नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ।
सोमबार प्रदेश सरकारबाट बाहिरिएको एमालेले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएर सहमतिको सरकार निर्माणमा साथ दिन अनुरोध गरेको हो।
मंगलबार एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विज्ञप्ति जारी गर्दै काम चलाऊ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकोले राजीनामा दिन अनुरोध गरेको हो।
मुख्यमन्त्री जम्कट्टेललाई यथाशीघ्र राजीनामा गरी सहमतिको सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको गरिएको छ। एमालेले प्रदेश सरकारलाई दूरगामी महत्त्व राख्ने निर्णयहरु नगर्न अनुरोध समेत गरेको छ। ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी नेकपा एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतिको सरकार निर्माणको वातावरण बनाउन क्रियाशील छौँ’, विज्ञप्तिमा भनिएको छ।
यसैका लागि एमालेबाट बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको शालिकराम जम्कट्टेलको नेतृत्वको सरकारबाट ५ जना मन्त्री फिर्ता हुनुको सातै समर्थन फिर्ता समेत लिइएको नेता थपलियाले बताए। सोमबार एमालेबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए।
एमाले सरकारबाट बाहिरिए पनि मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सिको गर्दै विश्वासको मत लिने तयारीमा रहेका छन्। यद्यपि विश्वासको मत लिने समय भने तोकिएको छैन। केन्द्रमा एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएसँगै यसको असर प्रदेश सरकारमा समेत परिरहेको छ। केन्द्रमा भएको भागबण्डा बमोजिम बागमती प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनेछ।
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ।
आज बसेको बैठकले उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
उनका अनुसार बैठकले दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ। सङ्घीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने र प्रदेशका सिनियर डिभिजनल इञ्जिनियर नवीन सिंहलाई ११औँ तह (सचिव)मा बढुवा गर्ने निर्णय गरेको हो। पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिवस्तरका सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो।
यस्तै, यही फागुन २० गते हुने लदी पर्वको अवसरमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। साथै, वन डढेलो सम्बन्धमा अष्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...