बाबुरामको नियति नै विभाजन !
०४ चैत्र २०८०
•
३ मिनेट पाठ
बाबुरामको नियति नै विभाजन !
डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ। महिन्द्र यादव पक्षले अध्यक्ष भट्टराईलाई नै ‘बाइपास’ गरी नेसपालाई नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा लैजाने निर्णय गरेको छ।




नेसपा यादव पक्ष र माओवादी केन्द्रले शनिबार दुई पार्टीबीच एकताका लागि लिखित सहमति गरेका छन्। यो सहमतिसँगै अब आधिकारिक नेसपा कसको भन्ने विवाद सुरु भएको छ।

यादव पक्षले आधिकारिक नेसपा आफू नेतृत्वको भएको र माओवादीसँग एकताको निर्णय बहुमतबाट भएको दाबी गरेको छ। भट्टराई पक्षले भने शनिबारको सहमतिलाई पार्टी एकताको नभई केही व्यक्ति माओवादी केन्द्रमा प्रवेश भनेको छ।

भट्टराईको राजनीतिक जीवन सन् १९७७ मा प्रवास (भारत) बाट सुरु भएको हो। सन् १९७७ मा उनी अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्ष भएका थिए। त्यसयता आबद्धता र स्थापना गरी उनका १२ वटा पार्टी भइसकेका छन्। सन् १९८१ मा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

पार्टीमा उनको पहिलो आधिकारिक संलग्नता त्यही थियो। त्यसयता पार्टी फेर्ने र नयाँ गठन गर्ने क्रम हालसम्म जारी छ। नेकपा माओवादीको स्थापनाकालदेखि २०७२ सालसम्म उनी त्यसैमा रहे। भट्टराई संयुक्त राष्ट्रिय जनआन्दोलनको केन्द्रीय प्रवक्ता भए।

नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठनको नेतृत्वमा पनि उनी रहे। यसैगरी उनको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र), संयुक्त जनमोर्चा, नयाँ शक्ति पार्टी, समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) मा पनि रह्यो।

संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलग्गिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै उनले समाजवादी पार्टी नेपाल गठन गरे।

२०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भयो। उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भयो।

महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए। जसपामा उपेन्द्र यादव यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला भट्टराईले फेरि नयाँ पार्टी गठन गरे।

जसपामा विवाद चर्किएपछि भट्टराई पक्षीय नेताहरूले २०७८ माघ १० गते समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए। २०७८ फागुन १० गते उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। २०७९ असारमा उक्त पार्टीको नाम परिवर्तन नेसपा बनाइएको हो।

आरोप–प्रत्यारोप

भट्टराई पक्षले यही चैत ४ मा कार्यकारिणी समिति र ५ मा केन्द्रीय समिति बैठक बोलाएको छ। भट्टराईले बोलाएको बैठकमा सहभागी नहुने घोषणा यादव पक्षले गरेको छ। कार्यकारिणी समितिको बैठक बस्ने अघिल्लो दिन यादव पक्षले माओवादीसँग पार्टी एकताको घोषणा गरेको हो।

माओवादी र यादव पक्षबीच शनिबार भएको सहमतिलाई भट्टराई पक्षले माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक बचपन भनी टिप्पणी गरेको छ।

‘उहाँ (दाहाल) जत्तिको मान्छेले नेसपाका दुई–तीनजना मान्छेलाई भिœयाएर पार्टी एकताको घोषणा गर्नुभएको छ। यो भनेको उहाँहरूको राजनीतिक बचपन र कमजोर बुझाइ हो,’ भट्टराई पक्षका नेता तथा कार्यालय प्रमुख रोशन पोखरेलले भने, ‘उहाँहरूसँग बढीमा ७ प्रतिशत केन्द्रीय समिति र कार्यकारिणी सदस्य छन्। सबै सदस्य हामीसँग हुनुहुन्छ।’

यादव पक्ष पार्टीको महाधिवेशन गर्न डराएको भट्टराई पक्षको दाबी छ। ‘महाधिवेशन भएको भए उहाँ (महिन्द्र यादव) अध्यक्ष त परै जाओस्, सदस्यसमेत हुनुहुन्थेन,’ उनले भने।

महिन्द्र पक्षका नेता तथा नेसपाका महासचिव रमेश यादवले शनिबार निकालिएको विज्ञप्ति नेसपाको आधिकारिक भएको बताउ“दै बहुमत कार्यकारिणी सदस्य र केन्द्रीय समिति आफूतिर भएको दाबी गरेका छन्। अहिले नेसपामा प्रतिनिधि र प्रदेशसभामा गरी चार सांसद छन्।

प्रतिनिधिसभामा महिन्द्र यादव र उमरावती यादव सांसद छन् भने प्रदेशसभाअन्तर्गत बागमतीमा गंगानारायण श्रेष्ठ र गण्डकीमा फणीन्द्र देवकोटा सदस्य छन्। यी चार सांसदलाई व्यक्तिगत रूपमा माओवादी केन्द्रमा लैजान कानुनी रूपमा समस्या छैन। किनभने यी चार सांसद गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको चुनाव चिह्नबाटै निर्वाचनमा सहभागी  भएका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस