जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूको काज रद्ध गरेर प्रहरी प्रधान कार्यालयले नारायण चिमोरियालाई पठाएको छ।
कोशी प्रदेशका कांग्रेस नेताहरुले लिम्बूको काज सरुवाप्रति आपत्ति जनाएपछि गृहमन्त्रालयको दबाबमा प्रहरी प्रधान कार्यालयले एसपी चिमोरियालाई मोरङ पठाएको हो।
एसपी नवराज कार्की लेनदेन विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले उनको ठाँउमा लिम्बसलाई काज सरुवा गरेको थियो। तर, तीन दिनमै लिम्बूको सरुवा रद्द गरि चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको हो।
कार्की प्रहरी प्रधान कार्यालय तानिएपछि उनको स्थानमा लिम्बुलाई पठाउँदा कोशी प्रदेशका कांग्रेस नेताहरुले गृहमन्त्री रमेश लेखकलाई फाेन गरेर असहमति प्रकट गरेका थिए।
चिमरिया नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत थिए। मोरङमा काज सरुवा भएपछि उनले गणबाट विदाइ लिएका छन् र १-२ दिनभित्र मोरङमा हाजिर हुने छन्। कात्तिक २ मा प्रहरी प्रधान कार्यालयले एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो।
गृहमन्त्री लेखकलाई कांग्रेस नेताहरूले लिम्बूको सरुवाप्रति आपत्ति जनाएपछि प्रहरी महानिरिक्षक बसन्तकुवंरले आफ्नाे निर्णय सच्चाएका हुन्। लिम्बू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए। उनलाई ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले धम्की दिएका थिए। जो हाल प्रदेशका मन्त्री हुन्।