प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कुल्चने प्रयासबाट जोगाउन नेपाली कांग्रेससँग आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
‘कांग्रेसका साथीहरूलाई मेरो छुट्टै आग्रह, कृपया संसद चाही बचाउनुहोला,’ उनले भने, ‘दुई दुई संसद विघटन गरिँदा संविधान च्यात्ने दुस्साहस गरिँदा तपाई हामी लडेर बचाएको हो भन्ने नबिर्सिनुहोला।’
‘संविधान नकुल्चेसम्म बहादुर भइँदैन’ भन्ने मान्यता बोकेका नेताहरू रहेको बताउँदै उनले भने, ‘संसद नै निल्ने प्रयास गर्न सक्छन्। हिजो मिलेर जोगाएका हौँ भोलि पनि जोगाउनुपर्छ र आफ पनि जोगिनुपर्छ।’