छविलाल जोशीले प्रहरीलाई भने: पहिले चेक काट्ने रविजीलाई पक्राउ गर्नुपर्थ्याे
०८ असोज २०८१
•
६ मिनेट पाठ
छविलाल जोशीले प्रहरीलाई भने: पहिले चेक काट्ने रविजीलाई पक्राउ गर्नुपर्थ्याे
सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेर पोखरा पठाउने क्रममा पूर्वडिआइजी जोशीले ‘सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ?’ भनेर प्रश्न गरेका थिए। जबाफमा प्रहरीले चाँडै पक्राउ गर्ने बताएका थिए ।




‘उहाँले चेक काट्न म होइन, रकम कसरी आयो भन्ने जानकारी मैले राखेको छैन तर चेक काटेर करोडौं रूपैयाँ उडाउनेले चाहिँ उन्मुक्ति पाउनुभएन नि,’ जोशीको भनाइ उद्धृत गर्दै पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने। साथै उनले रविलाई पक्राउ गरेर मात्र आपूmलाई पक्राउ गर्नुपर्ने बताएका थिए। ‘कानुनी भाषा र अनुसन्धानको पक्षबारे म पनि जानकार छु, रविजीलाई पक्राउ गरेपछि मलाई पक्राउ गर्नुपर्ने हो, मलाई फसाउने रविलाई छाड्ने योजना हो या राजनीतिक सौदाबाजी ? यसो भयो भने राम्रो हुँदैन,’  एक उच्च प्रहरी अधिकारीलाई फोन गरेर भनेका थिए।

उनलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको अनुमति लिएको छ। काठमाडौं महानगरपालिका–१ नक्साल घर भएका पूर्वडिआइजी जोशीले आफू भाग्न नखोजेको बताएका छन्। ‘म भाग्ने भए उहिल्यै भागिसक्थें,’ उनले कास्की प्रहरीलाई भनेका थिए। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा छविलाल जोशीलाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको थियो।

समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।

कास्की प्रहरीले अनुसन्धानका लागि समय लिन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए। ‘म भाग्ने भए पहिला नै गइसक्थें, मलाई जरुरी पक्राउ पुर्जी जारी गरेर ल्याइयो, त्यो जरुरी थिएन। कहीँ जान्नथें, जानु पनि छैन, म बाहिरै रहेर पनि अनुसन्धानलाई असर पर्दैन। मेरो पासपोर्ट अदालतले राखे हुन्छ, तारेखमा रहेर मुद्दा लड्न पाऊँ, सहकारीमा विवाद आउनुअघि नै म सञ्चालकबाट बाहिरिएको थिएँ,’ जोशीले सरकारी वकिल कार्यालयमा भनेका थिए।

विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सरकारसमक्ष पठाउन सभामुखले निर्देशन दिएका थिए। सरकारले पनि तुरुन्तै निर्णय गरेर सम्बन्धित मन्त्रालयलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो। समितिले दिएको प्रतिवेदनअनुसार उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगी ठगी गरेका थिए।

सहकारीबाट मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ ऋण प्रवाह भएको समितिका सभापति सूर्य थापाले सार्वजनिक रूपमा बताएका मात्र छैनन्, प्रतिवेदनमा समेत सोही कुरा उल्लेख छ। साथै सो प्रतिवेदनमा रास्वपाका सांसद शिशिर ढकालले समेत हस्ताक्षर गरेका छन्। सञ्चालकको हैसियतले छविलाल जोशी र रवि लामिछानेको पनि रकम अपचलनमा संलग्नता पुष्टि भएको समितिको ठहर थियो। तर जोशी र लामिछानेले समितिको बैठकमा सहकारीमा आएको रकमबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए।

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। गोर्खा मिडिया दर्ता गर्दा २०७७ भदौ १० गते जिबी राई र छविलाल जोशीले ५०/५० प्रतिशत सेयर लगानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सुरुमा पुँजी पाँच करोड राखिएको थियो।

पुँजी बढाएर १२ करोड पुर्‍याउने प्रक्रियामा छविले आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएका थिए। त्यसपछि जिबीको ५०, छविलालको ३५ र रविको १५ प्रतिशत सेयर कायम भएको समितिको प्रतिवेदनमा उल्लेख छ। रविले सेयर लिन पनि सहकारीकै रकम प्रयोग गरेका थिए। छविलालले आफू प्रहरी परिसरमा कार्यरत रहँदा जिबीसँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग भेट भएको समितिलाई जवाफ दिएका छन्।

२०७५ सालमा सेवानिवृत्त भएपछि जोशी जिबीले चलाएको नेटवर्किङ व्यवसाय नेचर हब्र्समा जोडिएका थिए। उनीसँगै व्यावसायिक साझेदारका रूपमा पछि गोर्खा मिडिया नेटवर्कमा पनि साझेदारी गरेका थिए। समितिको प्रतिवेदनअनुसार छविले बुटबलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रूपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए। वीरगन्जको सानो पाइला सहकारीबाट एक करोड ८६ लाख रूपैयाँ ऋण लिएका थिए। पछि मनमुटाव बढेपछि जोशीले गोर्खा मिडियाबाट अलग भएको दाबी गरेका छन् ।

छविलाल जोशी पक्राउ परेपछि भने रविले आफ्ना कार्यकर्तालाई हाई अलर्टमा राखेका छन्। उनकै सांसद सम्मिलित भएर गरिएको छानबिन समितिको प्रतिवेदनसमेत स्वीकार गर्न तयार भएका छैनन्। उनले आफूमाथि षड्यन्त्र भएको भन्दै कार्यकर्तालाई भ्रम छरिरहेका छन्। छविलाई पक्राउ गरेपछि प्रहरीले सहकारी संस्थामा बचत रकम दुरूपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रविलाई पनि पक्राउको तयारी गरिरहेको छ।

आफूलाई पक्राउको तयारी गरेको सूचना थाहा पाएपछि आइतबार रातभर र सोमबार दिनभर कार्यकर्तावरिपरिी राखेर बसेका थिए। प्रहरीले आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा रहेका लामिछानेलाई पक्राउ गर्ने सूचना दिएको थियो। त्यसपछि उनी आफ्ना नेताहरूसँग छलफलमा बसेका थिए। प्रहरीले लामिछानेको निवास र पार्टी दुवै ठाउँमा निगरानी बढाएको थियो। पक्राउ परिन्छ भनेर उनले आइतबारै कार्यकर्तालाई पार्टी कार्यालय आउन निर्देशन दिएका थिए।

आइतबार प्रहरीले उनलाई पक्राउ गर्ने अवस्था नबनेपछि रविले राति कार्यकर्तालाई सम्बोधन गरेर घरतिर लागेका थिए। त्यसबिचमा उनले आफूलाई पक्राउ नगरिदिन भन्दै कांग्रेस एमालेका नेताहरूसँग हारगुहार गरेका थिए। छविलाल र रविमाथि सहकारीबाट रकम ल्याएर ठगी गरेको, कम्पनी, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिस्ट्रार कार्यालयलाई छल गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

छविलाललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार काठमाडौंबाट पक्राउ गरेर सोही दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो। प्रहरीले जोशीलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न माग गरे पनि जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ।

अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। सरकारले बनाएको सहकारी छानबिन समितिले सहकारीको रकम अपचलन गरेको भन्दै सो सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबहादुर राई (जिबी), छविलाल जोशी, रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेको छ। उनीहरूविरुद्ध सहकारी पीडितहरूले कास्की प्रहरीमा उजुरी हालेका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
६ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस