नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र पुरस्कार र दण्डको परिपाटी नहुँदा अराजकता बढेको बताएका छन्। नेपाल किसान महासंघ बाँकेको घोषणासभालाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै उनले भने, ‘पार्टीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कारबाही गर्न सकेनौं, पार्टीप्रति जिम्मेवार हुनुपर्छ भन्ने सोच कसैको भएन।’
कांग्रेस कार्यकर्ताले पार्टीप्रतिको आफ्नो जिम्मेवारी र दायित्वलाई बिर्सन नहुने उनको भनाइ छ।
पार्टीको सबैभन्दा तल्लो तहमा रहेको वडा सभापतिको गतिविधिले नै कांग्रेस बन्ने वा नबन्ने कुराको तय हुने राठौरले प्रस्ट्याए। पार्टीभित्र एक जनाले मात्रै चाहेर कांग्रेस बनाउन नसकिने उनले बताए। पार्टीमा पद ओगट्ने तर आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न बिर्सने परिपाटीको अन्त्य गर्नुपर्ने प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता राठौरले बताए।
अर्को प्रसंगमा देशमा जति विकास भएका छन्, ती सबैमा कांग्रेसको देन भएको दाबी गरे। कानुनीराज्य स्थापना गर्नका लागि लडेको कांग्रेसभित्र कानुनी राज्य बनाउन कोही तयार नभएको उनले बताए।
कांग्रेसले किसान महासंघको महत्त्वलाई बुझ्न नसकेको सह–महामन्त्री राठौरले जोड दिए । ‘किसान महासंघ यति महत्त्वपूर्ण छ, किसान महासंघको वडा सभापतिले राम्रो काम गर्न सक्यो भने भोलि उसले वडाध्यक्ष जित्न सक्छ, पार्टीको वडा सभापति पनि बन्न सक्छ, किसान महासंघको महत्त्वलाई हामीले बुझेकै छैनौं,’ उनले भने।
पछिल्लो समयमा पार्टीको भ्रातृ संगठन किसान महासंघ गतिशील भइरहेको आफूले पाएको नेता राठौरले बताए। बिपी कोइरालाले मात्र किसानको महत्त्व र आवश्यकतालाई बुझेको उनले स्मरण गरे।
‘बिपी कोइरालाले सम्बोधन गर्दाखेरी किसानलाई सम्बोधन गर्नु हुन्थ्यो, किसानमा केन्द्रित भएर निर्णय गर्नुहुन्थ्यो, अहिले त कांग्रेसले किसान महासंघलाई बुझेकै छैन,’ राठौरले थपे।