७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गण्डकी सरकार गठनविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी, कोशीको सुनुवाइ पनि आजै

गण्डकी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ । कोशी सरकार गठनविरूद्ध परेको रिटमा पनि शुक्ररबार नै सुनुवाइ हुनेछ । 

कोशी सरकार गठनविरुद्ध दायर रिट न्यायाधीश हरि फुयाल र गण्डकी सरकारविरुद्ध दायर रिट न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् । कोशीमा बिहीबार नै एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।  

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । 

मुख्यमन्त्री अधिकारी र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर रिटमा ६० सदस्य प्रदेश सभामा ३० सदस्यले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्री नियुक्ती बदरको माग गरिएको छ । 

अधिकारीले गत आइतबार विश्वासको मत लिनेक्रममा सभामुख कृष्ण धितालले ३० सांसदको समर्थनलाई बहुमत भनी घोषणा गरेका थिए । सोही घोषणाविरुद्ध कांग्रेस गण्डकीले सर्वोच्चमा रिट दायर गरेको हो । 

प्रकाशित: २८ वैशाख २०८१ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App