एमाले-मीनबहादुर जग्गा लेनदेन कानुनविपरीत: सर्वोच्च
१३ कार्तिक २०८१
•
३ मिनेट पाठ
एमाले-मीनबहादुर जग्गा लेनदेन कानुनविपरीत: सर्वोच्च
सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले जग्गा र पार्टी कार्यालय बनाइदिने काम राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको भन्दै तत्कालका लागि हस्तान्तरण नगर्न आदेश गरेको हो। निर्वाचन आयोगमा दर्ता भई क्रियाशील रहेको र सरकारमा रहेको दलले राजनीतिक दलसम्बन्धी ऐनविपरीत काम गरेको आदेशमा उल्लेख छ।




दुवै पक्षलाई छलफलका लागि बोलाउँदै सर्वोच्चले कात्तिक २६ का लागि पेसीसमेत तोक्न आदेश गरेको छ। साथै जग्गा लेनदेन कसरी भएको हो भन्ने विषयमा एमाले र मीनबहादुर गुरुङले १५ दिनभित्र लिखित जवाफ पनि पेस गर्नुपर्नेछ। सर्वोच्चको यो आदेश अन्तिम भने होइन। सर्वोच्चको अर्को आदेश र छलफलबाट टुंगो नलागुन्जेल दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा हक हस्तान्तरणको काम रोकिएको हो।

‘नेकपा एमाले भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङबाट कीर्तिपुरमा दान प्राप्त गरेको जग्गा प्रथम दृष्टिमै राजनीतिक दलसम्बन्धी ऐनको दफा ३८ (३) र ३८ (६) को व्यवस्थाअनुकूल नदेखिनुका साथै आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्ता फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन भन्ने कानुनी व्यवस्था रहेको,’ सर्वोच्चले आदेशमा भनेको छ, ‘सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचनलगायतका प्रक्रिया प्रभावित हुने...।’

एमाले पार्टी कार्यालय भवनविरुद्ध सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन गत बुधबार दर्ता भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको दल एमालेले स्वार्थ बाझिने गरी व्यवसायीबाट पार्टी कार्यालयको जग्गा र भवन बनाइदिने विषय विवादित बनेपछि मुद्दा सर्वोच्च पुगेको हो।

अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले एमाले र भाटभटेनीका सञ्चालक गुरुङविरुद्ध कुनै व्यवसायीले राजनीतिक दललाई दिएको चन्दा, जग्गा, भवनको विषय गैरकानुनी भएको दाबीसहित रिट दर्ता गरेका थिए। कात्तिक १ मा रिट निवेदन दर्ताका लागि पेस रजिस्ट्रार भद्रकाली पोखरेलले सार्वजनिक सरोकारको विषयभित्र नपरेको भन्दै दरपिठ (दर्ता गर्न नमिल्ने) गरिदिएका थिए। सर्वोच्च प्रशासनले दरपिठविरुद्ध इजलासमा निवेदन पेस गरिएको थियो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट निवेदन दर्ताका लागि मंगलबार अनुमति दिएपछि दर्ता भएको थियो। सार्वजनिक सरोकारको विषय हो होइन भन्ने इजलासले नै टुंगो लगाउनुपर्ने निक्र्योल गरेको थियो।

एमालेसँग एकताको कल्पनासमेत नगरेको र माओवादी केन्द्रसँग एकताको परिस्थिति पनि बनिनसकेको उनको भनाइ थियो। ‘एमालेसँग एकता नगर्ने भनेर कसम त खाएको छैन तर कमजोरी, अहम्ता नसच्चिएसम्म त्यो सम्भव पनि छैन। माओवादीसँग पनि तत्काल एकताको सम्भावना छैन। बरु मोर्चा बनाएर जान सकिन्छ,’ उनले भने।

अध्यक्ष नेपालले तत्काल सरकार परिवर्तन हुने सम्भावना पनि नरहेको बताए। शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको आश्वासनमा भुलिरहेको टिप्पणी उनले गरे। ‘पहिले प्रचण्ड (पुष्पकमल दाहाल) लाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔंला भनेर मक्ख पारे, अहिले देउवालाई त्यसै भनेका छन्। शेरबहादुर देउवा पनि त्यही कल्पनामा सुतिरहनुभएको होला। कांग्रेस–एमाले मिलेसम्म अन्य दलले टाउको फुटाए पनि केहि हुनेवाला छैन। त्यसैले तत्काल सरकार परिवर्तन हुँदैन।’

अध्यक्ष नेपालले ओली सरकारको सय दिनमा जनताले महसुस गर्नेगरी केही पनि काम नभएको बताए। ‘सरकारबाट केही पनि गरेको देखिँदैन,’ उनले भने, ‘जनताले यो सरकारले योचाहिँ राम्रो गर्‍यो भनेर भनेका छैनन्। त्यसको ज्वलन्त उदाहरण विपद् र विकास निर्माणको काम हो। जुन नहुँदा जनताले दुःख पाएका छन्।’
अर्को समाचार
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
२५ असार २०८२
•
३ मिनेट पाठ
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
सर्वोच्च अदालतले विशेष अदालतबाट कर फछ्र्योट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतबाट यसअघि भएको फैसला बदर गर्दै पुनः सुनुवाइमा पठाउने आदेश मंगलबार गरेको हो।




अदालतको फैसलासँगै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालगायतको भ्रष्टाचार मुद्दा फेरि विशेष अदालतबाटै सुनुवाइ सुरु हुने भएको हो। कर फछ्र्योट आयोग २०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित तीन जनालाई बिगो र जरिबाना गरी ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ ठहर गरिऐको थियो। विशेषले उनीहरूलाई जनही नौ वर्ष कैद सजाय ठहर गरेको थियो। यो मुद्दा फैसलाका क्रममा त्रुटि भेटिएकाले फेरि सुरु अदालतमै पठाउने आदेश सर्वोच्चले गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असार ९ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले एक अर्ब ३३ लाख २० हजार रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेष अदालतबाट दुई वर्षअघि भ्रष्टाचार मुद्दा ठहर भएपछि चूडामणिसहित डिल्लीबजार जेलमै सजाय काटिरहेका छन्। सर्वोच्चबाट मंगलबार फैसला भए पनि लिखित रूपमा आइसकेको छैन। सर्वोच्चको फैसलासँगै प्रतिवादीहरू जेलबाट छुट्ने वा जेलमै रहने भन्ने निक्र्योल भइनसकेको अदालतले जनाएको छ।

विशेष अदालतको ठहरबमोजिम बिगो र जरिबाना गरेर हरेकका भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार आठ सय ४७ रुपैयाँ तिर्नुपर्ने हिसाब निस्केको थियो। अदालतले ठहर गरेको रकम बुझाउन नसकेपछि थुनामा गएर उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। एक वर्ष अघि सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता भएका थियो। पटकपटक ‘हेर्न नमिल्ने’मा पर्दै आएको मुद्दामा मंगलबारका लागि निसु (निर्णय सुनाउने) डेढ महिनाअघि मिति तोकिएको थियो।

२०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐन २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। आयोगका तत्कालीन पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार रुपैयाँ कर छुट दिएको पुष्टि भएको भन्दै विशेष अदालतबाट मुद्दा ठहर भएको थियो। कर फछ्र्योट आयोगका तत्कालीन पदाधिकारी लुम्बध्वज, उमेशप्रसाद, चूडामणिले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदनसमेत दर्ता गराएका थिए। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन भने मंगलबार खारेज गरिदिएको छ।

सुरु अदालतले तोकेको बिगो र जरिबाना रकम बुझाएर मात्रै माथिल्लो अदालतमा पुनरावेदन निवेदन दर्ता गर्न पाउने कानुनी व्यवस्था छ। यदि बिगो बुझाउन नसके थुनामा बस्नुपर्ने हुन्छ। बिगो रकम धेरै भएकाले तीन जना नै डिल्लीबजार कारागारमा थुनामा गएका थिए। उनीहरू आफूखुसी पुनरावेदन दिन थुनामा बसेका थिए। तर तिनै जनाले सर्वोच्च अदालतमा आफूहरूलाई कानुनविपरीत थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गराएका थिए। सम्बन्धित मुद्दा लगाउमा (एकै ठाउँमा) राखेर फैसला गरिएको हो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस