गुणस्तरीय शिक्षामा जोड दिऔं: प्रधानमन्त्री दाहाल
०४ असार २०८१
•
४ मिनेट पाठ
गुणस्तरीय शिक्षामा जोड दिऔं: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।




“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री दाहालले भने, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ।”

उनले कृषि विज्ञानमा भर्ना हुने र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए।

प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गरे।

विश्वविद्यालयले आवश्यकता अनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए।

“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्री दाहालले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ।”

प्रधानमन्त्री दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरे। दाहालले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे।

“राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री दाहालले भने, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपिल गर्छु, राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ। हाम्रा गतिविधि व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ।”

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँनयाँ अवसरको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पारे।

नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवद्र्धन गर्ने कार्यक्रमको साथमा सूचना–प्रविधिमा नवप्रवर्तन कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए।

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने भने। समारोमा उनले आफूले यही पढेको भन्दै स्मरण गरे।

समारोहमा प्रमुख अतिथिको रुपमा आएका सिक्किम स्किल युनिभर्सीटिका उपकुलपति प्राडा अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तरमा पुरयाएको योगदानको चर्चा गरे।

आफ्नो विश्वविद्यालय र यस विश्वविद्यालयको बिचमा सहकार्य गरेर जान सकिने उनको भनाइ थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मीले कृषि तथा वन विज्ञान विश्वविद्यालयले वार्षिकोत्सवको अवसर पारेर गरिएको दीक्षान्त समारोह अबदेखि नियमित हुने बताए। उनी उपकुलपति नियुक्त भएपछि यो तेस्रो दीक्षान्त समारोह गरिएको हो।

दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर र विद्यावारीधि गरी एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्।
अर्को समाचार
कांग्रेसमा अलपत्र महासमिति प्रतिवेदन
३१ जेष्ठ २०८१
•
४ मिनेट पाठ
कांग्रेसमा अलपत्र महासमिति प्रतिवेदन
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनलाई बहाना बनाउँदै सत्ता गठबन्धन परिवर्तन गरेको सय दिन भएको छ।




कांग्रेसले भने महासमिति बैठकबाट संशोधनसहित पारित प्रतिवेदनहरूलाई अझै अन्तिम रूप दिन सकेको छैन। महासमिति बैठकमा प्राप्त सुुझाव समेटेर केन्द्रीय समितिले प्रतिवेदनलाई अन्तिम रूप दिनुपर्छ। तर महासमिति बैठक भएको चार महिना पुग्न लाग्दा पनि सबै प्रतिवेदन अलपत्र परेका छन्।  

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले महासमिति बैठकबाट सुझावसहित पारित प्रतिवेदनका विषयमा छलफल गर्न अहिलेसम्म बैठक नै नबोलाइएको बताए। महासमितिलगत्तै टुटेको सत्ता गठबन्धनलगायत विषयमा छलफल गर्न बैठक आवश्यक रहेको औंल्याउँदै उनले भने, ‘अहिलेसम्म बैठक नबस्दा महासमितिमा आएका सुझाव र पारित प्रतिवेदन अलपत्र परेका छन्। सत्ता गठबन्धन परिवर्तनका विषयमा केन्द्रीय समितिबाट पार्टीको धारणा अहिलेसम्म आउन नसक्नु राम्रो होइन।’

महासमिति बैठकलगत्तै प्रधानमन्त्री दाहालले फागुन २१ गते एमालेसहितका दलसँग मिलेर नयाँ गठबन्धन निर्माण गरेका हुन्। त्यससँगै केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर हुन पुुगेको कांग्रेसले महासमिति बैठकबाट संशोधनसहित पारित प्रतिवेदनलाई अन्तिमरूप दिनसमेत चासो दिएको छैन।

कांग्रेस विधानअनुसार प्रत्येक महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। तर महासमिति बैठकअघि फागुन पहिलो साता केन्द्रीय समिति बैठक बसेको थियो। त्यसपछि फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक भएको थियो।

महासमितिपछि कांग्रेसले जेठ ९ गते केन्द्रीय समिति बैठक राखेको थियो। पार्टी कार्यालय सानेपामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसे पनि महासमितिबाट पारित प्रतिवेदन र प्राप्त सुुझावका विषयमा छलफल भएन। बैठकबाट कांग्रेसले सहकारी ठगीका विषयमा पार्टीको धारणा भने बनायो।

माओवादीले सत्ता गठबन्धन बदल्दा लगाएका आरोपलाई कांग्रेसले कार्यसम्पादन र संसदीय दलमार्फत खण्डन गरेको छ। तर वर्तमान सत्ता गठबन्धनको भविष्यका विषयमा विभिन्न प्रश्न उठिरहेका बेला कांग्रेसले महासमितिबाट संशोधनसहित पारित प्रतिवेदनलाई अन्तिम रूप दिन आनाकानी गर्नुले संशय जगाएको स्रोत बताउँछ।

जुनसुकै बेला पनि कुनै दलसँग मिलेर अघि बढ्नुपर्ने अवस्था आउन सक्ने जनाउँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिलेको तरल अवस्थामा लाइन क्लियर गर्न उपयुक्त अवस्था नभएको सबैको बुझाइ रहेकाले महासमितिबाट संशोधनसहित पारित प्रतिवेदनलाई अन्तिम रूप दिने विषय प्राथमिकतामा नपरेको हो।’

परिस्थिति बिर्गान र बहानाबाजीका लागि साना कुरा पनि काफी हुने जनाउँदै कांग्रेसका ती पदाधिकारीले भने, ‘असारभित्र केन्द्रीय समिति बैठक बोलाएर प्रतिवेदनका विषयमा एउटा धारणा पार्टीले बनाउनेछ।’

महामन्त्री गगनकुमार थापाले पनि असार दोस्रो साता पार्टी केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहेको सार्वजनिक कार्यक्रमा बताएका छन्।

कांग्रेससँगको सत्ता साझेदारी तोड्न माओवादीले महासमिति बैठकमा प्रस्तुत र पारित प्रतिवेदनलाई बहाना बनाएको ती पदाधिकारीले बताए। कांग्रेससँग टाढिएर एमालेसँग नजिकिन प्रधानमन्त्री दाहाललाई उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले ठाउँ दिएको आरोप उनीहरूमाथि लाग्दै आएको छ।

उपसभापति खड्काले महासमिति बैठकमा पेस गरेको प्रतिवेदनमा २०४६ सालको जनआन्दोलनबाट पराजित भएको दक्षिणपन्थी शक्ति र तत्कालीन उग्रवामपन्थीहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएको आर्थिक विकास तथा उन्नति यात्राको प्रस्थान पटक्कै नरुचाएर सशस्त्र हिंसा सुरु गरेको ठहर गरिएको छ।

साथै दृश्य/अदृश्य शक्तिको आडमा २०४७ सालको संविधान र संवैधानिक व्यवस्थाविरुद्ध प्रहारहरू भएको र सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्को दलदलको भासमा फस्न पुुगेको जनाउँदै प्रतिवेदनमा लेखिएको छ, ‘कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरु भयो। विकास र समृद्धिको यात्रा अवरुद्ध भयो। ध्वंस, विध्वंसहरू भए। विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो। यति धेरै क्षति हुने गरी यो विध्वंस आवश्यक थिएन।’

प्रधानमन्त्री दाहालले यही कुरालाई उठाएर कांग्रेस पछाडि फर्कन थालेको आरोप लगाउँदै सत्ता गठबन्धन बदलेर एमालेसहितका दलसँग मिल्नुपरेको दाबी गरेका थिए। कांग्रेसभित्रको एउटा समूहले पार्टीकै नेतृत्वमा माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढेपछि अहिले आएर फेरि उक्त विषय उठाउन आवश्यक नरहेको तर्क पनि गर्दै आएका छन्।

महामन्त्री थापामाथि पनि गठबन्धन भत्काउन भूमिका निर्वाह गरेको आरोप कांग्रेस नेताहरूको छ। लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकहरूमा निर्वाचनअघि र पछि गठबन्धन निर्माण हुनु स्वाभाविक भएको बुझाइ धेरैको छ।

छिमेकी मुलुक भारतमै निर्वाचनअघि निर्माण भएको गठबन्धन निर्वाचनपछि पनि अघि बढिरहेको छ। यो विषयलाई अनावश्यक रूपमा उचालेर महामन्त्री थापाको प्रतिवेदनले परिस्थिति बिर्गान भूमिका खेलेको आरोप कांग्रेसभित्रैबाट लागेको छ।

पार्टी महाधिवेशन २०८२ सालभित्रै गर्ने प्रस्ताव महासमितिमा आएको स्मरण गर्दै अर्का एक पदाधिकारीले भने, ‘८२ सालमा पार्टीको नयाँ नेतृत्व आउँथ्यो, त्यसले नै २०८४ को आम निर्वाचनमा कोसँग गठबन्धन गर्नेनगर्ने निर्णय लिन्थ्यो तर चर्चामा आउन सबै अहिले नै गर्न खोज्दा माओवादीले बहाना पायो। हामीसँगको सत्ता गठबन्धन तोडेर ऊ अलग भयो।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १५ सेकेन्ड अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस