प्रतिनिधिसभामा दुई साताअघिको बैठकमा प्रवेश पाएको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै सभामुखले जानकारी गराएपछि एमाले र माओवादीबिच जुहारी चल्दा माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गरेको छ। सभामुखले हिंसा शब्द असंसदीय नभएको जानकारी गराएपछि माओवादीले आपत्ति जनाएको थियो।
माओवादीले आपत्ति जनाएपछि सभामुखको निर्णयमाथि प्रश्न गरेको भन्दै एमालेले प्रतिवाद गरेको थियो। माओवादी केन्द्रले सभामुखले गरेको निर्णयमा असहमति जनाइरहेका बेला त्यसको जवाफ सभामुखले नै दिनुपर्नेमा एमालेलाई समय दिएपछि माओवादी केन्द्र झन् आक्रामक रूपमा प्रस्तुत हुँदै संसद् बैठक अवरुद्ध गरेको थियो।
गत भदौ १२ मा एमाले सांसद योगेश भट्टराईले विशेष समयमा १० बर्से माओवादी सशस्त्र हिंसा नभएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य भइसक्ने बताएका थिए। ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेसनमा विस्फोट गरायो र विद्युत् उत्पादन गर्न गएका कतिजना व्यवसायीलाई चन्दा मागेर भगायो,’ भट्टराईले भनाइ राख्ने क्रममा हिंसा प्रयोग भएकामा माओवादी केन्द्रले तत्काल नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गर्यो। केही समयसंसद्मा होहल्लासमेत भयो। सभामुखले यसबारे अध्ययन गरेर निर्णय गर्ने बताएपछि बैठक सुरु भएको थियो। सभामुखले बुधबारको शून्य समयमा भनाइ राख्ने क्रम सकिएपछि हिंसा शब्द असंसदीय वा संसदीय भन्नेबारे निर्णय सुनाए। ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था समितिको बैठकमा भएको छलफल र सचिवालयको रायसमेतका आधारमा विषय प्रसंग र प्रस्तुतिलाई विचार गर्दा हिंसा शब्द असंसदीय नदेखिएकाले संसद्को अभिलेखबाट हटाउनुनपर्ने व्यहोरा जानकारी गराउँछु,’ उनले भने।
सभामुखको निर्णयपछि संसद्मा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निर्णय संविधानविपरीत भएको भन्दै आपत्ति जनाएका थिए। त्यसको प्रतिवाद गर्दै एमाले सांसद रघुजी पन्तले यहाँको संसद्मा हिंसा शब्द पटकपटक प्रयोग भएको भन्दै असंसदीय नभएको बताए। हिंसा शब्द कैयौंपटक प्रयोग भएको छ। आफैं असंसदीय शब्द होइन भनेर बारम्बार भनेको छु।
व्यक्तिलाई तोकेर हिंसात्मक भन्न मिल्दैन, व्यक्तिलाई देखाएर भन्न पाइँदैन तर राजनीतिक रूपमा तपाईंहरूले राजनीति गर्दा व्यक्ति हत्या गर्नुभएको छ भनेर पटकपटक भनेको छु,’ सांसद पन्तले भने। उनले झापामा भएको व्यक्ति हत्या उग्र वामपन्थी भयो भनेर एमालेले स्विकार्दा माओवादीले अहिलेसम्म आफ्नो हिंसाको आत्मालोचना गर्न नसकेको र पटकपटक सभामुखको रुलिङमाथि प्रश्न उठाएको बताए। २००७ सालमा कांग्रेसको नेतृत्वमा कतिपय वामपन्थी सामेल भएर राणाविरोधी आन्दोलन गरियो, त्यस आन्दोलनलाई सकारात्मक रूपमा हेरिएको छ।
यसपछि माओवादी केन्द्रका माधव सापकोटाले बोल्न समय मागे। उनलाई सभामुखले बोल्ने समय नदिएपछि माओवादी केन्द्र आआफ्नो सिटबाट उठेर संसद् अवरोधमा उत्रिएको थियो। माधव सापकोटाले बोल्ने समय माग्दा सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न दिएनन्। त्यसपछि माओवादी सांसदले अवरोध जारी राखेपछि सभामुख घिमिरेले माओवादीबाट एकजनालाई बोल्न अनुमति दिए।
त्यतिबेला माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आफ्नो भनाइ राखे । पौडेलले विगत बल्झाएर शान्ति प्रक्रिया बिथोल्न खोजिएको भन्दै आपत्ति जनाए। संविधानसँग प्रतिकूल हुने शब्दले विगतमा भएको राजनीतिक आन्दोलनको अवहेलना हुने उनको भनाइ छ। त्यसपछि सभामुखले पुनः माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। संविधानबमोजिम हिंसा शब्द नमेटाउने निर्णय संविधानविपरीत भएको दोहोर्याउँदै सभामुखको निर्णय पूर्वाग्रही रहेको बताए।
त्यसपछि सभामुखले एमाले सांसद महेश बर्तौलालाई समय दिए। उनले संसद्मा सभामुखले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । शान्ति–सम्झौता, टिआरसी विधेयकमा माओवादी द्वन्द्वका क्रममा भएको हिंसा शब्दलाई उल्लेख गरिएको भन्दै संसद्मा हिंसा शब्द प्रयोग गर्न पाउनुपर्ने बताए। उनले भने, ‘सशस्त्र द्वन्द्व नै हो र त्यसभित्र ‘हिंसा’ भएका छन्।
गम्भीर मानवअधिकार उल्लंघनका घटना भएका छन्। टिआरसीमा यो कुरा उल्लेख छ । शान्तिसम्झौतामा पनि हिंसा शब्दको उल्लेख भएको छ। यो कुरा हामीले स्वीकार गरेका हौं,’ संसदीय शब्द र असंसदीय शब्दबारे निर्णय गर्ने अन्तिम निर्णयकर्ता सभामुख हो। सभामुखमाथि नै आक्षेप लगाउनु दुःखद् छ,’ उनले भने, ‘सभामुखले लिने निर्णयमाथि प्रश्न उठाउन थालिएपछि संसद्को गरिमा कायम रहिरहँदैन। उनले शान्ति प्रक्रियालाई सरकारले टुंगोमा पुर्याउन खोजेपछि प्रतिपक्षीले साथ दिनुपर्नेमा अल्मल्याउन खोजिएको आरोप पनि लगाए।
तर माओवादी सांसदहरूले संसद् अवरोध जारी राखे। त्यसपछि एमाले र माओवादी केन्द्रबिच एकअर्कातर्फ फर्केर चर्काचर्की भयो। सभामुखले आफूतिर फर्केर कुरा गर्न आग्रह गरे। सभामुख घिमिरेले संसद्मा बोल्ने क्रममा अब शब्द चयनमा ध्यान दिन पनि निर्देश गरेको बताउँदै प्रतिपक्षी सांसदहरूलाई आसन ग्रहण गर्न अनुरोध गरे तर उनीहरूले विवाद गर्न नछाड्ने देखिएपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराउँदै सभामुख घिमिरेले भदौ ३० सम्मका लागि बैठक स्थगित गरेका थिए।
कार्यसूचीमा राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक २०८१ पारित गर्ने र राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने विषय राखेका थिए।