जब राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओको खाजा पुग्यो...
०३ असार २०८१
•
३ मिनेट पाठ
जब राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओको खाजा पुग्यो...
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेतृत्व गरेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाहिरबाट प्रायोजित खाजा ल्याइएपछि हंगामा भएको छ ।  




संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न भन्दै आइतबार बिहान बोलाइएको समिति बैठकमा गैर सरकारी संस्थाले प्रायोजन गरेको खाजा बाँडिएपछि विवाद भएको हो ।  

बैठकको सुरुवात मै कुनै तारे होटलमा झै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, समिति सभापति खतिवडासहित समितिका सदस्यहरु, कर्मचारीलाई नेप्किन, काँटा चम्चासहित विशेष खाजा बाँडिएको थियो । बैठक कक्षमा प्रवेश गर्ने बित्तिकै पाइलट पेन र डायरी पाएका समिति सदस्यहरु फेरि तारे होटलको झल्को दिने गरी खाजा बाँडिएपछि आश्चर्यमा परेका थिए ।  

खाजाको विषयमा कांग्रेस सांसदहरुले नै पहिलो प्रश्न उठाएका थिए । सभापति खतिवडाले गृहमन्त्री लामिछाने आएकाले विशेष व्यवस्था गरेको जवाफ दिएपछि सांसद हृदयराम थानीले राज्य व्यवस्था जस्तो संसदकै महत्त्वपूर्ण समितिमा यसप्रकारको खाजाको व्यवस्थाले गम्भीर बनाएको बताएका थिए । उनले भने, 'सधैं कालो चिया आउने ठाउँमा आज काँटा चम्चा आएको छ । काँटा चम्चाले त ऐन नबन्ने भयो नि !'  

थानीसहितका सांसदहरुले समितिमा यसरी खाजा खुवाउन थाल्ने हो भने अन्य समितिले पनि माग गर्ने र त्यसको सन्देश गलत जानेभन्दै सभापति खतिवडाको ध्यानाकर्षण गराएका थिए । सोपछि भने एकपछि अर्का सांसदले खाजाबारे सभापति खतिवडा र समिति सचिव सुरज दुरालाई प्रश्न राखेका थिए ।  

खाजको व्यवस्थाप्रति गम्भीर बन्दै गृहमन्त्री लामिछानेले समेत प्रष्ट पार्न सभापति खतिवडाको ध्यानाकर्षण गराएका थिए । उनले भने, 'यहाँ नयाँ चिज देखियो । यसबारे प्रस्ट पार्नुपर्‍यो ।'  

खाजा अवधिभर बैठक कक्षको सम्पूर्ण ढोकासमेत बन्द गरिएपछि शंका बढेको एक सदस्यले जानकारी दिए । सभापति खतिवडाले खाजा आन्तरिकरूपमा व्यवस्थापन गरिएको बताए पनि मान्न तयार नदेखिएका सांसदहरुले बारम्बार खेरेपछि समिति सचिव दुराले खाजा प्रायोजित भएको जवाफ दिएका थिए । त्यसपछि भने विवाद थप बढेको थियो ।  

राज्यका जुनसुकै तह र तप्काका मानिस, जुनसुकै निकायलाई बोलाएर सोधपुछ गर्ने अधिकार रहेको समितिमा यसरी बाहिरबाट खाजा ल्याएर बाँडिनु गलत भएको भन्दै सांसदहरुले गम्भीर प्रश्न उठाएका थिए । खाजको विषयमा विवाद सुरु भएपछि बैठक कक्षमै रहेका प्रायोजकले स्पष्ट पार्ने प्रयास गरेको समितिका ती सदस्यको भनाइ छ। जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने संस्था एलएक्सपिटीडीका प्रतिनिधिले आफूहरुले खाजाको व्यवस्था गरेको जानकारी गराउँदै कुनै विषयमा होटलमा लगेर छलफल गराउने भन्दा समिति बैठकमा छलफल सहज हुने भएकाले उक्त व्यवस्था गरेको उल्लेख गरेका थिए ।  

आयातित खाजाको विषयले रुष्ट बनेका गृहमन्त्री लामिछानेले मिनि संसदका रूपमा रहेको समितिमा खाजा ख्वाएर छलफल गराउन खोज्नु शंकास्पद रहेको भन्दै बैठक बहिस्कार गरेपछि केहीबेर समिति बैठक अस्तव्यव्यस्त बनेको थियो । मन्त्री लामिछाने नै मन्त्रालयतर्फ लागेपछि अन्य सांसदहरूले पनि एकपछि अर्को गर्दै बैठक छाडेका थिए ।  

सांसदहरूले खाजा खुवाउने भए अर्थ मन्त्रालयबाट बजेट मागेर ल्याउन समिति सभापति खतिवडा, समिति सचिव दुरासहितका कर्मचारीलाई सुझाव दिएका थिए । 

बैठक स्थगित भएपछि नागरिक न्युजसँग कुरा गर्दै समिति सभपाति खतिवडाले खाजाको व्यवस्थापनबारे आफूलाई जानकारी नभएको बताए । आन्तरिक छलफल र सल्लाह नै नगरी गृहमन्त्री बैठकबाट बाहिरिएपछि स्थगित गर्नु परेपछि कुनै एनजीओलाई राज्य व्यवस्था समितिको बैठकमा प्रवेश गर्न नदिने उनको भनाइ थियो । 

उनले भने, 'यस प्रकारको व्यवस्थापन संसद सचिवालयबाट हुनु पर्ने थियो । उनीहरु सिधैं आएका रहेछन् । सुन्नमा आएको छ, उनीहरुले अरुपनि केही समितिमा यसरी नै खाजाको व्यवस्था गरेका रहेछन् , तर राज्य व्यवस्थामा आब यो चल्दैन ।'
अर्को समाचार
सूर्यदर्शन सहकारी ठगी : रविसहितको बयान आज
०९ पौष २०८१
•
१ मिनेट पाठ
सूर्यदर्शन सहकारी ठगी : रविसहितको बयान आज
सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान आज लिइने भएको छ।




पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका उनीहरुको बयान जिल्ला अदालत कास्कीमा सोमबारदेखि चलिरहेको छ। प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा सोमबार जोशीको मात्र बयान लिइएको थियो। 

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार जोशीबाहेक अन्य प्रतिवादीको बयान आजदेखि सुरु हुनेछ। सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुने उनले जानकारी दिए। यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । 

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ। 

यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर  भएको छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस