ्चन देवकोटा र जनक राईको साथबाट कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको सचिवालयका ‘सहायक’ उल्लेख भएको परिचयपत्र बरामद गरेको छ। ती परिचयपत्रको आधिकारिकताबारे आन्तरिक मामिला मन्त्रालय र ऐंसेलुखर्क गाउँपालिकामा पत्राचार गरिएको छ।

मन्त्री अधिकारीले अक्टोबर २९ तारिखदेखि नोभेम्बर ३ सम्म टोकियोमा हुने कार्यक्रममा भाग लिन आफू जापान गएको दाबी गरेका थिए। अधिकारीले उक्त कार्यक्रममा भाग लिन गएको भने पनि उनलाई कसले बोलाएको हो ? आयोजक को हो ? भन्नेबारे केही खुलेको छैन। अधिकारी मोरङबाट निर्वाचित एमालेका सांसद हुन्।

विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले गरेको जापान भ्रमणका विषयमा प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताए। उनले तिहार बिदा परेका कारण मन्त्रिपरिषद्को बैठक बस्ने अवस्था नभएकाले पूर्वस्वीकृति नलिईकन आफू जापान गएको स्पष्ट पारे।

उनले भने, ‘कूटनीतिक मर्यादाको प्रश्न उठेपछि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ।’ पत्रकार सम्मेलनपछि मन्त्री अधिकारी सरकारी गाडी मन्त्रालयमा बुझाएर निजी गाडीमा निस्किएका थिए।

प्रदेश सरकारका मन्त्रीहरूले पनि विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ। विदेश भ्रमण सहमतिका लागि परराष्ट्र मन्त्रालयमा प्रदेश मन्त्रिपरिषद्को निर्णय पठाउनुपर्नेमा अधिकारी मन्त्रिपरिषद्को पनि अनुमति नलिईकन जापान गएका थिए।

राजीनामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीकृत गरिसकेको जानकारी पनि अधिकारीले दिए। उनले भने, ‘मैले दिएको राजीनामा मुख्यमन्त्रीज्यूले स्वीकृत गरिसक्नु भएको छ।’ अधिकारी पाँच महिनाअघि कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
६ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस