लमजुङ कारागारमा उडुस र लामखुट्टेको आतंक
०१ भदौ २०८१
•
३ मिनेट पाठ
लमजुङ कारागारमा उडुस र लामखुट्टेको आतंक
लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ। ३५ कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेंसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन्।




मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन। एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान छ। पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन्।

साथै गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरु बताउँछन्। कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडिँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताए।

“यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ। स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुईँमा एकैठाउँमा सुत्दा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ”, उनले भने।

गर्मीका साथै उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गरे। “निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युँझिदा शरीरभरि एलर्जी हुन्छ। एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्दछ”, उनले भने।

खाना खाने ठाउँ खुला रहेको बताउँदै खाना खाँदाखाँदै पानी परे भिजेर खानुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। कारागारका नाइके शम्भुलाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न, खानका साथै स्वास्थ्यमा समस्या हुन थालेको बताए।

उनले भने, “यहाँ उडुस र लामखुट्टे छन्। गर्मीमा बिजुली बत्ती र पर्याप्त पङ्खा नहुँदा गर्मीले बस्न, सुत्न सकिँदैन, ठाउँको पनि अभाव छ”, उनले भने।

कैदी विष्णु गिरी थापाले जीर्ण भवन र पर्याप्त संरचना नहुँदा पानी परेको बेलामा रुझ्दै खाना खानु परिरहेको बताउनुभयो । “गर्मीले उकुसमुकुस बनाउँछ, उडुस र लामखुट्टेले टोक्छन्। कानुनी सजायभन्दा बढी सास्ती यो सजायबाट भइको छ”, उनले भने।

मापदण्डअनुसार आधुनिक संरचना निर्माण गरी कैदीबन्दीको जीवन सहज बनाउन उनले सरोकार भएकासँग आग्रह गरे। “राति जसोतसो बसेर रात कटाउने गर्छौँ, दिउँसोभित्र बस्दा गर्मी, बाहिर निस्किदा घामले पोल्ने समस्या छ। यसरी दिनरात कटाउँदा स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्न थालेको छ”, कैदीबन्दी थापाले भने।

यहाँ भूकम्प गएमा सबै कैदीबन्दी अट्ने खुला ठाउँ नभएको भन्दै भवन र पर्खाल भत्किएर ज्यान जाने त्रासमा सबै बस्ने गरेका उनले बताए। सुरक्षाकर्मीले बस्ने पोष्ट पनि जीर्ण अवस्थामा भएकाले सुरक्षाकर्मीलाई जोखिम रहेको कारागारका निमित्त जेलर सुमिता मरासिनीले बताए।

कारागारको कार्यालयबाट कैदीबन्दी बसोबास गर्ने संरचना चार रोपनी क्षेत्रफलमा फैलिएको कारागार कार्यालयले जनाएको छ। कारागारका निमित्त जेलर मरासिनीले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वाभाविक रुपमा विभिन्न समस्या हुने गरेको बताए।

“कारागार भवन धेरै पुरानो हो, विसं २०७२ मा गएको भूकम्पले कारागारको पर्खाल भत्किएको थियो, अहिले पनि उक्त पर्खाल जीर्ण हुँदा जोखिम उत्तिकै छ”, उनले भने।

कैदीबन्दीलाई उडुस र लामखुट्टे मार्ने औषधि दिने गरिएको बताउँदै जेलर मरासिनीले उडुस र लामखुट्टे नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन नसकेको बताए।

“यसको मुख्य कारण पुरानो कारागार, क्षमताभन्दा बढी कैदीबन्दी, गर्मी र उकुसमुकुसले भएको चिकित्सक बताउँछन्”, उनले भने। निमित्त जेलर मरासिनीले १० महिला र २५ पुरुष गरी ३५ जनाको क्षमता रहेको कारागारमा केही समयअघि २० जना अट्ने एउटा कोठा निर्माण गरिएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या भइरहेको बताए। “हामीले सम्बन्धित निकायलाई यहाँको समस्याका बारेमा जानकारी गराएर समाधानको पहल गरिदन आग्रह गरिरहेका छौँ”, उनले भने।

कारागारमा अहिले पाँच महिला र एक सय आठ पुरुष कैदीबन्दी छन्। तीमध्ये ६१ जना कैदी र ५२ जना थुनुवा रहेको निमित्त जेलर मरासिनीले जानकारी दिए।

उनका अनुसार एक थुनुवा र चार कैदी गरी पाँच महिला, ५७ कैदी र ५१ थुनुवा गरी एक सय आठ पुरुष रहेका छन्।
अर्को समाचार
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
४ मिनेट अघि
•
१ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
काठमाडौं। नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।




कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्न पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा हुने अभिमुखीकरण कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई मङ्सिर १३ गते आइतबार बिहान ११:०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।

काठमाडौं उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए। सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइलमा सन्देशमार्फत पठाइने र सोही लिङ्कबाट निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

देशका ७५३ वटै पालिकामा सञ्चालन गरिने अभियानलाई व्यवस्थित, प्रभावकारी र उद्देश्यअनुरूप अघि बढाउन अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने कांग्रेसले विश्वास व्यक्त गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस