दाहालका पाँच ‘विश्वासका मत’मा कति विश्वास, कति अविश्वास ?
२९ असार २०८१
•
३ मिनेट पाठ
दाहालका पाँच ‘विश्वासका मत’मा कति विश्वास, कति अविश्वास ?
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजामा पहिलो दल बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निरन्तर रहन चाहन्थे । देउवा आफ्नो अडानमा टसमस नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे । 




त्यहाँबाट एमाले लगायतका दलको सहयोग जुटाएर दाहाल सोही दिन प्रधानमन्त्री नियुक्त भए । यसरी सुरु भएको प्रधानमन्त्री दाहालको तेस्रो सत्ता यात्रा शुक्रबार पूर्णविराम लागेको छ । यस दौरानमा उनले प्रतिनिधिसभामा पाँच पटक विश्वासको मतको सामना गर्नुप¥यो । जसमा अन्तिम पटकको विश्वास घटेर दुई अंकमा सीमित भएपछि उनी सत्ताबाट बाहिरिन बाध्य भएका छन् । 

२६८ देखि ६३ सम्म 

प्रधानमन्त्री दाहालले पहिलो पटक विश्वासको मत लिँदा २७५ सदस्यीय प्रतिनिधिसभामा बहाल २७० मध्ये २६८ मत प्राप्त गरेका थिए । ०७९ पुस १० मा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका दाहालले पहिलो पटक विश्वासको मत लिँदा संविधानको धारा ७६(४) को प्रयोग भएको थियो । उक्त प्रयोगमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाहेकका सबै सांसदले उनलाई विश्वासको मत दिएका थिए ।

बाँकी सबैले दलका सांसदले सरकारलाई विश्वासको मत दिएका थिए । 

त्यसको दुई महिनापछि नै राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले नसघाएपछि एमालेले सरकार छाडेको थियो । ०७९ फागुन १६ गते एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि प्रधानमन्त्री दाहालले दोस्रो पटक संविधानको धारा १००(२) बमोजिम ०७९ चैत ६ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए । 

जसमा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी(जसपा)नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिए । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विपक्षमा रहे । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बस्यो।

जसमा संसदमा उपस्थित २६२ सांसदमध्ये १७२  मत विश्वासको मतको पक्षमा खस्यो भने, विपक्षमा ८९ मत खसेको थियो । 

त्यसपछि झन्डै ११ महिना दाहालले निर्बाध सरकार चलाए । एकाएक गएको फागुन २१ गते कांग्रेससँगको गठबन्धन छाडेर दाहाल एमाले, रास्वपासँगको सहकार्यमा जोडिए । त्यसपछि फागुन ३० गते संविधानको धारा १००(२) बमोजिम तेस्रो पटक विश्वासको मत लिएका थिए । जसमा प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११० मत खसेको थियो ।

प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसदहरू प्रभु साह,अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले विश्वासको मत दिँदा  कांग्रेस, राप्रपा, लोसपा, जनमतलगायतले विपक्षमा मत दिएका थिए । 

यस्तै गएको जेठमा सरकारमा सहभागी जसपा नेपाल विभाजन भएपछि प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिए । यति बेला सहकारी ठगी प्रकरण मुद्दाका कारण नेपाली कांग्रेस लगायतका विपक्षी दल संसद अवरुद्ध गर्दै आन्दोलनमा थिए । दाहालले सभामुख देवराज घिमिरेको सहयोगमा मार्सल लगाएर जेठ ७ गते विश्वासको मत लिए । 

जसमा विपक्षी दललाई प्रक्रियामा सहभागी नै नगराई उपस्थित संख्या समेत गणना गरिएन । नतिजा सार्वजनिक गर्दा उपस्थित १५८ सांसदमध्ये सहभागी मतदानमा १५७ जनाले विश्वासको मत दिएको घोषणा भयो । नेपकिपाका तटस्थ बस्यो । 

एमाले, माओवादी केन्द्र, रास्वपा, विभाजित भएर बनेको जसपा, जनमत, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पक्षमा मतदान गरे। त्यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत विश्वासको मत दिए। 

यही असार १७ गते कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति  गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । यस क्रममा शुक्रबार दाहालले पाँचौ पटक विश्वासको मतको सामना गरेका गरेका थिए । जसमा असफल हुँदै दाहाल सरकार ढलेको छ । 

मत विभाजनमा संसदमा उपस्थित २५८  सांसदमध्ये प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत मात्रै खस्यो । विपक्षमा १९४ मत खसेको छ ।
अर्को समाचार
सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ
२९ असार २०८१
•
१ मिनेट पाठ
सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै सङ्घीय संसद सचिवालयबाट पत्र प्राप्त भएको जनाएकी छन् । 




विज्ञप्तिमा नेपालको संविधानको धारा ७७को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दाहाल नेतृत्वको मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको जनाइएको छ ।

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस