वार्ता र कूटनीतिक तहबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
०२ जेष्ठ २०८१
•
४ मिनेट पाठ
वार्ता र कूटनीतिक तहबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ट छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध; आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएकोे सम्बन्ध नेपाल–भारत सम्बन्धका विशेषता रहेको बताएका छन्।




परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृंखलाको मङ्गलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए।

नेपाल–भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृंखलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, ‘तर दुई देशबीच इतिहासले छाडेका केही मुद्दा छन्, जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ। यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्ने छ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ।’

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए।

उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए। पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै उनले ऊर्जाको क्षेत्रको साझेदारी महत्वपूर्ण छ भने।

उनले भने, ‘नेपालको जलविद्युत्  उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ। व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ। हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ।’

दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले व्यापार घाटा बढ्दै गएको  तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको बताउँदै मन्त्री श्रेष्ठले  नेपालमा लगानी सुरक्षित र लाभदायक रहेको उल्लेख गरे।  नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीबाट मनग्य रकम फिर्ता लगेका बताउँदै उनले नेपाल लगानीको आकर्षक गन्तव्य बनेको उल्लेख गरे।

सूचना प्रविधिको क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै परराष्ट्रमन्त्रीले युवा जमातलाई यसतर्फ आकर्षित गर्न शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य आवश्यक भएको विचार व्यक्त गरे।

नेपालको विकास र आर्थिक समृद्धि पनि छिमेकीको हितमा हुने बताउँदै उनले  शान्तिपूर्ण छिमेक नेपालको चाहना हो भने। नेपालको समृद्धिका निम्ति  छिमेकी र अन्तर्राष्ट्रिय समुदायको  सहयोग अपरिहार्य भएको बताए। उनले प्राध्यापक मोहनको व्यावहारिकतामा आधारित भारत–नेपाल सम्बन्ध फलदायी हुने सुझाव मननीय छ भने।  

प्राध्यापक मोहनको नेपाल र भारतका विश्वव्यापी चुनौती समान रहेका तथा दुवै देशले तिनको सामना गरिरहेको बताए। उनले विशाल राष्ट्रका शक्तिको द्वन्द्वबाट  साना देशहरू प्रभावित भएका बताउँदै राजनीतिक नेतृत्वले त्यसको निदान सावधानीपूर्वक खोज्नुपर्नेमा जोड दिए। 

काठमाडौं र नयाँदिल्लीले बेइजिङबाट सिक्नुपर्ने विचार व्यक्त गर्दै उनले चीनले आवश्यकताअनुसार रुस र अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाएको बताए। अहिले बेइजिङको सम्बन्ध वासिङ्टनसँग चिसिएको भए पनि मस्कोसँगको सम्बन्ध सुदृढ रहेको वास्तविकता सुनाए।  

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले क्षेत्रगत ज्ञान अभिवृद्धि, देशको विद्यमान परराष्ट्र नीति र अभ्यासकाबारे विद्वत् वर्गसँग बहस गर्न यस प्रकारको प्रवचन आयोजना गरिएको बताए।  

नेपालको बाह्य सम्बन्ध विस्तारमा योगदान गरेबापत सरदारको पदवी पाउनु खनाल दुई कार्यकाल परराष्ट्र सचिव तथा चीन, भारत तथा संयुक्त राज्य अमेरिकामा राजदूत भएर राष्ट्रसेवा गरेका थिए। मुलुकका  ख्यातिप्राप्त कूटनीतिज्ञ प्राध्यापक खनालको नाम र सम्मानमा परराष्ट्र मन्त्रालयले यो प्रवचन शृंखला सुरु गरेको हो। –रासस
अर्को समाचार
रुसी सेनाबाट नेपालीलाई फर्काउन रुस सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ
०५ जेष्ठ २०८१
•
२ मिनेट पाठ
रुसी सेनाबाट नेपालीलाई फर्काउन रुस सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ
मित्रकुञ्जको स्मारिकाको विमोचन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहित अन्य। तस्बिर: नागरिक
रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ताका लागि पहल भइरहेको र यसमा रुस सरकार सकारात्मक रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। मित्रकुन्जले आयोजना गरेको एक कार्यक्रममा शुक्रबार बोल्दै उनले त्यसो भनेका हुन्।




जारी रुस युक्रेन युद्धको क्रममा रुसी सेनामा भर्ती भएका कतिपयले ज्यान गुमाएको, घाइते भएको र विभिन्न खाले दुःख पाएको चर्चा गर्दै उनले यो विषयलाई रुसी सरकार र नेपालस्थित रुसी राजदूतावासको ध्यानाकर्षण गराइएको उनले बताए। उनले रुस र युक्रेनबीच रहेको विद्यमान द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा नेपाल रहेको बताए।

पूर्वसोभियत संघ र वर्तमान रुसी फेडेरेसनसँग नेपालको सम्बन्ध अत्यन्त राम्रो रहेको चर्चा गर्दै दुई देशको सम्बन्ध कुनै राजनीतिक विचारधाराको आधारमा नभई दुई देशका जनताबीच परस्पर सम्बन्ध अत्यन्त सुमधुर रहेको उनले बताए।

विगतमा हजारौं नेपालीले रुसमा अध्ययन गरेर नेपालको विकासमा योगदान दिएको चर्चा गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले रुसमा पढेर फर्केकाले स्थापाना गरको संस्था मित्रकुन्ज आफैंमा एक स्थापित नाम भएको बताए।

‘यो संस्थाले प्राज्ञिक छलफल मात्र चलाएको छैन, जनस्तर र द्विपक्षीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने। मित्रकुन्जको ५७औं वार्षिकोत्सक, छैटौँ एसियाली क्षेत्रको बैठक एवं विज्ञान, प्रविधि तथा सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रुस, मंगोलिया, वेनिन, बंगलादेश, श्रीलंका, पाकिस्तान, भारतलगायत देशबाट प्रतिनिधि सहभागी रहेका छन्।

उक्त कार्यक्रममा बोल्दै मित्रकुन्जका संस्थापक अध्यक्ष निलाम्बर आचार्यले देशका विभिन्न भागमा क्षेत्रीय च्याप्टरसमेत रहेका मित्रकुन्जले गरेको कार्यको सबैले प्रशंसा गरेको बताए।

नेपालका लागि रुसी फेडेरेसनका राजदूत अलेक्सेई नोभिकोभले मित्रकुन्जले दुई देशबिचको सांस्कृतिक आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान गरेको बताउँदै यसलाई भविष्यमा पनि निरन्तरता दिन आवश्यक रहेको बताए।

मित्रकुन्जका अध्यक्ष महेशप्रसाद पाण्डेले स्थापनाको ५७औं वर्षको अवसरमा एसियाली क्षेत्रको बैठक तथा विज्ञान, प्रविधि एवं सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए।

रुसमा अध्ययन गरेका विभिन्न देशका विज्ञहरूले उक्त तीन दिने सम्मेलनको दौरानमा चिकित्सा क्षेत्र, इन्जिनियङि तथा सुशासनलगायत विषयमा २४ वटा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमा छलफलसमेत हुने उनले बताए।

रुसमा अध्ययन गरेका ७ हजारभन्दा बढी नेपाली मित्रकुन्जसँग आबद्ध रहेका छन् भने यो संस्थाले विज्ञान, प्रविधि, ज्ञान व्यवस्थापन, कला तथा संस्कृतिको प्रवर्धनमा काम गर्दै आएको छ।

सम्मेलनको उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले मित्रकुन्जले प्रकाशन गरेको स्मारिकाको विमोचन गरेका थिए भने रसियन सोसाइटी फर को–अपरेसन एन्ड फ्रेन्डसिपका तर्फबाट दुई देशको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस