प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको मागमा नै अडिग रहने निर्णय गरेको छ।
संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा नै अडिग रहने निर्णय गरेको हो।
त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ। हिजो सांसदबीच धकेलाकेलको अवस्था समेत बनेको थियो।