दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन्। इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिएका हुन्।




गृहमन्त्री लामिछानेले शान्ति,सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिए। ‘तपाईंहरु कोही कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोला,कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नुहोला,कानुबमोजिम काम गर्न गृहमन्त्रीको निर्देशन र आदेश पर्खिरहन पर्दैन’,उनले भने,‘तपाईंहरुको अबको प्रगति विवरण कागजमा होइन, तथ्याङ्कमा आउनुपर्‍यो।’

सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिए। उनले पीडितको पक्षमा राज्य छ भन्ने अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड  दिए। ‘तपाईहरुले कानुनको पालना गराउनुहोस्, कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन’, उनले भने।

गृहमन्त्री लामिछानेले आफूहरु जनताका लागि काम गर्न सरकारमा सहभागी भएको उल्लेख गर्दै मन्त्रालय मातहतका निकायले प्रगति विवरण कागजले बोल्ने,मन्त्रीले अनुभूत गर्ने खालको नभई जनताले परिवर्तन भयो भन्ने प्रत्यक्ष रुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिए। उनले सुशासन,सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, लागुऔषध एवं अवैध चोरीनिकासी नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए।

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आएका हुन्। रास्वपाले उक्त क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघि उनी शनिबार किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुगेका थिए।

-रासस
अर्को समाचार
सुरक्षा संयन्त्र बैठकको निस्कर्षः राजनीतिक जस लिन लघुवित्त पीडितलाई सांसदले नै संसद् भवनमा भित्र्याए
१५ फागुन २०८०
•
३ मिनेट पाठ
सुरक्षा संयन्त्र बैठकको निस्कर्षः राजनीतिक जस लिन लघुवित्त पीडितलाई सांसदले नै संसद् भवनमा भित्र्याए
नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका रहेको खुलसा भएको छ।




सुरक्षाकर्मीहरुले सुरक्षाका कडाइ गर्न खोज्दा गृहमन्त्री श्रेष्ठले नै रोकेको खुलसा भएको हो। नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएपछि गृह मन्त्रालयमा सोमबार साँझ भएको भएको सुरक्षा प्रमुखहरुको आकस्मीक बैठकमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले नाम उल्लेख नगरी गृहमन्त्रालयकै उच्च तहबाट उनीहरुलाई हिडडुल गर्न आदेश आएकाले यो दूर्घटना भएको बताएका थिए।

‘यो तहको सुरक्षा कमजोर बनाउन राजनीतिक तहकै भूमिका छ, सांसदहरुले उनीहरुलाई भित्र लिएर जानु भएको छ, हाम्रो माथिल्लो तहबाट उनीहरुलाई नियन्त्रण नगर्नु भन्ने आदेश छ, अब कमजोरी कसको हो सुरक्षा निकायको कि राजनीतिक तहको यो हदको कमजोरीमा प्रहरीलाई दोष दिएर उम्किने ठाउँ छैन’, प्रहरी महानीरिक्षक कुँवरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। संसद भवनभित्र  आन्दोलनकारी कसरी प्रवेश गरे भनेर गृहमन्त्रीले सोधेको प्रश्नमा आइजीपी कुँवरले राजनीतिक सौदाबाजीकै कारण यस्तो दूघर्टना भएको जवाफ दिएका थिए।

नेपाल प्रहरीले लघुवित्त पीडितहरुलाई सिफलस्थित चौरमा मात्र विरोध गर्न दिने बाहिर निस्कन नदिने बताइरहँदा गृहमन्त्री श्रेष्ठले उनीहरुलाई हिडडुल गर्न दिनु भन्ने आदेश दिएको थिए। संसद भवनमा लघुवित्त पीडितहरु छिरेर आन्दोलन गरेपछि गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए।

बैठकमा अघोषित रुपमा गृहमन्त्रीकै आलोचना भएको थियो। बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए। साथै मन्त्रालयका शान्ति सुरक्षा सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई लगायत पनि बैठकमा छन्। बैठकमा सहभागी एक अधिकारीका अनुसार, मन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग सोमबार संसद् भवनमा भएको घटनाबारे जानकारी मागेपछि आइजीपी कुँवरले राजनीतिक सौदाबाजीको नाममा सुरक्षाकर्मीलाई मोहोरा बनाउन नहुने धारणा राखेका थिए।

‘बाहिर सबै सुरक्षा व्यवस्था ठिक छ, संसद भवनमा रहेका सुरक्षाकर्मीहरुलाई पेलेर सांसदहरुले जसरी भित्र लैजानु भ यो त्यो निन्दनीय छ, त्यसका सत्ता पक्षमा सांसदहरु हुनुहुन्छ, उहाँलाई पहिला कारवाही गर्नुपर्छ’, आइजीपी कुँवरको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ‘गृहमन्त्रालयको आन्तरिक बैठकमा प्रहरी महानीरिक्षक यसरी प्रस्तुत भएको यो नै पहिलो पटक हो।’ स्रोतका अनुसार पहिलो पटक गृहमन्त्रीसँग आइजीपीले सवाल जवाफ गरेका थिए।

प्रहरीका अनुसार बाहिर सुरक्षाकर्मीहरु तनाथ भएका बेला सांसदहरुले लघुवित्त पीडितहरुलाई आफ्नो मान्छेका रुपमा भित्र लगेर प्रर्दशन गर्न लगाएका थिए । संसद भवन बाहिर प्रर्दशन गर्न खोज्ने ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिई वानेश्वर वृत्तमा राखेको थियो। तर सांसदसँगै भित्र पसेकालाई भने बाहिर रहेको सुरक्षाकर्मीले नियन्त्रणमा लिने अवस्था थिएन। ‘संसद भवनको सुरक्षा गर्न छुट्टै यूनिट छ उसैले हेर्ने हो, लघुवित्त पीडितहरू सिफलमा बस्दै आएका थिए। उनीहरूले केही दिनयता काठमाडौँमा आन्दोलन गर्दै आए पनि आजका लागि कुनै कार्यक्रम तय भएको थिएन।

सुरक्षा स्रोतका अनुसार विरोध प्रदर्शनका कार्यक्रम तय नभएपनि प्रहरीले सुरक्षा दिइरहेको थियो। गृहमन्त्रीकै तहबाट उनीहरुको प्रर्दशनलाई नरोक्नु भनेपछि प्रहरीले सिफलको सुरक्षामा केही कमी गरेको थियो। ‘उनीहरुलाई रणनीतिक रुपमा भित्र लगेर प्रर्दशन गराउन सत्ता पक्षका सांसदहरु नै लागेका रहेछन्, उनीहरुको सहयोगमा भित्र पसे केही सामान किनिरहेको निहुँमा वानेश्वरमा भेला भएकाहरुले भित्री सुरक्षाको कमजोरीको फाइदा उठाए’, काठमाडौ परिसरका एक प्रहरीले भने। ती प्रहरीका अनुसार दूर्गा प्रसाईको आन्दोलनलाई नियन्त्रण गर्ने आदेश थियो, त्यही अनुसार प्रहरी परिचान भयो, उनको आन्दोलनलाई नियन्त्रणमा लियो, लघुवित्त पीडितको नाममा आएका उनीहरुलाई धरपकड नगर्न, जता जान पनि छुट दिने आदेश आयो, यस्तो दुर्घटना भयो।

‘राजनीतिक दलका नेताहरु यसको जस लिन चाहन्छन् सुरक्षा संवेदशीलतको ख्याल गर्दैन, दूघर्टना भएपछि प्रहरीको कमजोरी देखाएर उम्किन खोज्छन्’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। गृहमन्त्रीले हामीले कानुन बनायौ, हामीले नै यसको समाधान गर्नै हो भन्दै उनीहरुको आन्दोलनलाई प्रोत्साहन गर्नु भएको छ।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस