एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी
०९ वैशाख २०८१
•
१ मिनेट पाठ
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी
नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी रहने छ। शनिवारबाट ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ। 




बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी छन्।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भइरहेको परिषद् बैठकको पहिलो दिन राजनीतिक र साङ्गठानिक प्रतिवेदन प्रस्तुत भएका थिए।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने छ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत हुने छ। प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन्।

मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न  सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने छ।
अर्को समाचार
एकताका पक्षमा दबाब दिने नै दबाबमा
०५ भदौ २०७८
•
४ मिनेट पाठ
एकताका पक्षमा दबाब दिने नै दबाबमा
नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन्। तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन्।




ती नेताहरू पार्टी एकताको पक्षमा भन्दै ओली र नेपाल दुवै पक्षबाट अलग देखिएका छन्। ओली र नेपाल दुवैले आआफ्नो बाटो समाउने तयारी गरेपछि थप दबाबमा परेका उनीहरूले शुक्रबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबाब बढाएका छन्। उनीहरूले अध्यक्ष ओलीलाई नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथि कारबाहीका लागि गरिएको सिफारिस फिर्ता लिएर विवाद समाधानका लागि १०बुँदे समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन्। नेता नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया स्थगन गरेर एकताको पक्षमा आउन उनीहरूले आग्रह गरेका छन्।

केन्द्रीय कमिटीका सदस्य र सांसदको भेलाले दुई दिनभित्र १० बुँदे समझदारी अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको छ। १० बुँदेसँगै सहायक डकुमेन्टका रूपमा माइन्युट गरिएको जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘त्यसअनुसार तत्काल २०७५ जेठ २ गतेअघिको स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे समझदारी अनुमोदनपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्य थप गरेर अर्को बैठक बोलाउनुपर्छ।’  

तर, अध्यक्ष ओलीले दुई दिनभित्र १० बुँदे समझदारी कार्यान्वयन गर्ने सम्भावना कम रहेको उनीहरूको बुझाइ छ। त्यसमा पनि २०७५ जेठ २ गतेअघिको स्थायी कमिटी बैठक बोलाएर उनीहरूले भनेजस्तो पार्टी एकता जोगाउन अध्यक्ष ओली लचिलो नबने असन्तुष्टभित्रका पनि असन्तुष्ट नेताहरू थप दबाबमा पर्ने एक नेताको बुझाइ छ। ‘दुवै नेताहरू (ओली र नेपाल) ले आआफ्नो बाटो समाइसक्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘दुवै आआफ्नो अडानमा अडिए पार्टी एकताको पक्षमा कहिलेसम्म कराउने, हाम्रा लागि पनि चुनौती छ।’

अध्यक्ष ओलीले १० बुँदे समझदारीको जगमा नेता नेपाल र नयाँ पार्टी दर्ता प्रक्रियामा सहभागी नभएका नेताहरू सबैलाई एमालेमै रहनका लागि एकपटक ढोका खोल्नुपर्छ भन्ने आफूहरूको बुझाइ रहेको ती नेताले बताए। तर, अध्यक्ष ओली त्यति लचकताका साथ प्रस्तुत हुने सम्भावना नरहेको विश्लेषण सुनाउँदै ती नेताले भने, ‘हामीलाई फेस सेभिङका लागि अध्यक्ष ओलीले कुनै पनि बाटो दिनुभएन भने त्यो पार्टीमा बस्नुको कुनै अर्थ हुँदैन।’ पार्टी एकताको पक्षमा उभिएका नेताहरूले पनि त्यसपछि नेता नेपाललाई साथ दिनुपर्ने वा अर्को विकल्प खोज्नुपर्ने अवस्था आउने बताउँदै ती नेताले थपे, ‘आगामी साताभित्र हामीले पनि हाम्रो बाटो स्पष्ट गर्नुपर्ने अवस्था छ।’

महाराजगन्जस्थित पाटी प्यालेसमा भएको भेलाले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ। भेलापछि एमाले सचिव गोकर्ण बिष्टले कार्यदलले पार्टी एकताका लागि प्रस्ताव गरेको १० बुँदे समझदारी अक्षरशः कार्यान्वयन र एमालेलाई एकजुट गर्न आफूहरू लागिपर्ने बताए। पार्टी एकताका लागि नेपाललाई दल दर्ता निवेदन फिर्ता लिन लगाउने र अध्यक्ष ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने उनले बताए। ‘हामी केन्द्रीय कमिटीका सदस्य र सांसद गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाही र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गरेका छौंं,’ उनले भने, ‘सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश कुनै हालतमा स्वीकार्य हुँदैन, त्यो खारेज गर्नुपर्छ।’

भेलामा एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य र बिष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्तसहित ५७ नेता र सांसद सहभागी रहेको जनाइएको छ। भेलामा सहभागी ज्ञवाली, शाक्यसहितका अधिकांश नेताले विगतमा नेता नेपाललाई साथ दिएका थिए। तर, बुधबार एमालेबाट अलग हुँदै नेता नेपाल नयाँ दल दर्ता गर्न आयोग पुग्दा उनीहरू भने पार्टी एकताको पक्षमा उभिएका छन्।  

सनाखत गर्न आयोगले डाक्यो

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेताहरूलाई हस्ताक्षर सनाखतका लागि अर्को साता कार्यालयमा डाकेको छ। एमाले त्यागेर नयाँ दल दर्ता गराएका नेपाल र जनता समाजवादी पार्टी छाडेर नयाँ दल दर्ता गराएका ठाकुर पक्षका नेताहरूलाई सनाखतका लागि आयोगले यही भदौ ९ गते बिहान साढे ११ बजे कार्यालयमा बोलाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अलगअलग दल दर्ताका लागि आवेदन दिएका नेता नेपाल र नेता ठाकुर पक्षलाई सनाखतका लागि बोलाइएको बताए। ‘उहाँहरूले दल दर्ताका लागि आयोगमा आवेदन दिँदा जजसले हस्ताक्षर गर्नुभएको छ, उहाँहरूको सनाखतका लागि बुधबार बिहान साढे ११ बजे आयोगमा बोलाएका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘सनाखत सकिएपछि हामीले आयोगमा पेस गर्छौं र सोही अनुसार आयोगले दल दर्ताको निर्णय गर्छ।’

श्रेष्ठले दल दर्ताका लागि आयोगमा प्रस्ताव गरिएको नाम जुधेपछि नेपालले पार्टीको नाम बदलेर नेकपा एकीकृत (समाजवादी) बनाएका छन्। त्यस्तै ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी प्रस्ताव गरेका छन्। यसअघि नेपालले नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी (लोकतान्त्रिक) प्रस्ताव गरेका थिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस