प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेलाई डरले जोडेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले बताएका हुन्।
‘पहिलो र दोस्रो दल त्यत्तिकै मिलेका होइनन् । डरले मिलेका हुन, भयले मिलेका हुन्,’ उनले भने,‘सरकारले सुशासन कायम गर्न थाल्यो भन्ने डरले तपाईँले यस्तो सहमति गर्नुभयो।’ कांग्रेस–एमालेको सहमति जनताले अनुमोदन गरेको छ कि छैन मूल्याङ्कन गरिएको छ ? भनेर दाहालले प्रश्न गरे।
‘मलाई प्रतिगमन र निरंकुशताको चिन्ता छ। सामान्यतः लोकतन्त्रमा प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदैनन्। संसारभरका अनुभवले पहिलो र दोस्रो दल मिल्दा निरंकुशतातर्फ गएको छ,’ उनले भने।